Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • समाचार यस्तो भए ... (व्यंग्यात्मक)
समाचार यस्तो भए ... (व्यंग्यात्मक)
उमेश रेग्मी
उमेश रेग्मी शुक्रबार, वैशाख ८, २०८०
Api Himal

यो समाचारको अंकमा तपाईहरु सबैलाई स्वागत छ । आउनुहोस् पहिले आजको मुख्य समाचार बाट थालनी गरौ । 

भक्तपुरस्थित अंतरिक्ष्य केन्द्रबाट देशकै गर्व बोकेको दशौ अंतरिक्ष्य यान मंगल ग्रहतिर जानको लागि लगभग तयारी अवस्थामा पुगेको छ। यो अंतरिक्ष्य यान सम्पूर्ण रुपमा स्वदेशी प्रविधिबाट बनेको हुनाले यसको महत्व बिशेष छ।

मंगल ग्रहको सतहको अध्ययन गर्न जान लागेका नेपाली अंतरिक्ष्य बैज्ञानिकहरु यसपाली धेरै खोज गर्न सक्ने अनुमान लगाईरहेका छन् । मंगल ग्रहलाई पृथ्वी जस्तै मानव योग्य बनाउन अथक परिश्रम गरेका नेपाली बैज्ञानिकहरु, मंगल ग्रहमा नेपालको स्वामित्व हुनु पर्ने कुरामा जोड दिन्छन्।

यो यानको प्रक्षेपणको प्रत्यक्ष्य प्रसारण गर्न अमेरिका, जापान, फ्रान्स, बेलायत लगायत अन्य थुप्रै देशहरुबाट टेलिविजन कर्मी र पत्रकारहरुको घुइंचो लागेको छ।  यो यानको प्रक्षेपण हेर्न भक्तपुर आउने मान्छेहरुको भिड पनि बढेको छ।

Nepal Oil Corporation

भिड व्यवस्थापन गर्न सुरक्ष्या कर्मीहरुलाई खटाइएको छ साथै कोटेश्वर देखि भक्तपुर सम्मको Flyover लाई एक तर्फी बनाइएको छ। Underground Train कोटेश्वर, त्रिपुरेश्वर, जमल अनि बानेश्वर बाट सिधै भक्तपुर जाने व्यवस्था मिलाइएको छ।

संयुक्त राष्ट्र संघमा नेपाली भाषालाई अंग्रेजी भाषा सरह मान्यता दिएको खबर आजको अर्को मुख्य समाचार हो। राष्ट्र संघका महासचिवले नेपाली प्रधान मन्त्रिको उपस्थिति रहेको विशाल सभामा नेपाली भाषाको गरिमा र यसको महत्वलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताए। सभाको अन्त्यमा नेपालका प्रधान मन्त्रीले राष्ट्र संघका महासचिवलाई धन्यवाद दिएका थिए।

यता देशकै दोश्रो ठुलो धादिंगस्थित आणविक केन्द्रमा केहि प्राविधिक गडबडी भएको कुरा बाहिरिन आएको छ। यसबारे थप जानकारी प्राप्त भइसकेको छैन। जानकारी प्राप्त भएपछि त्यसको पूर्ण विवरण हामी अर्को अंकमा प्रस्तुत गर्ने छौ।

अर्को मुख्य समाचारमा पुर्व पश्चिम रेलमार्ग रहेको छ। झापा स्थित बुधवारेबाट कन्चनपुरको महेन्द्रनगर सम्मको यो पुर्व पश्चिम रेलमार्गमा रहेको करिब २०० किलोमिटर को सुरुङ्ग मार्ग विस्तार गरि ५०० किलोमीटर बनाउने लक्ष्य आगामी बर्ष पुरा हुने कुरा सार्वजनिक गर्दै यसको लागि आइपर्ने सम्पूर्ण जिम्मेवारी सरकारले नै उठाउने कुरा प्रधानमन्त्रीले सदन लाइ जानकारी गराएको छ।

उहाँले यो रेलमार्गले देशको विकासमा ठुलो योगदान दिन सफल रहेको बताउंदै आगामी बर्षहरुमा सरकार यस्तै योजनाहरुमा विशेष काम गर्ने वचन दिएको छ।

युरोपमा रहेको खडेरीले भोकमरी निम्त्याउन सक्ने सम्भावना रहेकोले नेपाल सरकारले ५० लाख क्विन्टल चामल सहित अन्य खाद्य सामग्री युरोपियन यूनियनलाइ सहयोग स्वरुप प्रदान गर्ने भएको छ।

