Top Navigation
Main Navigation
बुधबार, पुस ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, पुस ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • डा. रुइतको गाउँमा मोतियाविन्दु बिरामीको शल्यक्रिया
डा. रुइतको गाउँमा मोतियाविन्दु बिरामीको शल्यक्रिया
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन २१, २०७९

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो ।

नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएको हो ।

शिविरमा २ हजार ४ सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो ।

गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए ।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए ।

जटिल समस्या देखिएका ४ जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २१:०८
##drsandukruit
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्