Top Navigation
Main Navigation
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सामाजिक सञ्जाल
सामाजिक सञ्जाल
उमेश रेग्मी
उमेश रेग्मी बिहीबार, चैत २३, २०७९

आज मलाई गजब को लहड चल्यो I मलाई पनि पल्लो कोठामा भएकी छोरीलाई "Happy Birthday" भन्न मन लाग्योI श्रीमतीलाई विवाहको "Happy Anniversary" लेख्न मन लाग्यो I

साथीभाइहरुसँग आफ्नो विचार share गर्न मन लाग्यो I अर्थ न बर्थ का कुराहरुलाई पोस्ट गरेर वाह ! वाह ! लुट्न मन लाग्यो I बेला न कुबेला खिचेका अनि रुप न रंगका तस्बिरहरु अरुलाई देखाउन मन लाग्यो I मलाई पनि सामाजिक सञ्जालमा आफ्नो account खोल्न मन लाग्यो I

आफ्नो मनको इच्छा श्रीमती र छोरीलाई सुनाए I उनीहरुको अनुहारमा अच्चम्म भाव प्रस्ट देखिन्थ्यो मेरो कुरो सुनेरI श्रीमतीले सोधिन "सामाजिक सञ्जालमा account खोल्न त फोन चाहियो नि बुढा, छ त ?" म झस्याङ्ग भएँI

फोन त्यो पनि मोबाइल फोन कहाँबाट लेराउने I हामी जस्तो जागिरेले त्यस्तो फोन किन्ने भनेको पनि ठुलै कुरो रहेछI घुस खाने ठाउँमा जागिर खान पाएको भए नि हुन्थ्यो भन्ने जस्तो लाग्छ कहिलेकाही घरको अभाव देख्दा I

Nepal Oil Corporation

तर पुर्पुरोमा नभएको कुरो के पाइन्थ्यो र I गरिबीको अस्त ब्यस्त तालमा अल्झेको जिन्दगीमा मलाई सामाजिक सञ्जालको फितुर चल्दा आफैसँग झोक चल्यो एकछिन् I

बल्ल बल्ल पोहोर साल किनेको फोन श्रीमतीलाई नभई भएन I त्यो देखेपछि छोरीले फोन नभए स्कूल नै  जान्न भन्न थालि, उसलाई पनि किन्दिनै पर्यो I अनि आफू चाही बुच्चाको बुच्चै I

अजिङ्गरको आहारा दैबले पुर्याऊँछ भने झैँ मलाई पनि आज फोन किन्ने साइत आइ लाग्यो त्यो पनि दशैँको पेश्की ले I श्रीमतीको अलिअलि डर मनमा छँदै थियो तर पनि हिम्मत गरेर एउटा फोन किनी छाडे मैले I

घर फर्किदै गर्दा मनमा ग्लानी अनि खुशीको मिश्रण अनुभव गरिरहेको थिए l दशैँको पेश्की फोनमा सिध्याऊँदा श्रीमतीबाट खानु पर्ने गाली पनि सम्झीरहेको थिए मैले I

सोचको बिपरित घरमा फोनको खुशी साथ् स्वागत भयो I लाग्यो होला बल्ल बुढो पनि आधुनिक भयो भनेर I उनीले नै Facebook, Instagram, अनि क्या हो क्या हो खोलिदीइन मलाई I उनको सहयोगले गर्दा मैले पनि Facebook चलाउन जाने I छोरीले Instagram चलाउन सिकाई I

उसलाई पनि आफ्नो बाऊ modern भाको खुब मन परेको छ I उनीहरुको देखासिकिमै मैले snapchat र TikTok मा रमाउन जाने ।  Twitter र Linkdin को account खोल्दा आफैलाई बुद्धिजीवी वर्गसँग जोड्न थालेको छु ।

आजभोलि म श्रीमतीलाई "I Love You" भनेर लेख्छु Facebook मा I मलाई उत्तर पनि आउँछ तुरुन्तै "I Love You Too" ताज्जुब लाग्छ मलाई I श्रीमतीसंँग माया जताउन मलाई फोनको साहारा चाहिएको अनि उता छोरीसँगको भेटघाट फोनमा नै सिमित भएको देख्दा लाग्छ आधुनिकीकरण भनेको यहि हो जस्तो I

साथीभाईको गजब गजबका अनि उरनठ्याउला पोस्टले कहिले काही मन बहलाउन सहयोग हुन्छ तर मनको कुनामा लुकेको कौतुहलता अनि सामिप्यको अधुरोपना भने रहिरहन्छ I

साथी भाइको लहैलहैमा मैले पनि पोस्ट हाल्न सिके र आज भोलि upload गर्न थालेको छु । पोस्ट हालीसकेपछि आउने comments मा दिन बिताउनु अब नौलो छैन मलाई।

त्यति मात्र कहाँ हो र, आफ्नो पोस्टहरुलाई viral बनाउने तरिका सिक्दै छु मैले । तिनै साथीभाईहरुसँग । कसलाई follow गर्ने र कस्ले आफूलाई follow गर्छन भन्ने बिषय पनि महत्वपूर्ण हुने कुराको महशुष तिव्र गतिमा भइरहेको छ।

समयको माग भन्दै आफु पनि फोनको संसारमा हराउन मन लाग्न थालेको छ अहिले । सँगै हुँदा कसले सोध्छ र 'कस्तो छौ भनेर' त्यसैले आफ्नो हाल फोनमै देखाउन मन लाग्छ अक्सर त्यसैले होला मेरा दिन अनि रातहरु फोनमा नै वित्न थालेको छ।

फोनको संसारमा रमाउन जानेदेखि मलाई अरु कोहि नचाहिने भएको छ । सँगै बसेको साथी भन्दा फोनमा भेटिएको अनजानसँग घण्टाै‌ बिताउनु मेरो दिनचर्या बनिसकेको छ। सामाजिक सञ्जालले लेराएको यो प्रगतिमा मेरो परिवार दङ्ग छन् अनि उनीहरुसँगै म पनि दङ्ग छु ।

गुरुजी, पिताजी, माताजी भन्दा बढी 3G 4G 5G को महत्व बुझ्न थालेको छु मैले पनि । अनि बुझ्न थालेको छु virtual world, वास्तविक संसारको कसलाई छ र पर्वाह । धन्य होस् सामाजिक सञ्जाल अनि धन्य होस् यो फोनको संसार ।

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २०:५५
##umeshregmi #mobileapps
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्