युरोपियन यूनियनको बेल्जियम स्थित कार्यालयको एक सभामा नेपालका आपूर्ति मन्त्रिले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनको भनाइ अनुसार, खाद्यान्नको आपूर्ति तुरुन्तै शुरु हुनेछ। यसको लागि नेपाली कार्गो बिमानहरु परिचालित हुने छन्।

नेपालमा बनेको इलेक्ट्रिक कारको जापानमा माग बढेको छ। एक चोटी फुल चार्ज गरेपछि करिब ५०० किलोमीटर चल्ने यो स्वचालित कार हावामा पनि उड्न सक्छ र यसमा जडान उपकरणहरुले गर्दा यो कार दुर्घटना रहित कारको सुचिमा नम्बर १ को स्थानमा पुग्न सफल भएको छ।

बिज्ञान तथा आविष्कार सचिव द्वारा जापानलाई कम्तिमा पनि ५०,००० कारको आवस्यकता रहेको र यसको लागि काम शुरु भइसकेको जानकारी प्राप्त भएको छ।

यसबाट प्राप्त हुने मुनाफा जापानकै भुकम्प पिडित क्षेत्रहरुको उद्दारका निम्ति अनुदान स्वरुप दिईने कुरा सचिवले हाम्रो समाचार टोलिलाइ बताए । 

जापानका प्रधानमन्त्रीले नेपालको यो अनुदान सहयोगको स्वागत गर्दै आगामी दिनहरुमा दुइ देशको मित्रता प्रगाढ हुनुको साथै जापानको विकासमा नेपालको थप भूमिकाको अपेक्षा रहेको बताउनु भयो।

अब केहि अन्तर्राष्ट्रिय समाचार ...

अमेरिकामा गत हप्ता आएको आंधीबेहरीले धेरैको ज्यान लिएको कुरा एक अमेरिकी सुत्र बाट पत्ता लागेको छ। उक्त सुत्रका अनुसार केहि राज्यहरुमा भोकमरी आउन सक्ने आशंका गरिएको छ। यसैको साथ डलरको भाउमा निकै गिरावट आएको छ भने अमेरिकीहरु कामको खोजमा विदेशिन थालेका छन्।

भारत र पाकिस्तानले बिद्यमान कश्मिरको समस्या समाधान गर्ने निर्णय गरेका छन् । पाकिस्तानको रावलपिण्डीमा दुवै देशका उच्चस्तरिय मन्त्रिमण्डलको सभामा यो निर्णय गरिएको हो। यो निर्णयको विश्व समुदायले स्वागत गरेको छ।

यसको साथै कश्मिरमा तैनाथ दुवै देशका सेनाहरु फर्किन थालेका छन् । सेनाको फर्काइ संगै कश्मिरमा हर्षउल्लास छाएको छ। त्यहाँ विभिन्न उत्सवहरु मनाउन थलिएको समाचारहरु प्राप्त हुन थालेका छन् । 

नेपालका प्रधानमन्त्रीले भारत र पाकिस्तानको यस्तो ऐतिहासिक कदमले विस्व सामु एक उदाहरण प्रस्तुत गरेको छ भन्दै दुवै देशलाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीले आगामी दिनमा भारत र पाकिस्तानलाई सहयोग गर्न नेपाल पछि नहट्ने उल्लेख गर्दै दुई देश प्रतिको भाईचारा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

यूक्रेन र रुसले विगतका कलहलाइ विर्सेर सँगै विकासका कार्यक्रमहरुको थालनी गर्ने भएका छन् । यो Joint Venture ले दुई देशलाई मात्र नभएर संसारलाई नै फाइदा पुग्ने कुराको रुशी राष्ट्रपतिले एक कार्यक्रममा पत्रकारहरु समक्ष्य उल्लेख गरे ।

यसै अवसरमा विश्वको सबै देशबाट आणविक हतियार उन्मुलन भएको उत्सव पनि मनाइएको थियो । दुवै देशका राष्ट्रपतिले आणविक हतियार उन्मुलन संगै विश्वमा मानव अधिकारको सुध्रिढीकरण भएको बताएका छन् ।

विश्वका अधिकांश विकसित देशहरुको सहभागिता रहेको 'पर्यावरण जोगाउ' अभियानको नतिजाहरु देखा पर्न थालेका छन्। पृथ्वीको तापक्रममा आएको सन्तुलनलाइ यसको मुख्य आधार मानिएको छ।

उता मध्य अफ्रिकी देशहरुले यूरोप संग तालमेल राख्दै महादेशभित्र छरिएका मरुभूमिहरुमा मानव वस्ती योग्य शहरहरुको निर्माण योजना अघि सारेका छन् । दुबई जस्ता शहर बाट प्रेरित यस्ता योजनाहरु सहारा लगायतका मरुभुमिहरुमा देख्न पाइने कुरा योजना संग सम्बन्धित अधिकारीहरु बताउँछन्।

अबको पालो राजनीतिक अनि आर्थिक समाचारको ...

देशका मुख्य दुई ठूला पार्टीहरुले वैचारिक भिन्नता वावजुद देश बिकासमा एक भएर लाग्नु पर्ने योजना बनाएको कुरा अगाडी आएको छ । सिंहदरवार स्थित संसद भवनमा देश बिकासको लागि भएको प्रश्नोत्तर कार्यक्रममा सांसदका जिज्ञासाहरुमाथि प्रधान मन्त्रीले उत्तर दिने क्रममा विपक्षी दलसंग मिलेर काम गर्न लागेको बताएको थियो ।

चुनाव अघि विपक्षी दलले तयार गरेको घोषणा पत्रमा निकै राम्रा विकासका योजनाहरु रहेको उल्लेख गर्दै उहाले दुइै पार्टीको विकासका कार्यक्रमलाइै एक साथ अघि बढाउन दुवै पार्टीबाट विशेषज्ञ अनि योजनाकारहरूको एक विशेष टोलि गठन गर्ने जानकारी पनि दिएको थियो।  विपक्षी दलका नेताले प्रधान मन्त्रीको यस्तो कदमको स्वागत गर्दै आफ्नो पूर्ण सहयोगको वचन दिएका छन्।

नेपालको GDP मा उल्लेख्य वृद्धि भएको छ। यसको कारण गत वर्षको व्यापार नाफा हो, जुन पछिल्लो वर्षको भन्दा ५५ ले बढेको थियो। डलर मा गिरावट आउनु, युरोपियन यूनियन भित्र अस्थिरता छाउनु आदिले गर्दा नेपाली रुपैया सशक्त भएकोले गर्दा पनि नेपालको आर्थिक स्तर पछिल्ला वर्षहरु भन्दा यो वर्ष निकै राम्रो रहेको विशेषज्ञहरु बताउँछन्। American Stock Exchange, Tokyo Stock Exchange, London Stock Exchange, भन्दा पनि Nepal Stock Exchange मा लगानी कर्ताहरुको घुइचो बढेको छ।

अबको पालो खेलकुद समाचारको ...

हाल विराटनगरमा भइरहेको विश्वकप फुटबलको भोलिको सेमीफाइनल खेलमा नेपाल ब्राजिल संग भिडदैछ। पछिल्ला सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अहिले सम्म कुनै खेल हारेको छैन साथै आफ्नो बिरुद्ध कुनै गोल गर्न पनि दिएको छैन । यस पटकको विश्वकप नेपालमा नै भित्रिने अनुमान धेरैले लगाएका छन्। विश्वकपको प्रत्यक्ष प्रसारण देशका सबै टिवी च्यानल बाट हुनेछ।

उता विश्व वरियता क्रममा शिर्ष स्थानमा पुगे संगै नेपाली टिम एकदिवशीय क्रिकेट सिरिज खेल्न अष्ट्रेलिया पुगेको छ । अष्ट्रेलिया, भारत र नेपाल विच हुने यो त्रिकोणात्मक सिरिजलाइ नेपाल कै'Love Sports' ग्रुपले स्पोन्सर गरेको छ। आयोजक राष्ट्र अष्ट्रेलियाले यो खेल सिड्नी र मेलबोर्न दुई शहरमा आयोजना गर्दैछ।

अब अन्त्यमा मनोरंजन समाचार ...

नेपाली कथानक चलचित्र 'विकसित नेपाल' ले उत्कृष्ट चलचित्रको Oscar जित्न सफल भएको छ । उत्कृष्ट नायक, नायिका, निर्देशन र छायांकन को साथै उत्कृष्ट कथा र पटकथा सबैमा पुरस्कार हत्याउन सफल भएको 'विकसित नेपाल' चलचित्र पांच भाषामा बनाइएको थियो अनि संसारभरि एकैसाथ रिलिज गरिएको थियो ।

लगातार तिन बर्ष उत्कृष्ट चलचित्रको Oscar जित्न सफल भएकोमा नेपाली चलचित्र उद्योगलाइ प्रधानमन्त्रीले बधाई दिएको छ।

यो सफलताले हलिवुड लगायत संसारका अन्य सिनेजगतका व्यवसायीहरुलाई नेपाल, चलचित्र विकासका लागि एक गन्तव्य थलो बन्न पुगेको छ।

यसको साथै आजको समाचार यहि सकिन्छ। धन्यवाद ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १५:३०
##umeshregmi
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्