Top Navigation
Main Navigation
बिहीबार, वैशाख २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • पत्रकारिता !
पत्रकारिता !
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख ११, २०८०

समाजमा लुकेका वा लुकाउन खोजिएका घटनालाई अध्ययन, खोज वा अनुसन्धान गरी जनमानसमा ल्याउने बिधि वा प्रकृयालाई नै सामान्यतः खोज पत्रकारिता भनिन्छ ।

खोज पत्रकारिताको नेपाली समाजमा अभाव प्रष्टै देखिन्छ तर चलनचल्तीको पुरातन शैली भने चमत्कारिक रुपमा प्रगाढ भएको छ ।

यसको विश्वव्यापी इतिहास भने १५५० तिर बाट बिकशित भएको पाईन्छ भने १९औं शताब्दी पछि विश्वब्यापी रुपमा यसको चर्चा हुन थालेको थियो ।

केही पुर्वीय पत्रकार तथा दर्शन शास्त्रीको भनाईलाई सापट लिने हो भने उनीहरु पुर्वीय हिन्दु ग्रन्थका केही पुस्तकमा उल्लेख पात्र नारद र महाभारतका एक पात्र सञ्जयलाई पनि पत्रकार वा पत्रकारिताको प्रारम्भताको संकेतको रुपमा चर्चा गर्ने गरेको पाइन्छ ।

जे होस् पत्रकारिता भने १९ औं शताब्दीपछि प्रखर रुपमा विकसित भएको जगजाहेर नै छ । रेडियो लगायतका सूचना जगत भने १९३० को दशकपछि क्रमिक विकास भएका हुन् ।

नेपालमा भने पत्रकारिताको आरम्भतालाई सामाजिक र राजनीतिक परिवर्तनसँग दाँजेर विश्लेषण गर्ने गरेको पाईन्छ। कटुवाल प्रचलन, शंङख फुक्नु, झ्याली दमाहा पिट्ने लगायतका परम्परालाई नै सूचना प्रवाहको माध्यम भएको जिकिर गर्दे पत्रकारिताको प्रारम्भता स्वीकार गरेको पाईन्छ ।

तर लेखोट, अभिलेख, सङ्कलित कागजातका आधारमा १९०३ पछिको समयलाई पत्रकारिताको जग निर्माण समयको रुपमा मानिएको छ भने सन १९५० पछिको समयलाई पत्रकारिताको उन्नत समय मानिएको छ भने २०४६ पछिको समयलाई स्वर्णिम पत्रकारिता काल भन्न सकिन्छ । पत्रकारिताको मुल मर्म र धर्म भनेको वाचडगको रुपमा रहने मात्र होइन सहि सूचना प्रवाह पनि हो ।

पत्रकारिता क्षेत्र पनि अन्य अनुसन्धान पद्धति जस्तै विश्लेष्णात्मक, व्याख्यात्मक, संस्लेष्णात्मक र सम्प्रेष्णात्मक नै हुन्छ । कुनै विषयवस्तु वा घटनाको गहन अध्ययन पश्चात सहि सुचना र परिणाम पाठक वर्गसम्म पुर्याउनु नै वास्तवमा पत्रकारिता अथवा खोज पत्रकारिता हो ।

पछिल्लो आधुनिक र विज्ञानयुक्त समाजमा अपुष्ट, उत्तेजित, उच्छिङ्खल, अमर्यादित सुचना वा समाचार सम्प्रेषणले पनि पाठक, श्रोता र आममानिसमा पत्रकारिताप्रति वितृष्णा पैदा गरेको छ ।

नेपालको वर्तमान संबिधानले पत्रकारिता जगतलाई चौथो अंगको रुपमा व्याख्या गरेतापनि व्यावहारमा श्रमजीवी पत्रकारमाथि न्याय हुन सकेको छैन । बन्दुकले मुल्य पाएको मुलुकमा श्रमजीवी पत्रकारले उचित मर्यादा र मुल्य नपाउनु हास्यास्पद विषय नै हो।

विज्ञान र प्रविधिको पहुँच सँगै पत्रकारिता क्षेत्रमा अत्याधुनिक उपकरणहरु प्रयोगमा आएका छन् जसले सुचना प्रवाह गर्नका लागि सहजता निर्माण गरेको त छँदै छ  यस सँग सँगै थुप्रै चुनौती पनि थपिएका छन् ।

खास गरी सामाजिक सञ्जाल, युट्युव, फेसबुक ट्वीटर लगायत इन्टरनेट लगायतका क्षेत्र पनि समाचारको अंश बनेका छन् यसले समाचारको वैधानिकता माथि संसय उत्पन्न गरेको छ ।

अनुगमन वा निरुपण गर्ने निकायले प्रेस स्वतन्त्रताको नाममा अपुष्ट र अफवाहरुपी विषयवस्तुलाई हस्तक्षेप गर्ने प्रयास पनि गरेको पाइदैन जसले पत्रकारिता क्षेत्रको न्यायिकतामा प्रश्न खडा गरेको छ ।

विज्ञान प्रविधि तथा सूचना मन्त्रालय, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल लगायतका जिम्मेवार निकाय नीतिगत तथा वस्तुगत तहमा चुकिरहेका छन् ।

बहुदलीय व्यबस्थाको पुनर्उदयसँंगै मुर्झिएको पत्रकारिता क्षेत्र बिगत केही समयदेखि धमिलिएको छ । विश्वसनियता र जवाफदेहितामा पत्रकार बन्धुहरु पनि चुकेका छन् जसका कारण पत्रकारिताको प्रतिमान माथि नै खतरा उत्पन्न भएको छ ।

यसले उन्नत लोकतन्त्रमा र अग्रगामी भनिएको संविधानमा आघात पुर्याउन सक्दछ । पत्रकारिता क्षेत्र सेवामुखी बन्नु पर्नेमा पेवामुखी बनिरहेको छ । टि.आर.पि र रकम कमाउने नाममा पत्रकारिता क्षेत्रलाई केही नव धमिरामुखी पत्रकारले बदनाम गराईरहेका छन् ।

व्यावसायिक पत्रकारिता ठिकै मान्नुपर्छ तर पेशामा निष्पक्षता कति छ भन्ने अहम विषय हो । दलीयकरण, राजनीतिकरण पत्रकारिताको सबैभन्दा विवादास्पद परिस्थिति बनेको छ ।

दलगत स्वार्थका लागि पत्रकार उपभोग भएका छन् यसलाई पत्रकारिता भित्रको न्याय र निष्पक्षतालाई बदनाम गर्ने काम गरेको छ । अखबार, रेडियो, टेलिभिजनमा प्रशारण हुने समाचारले समाजको एकता निर्माणको साटो समाज विभाजनको मार्गलाई प्रशयता प्रदान गरेको छ ।

सम्पादन र सम्पादकबिच दुरी निर्माण भएको छ जसका कारण सहि सूचना लुकाइने र गलत सूचनालाई पक्षपोषण गर्ने काम पनि नभएका होइनन्।

कलेज, विश्वविद्यालयबाट पत्रकारिताको प्रमाणपत्र प्राप्त गरेका क्षमतावान व्यक्तिलाई अवसर दिइएको छैन र विदेश पलायन हुन बाध्य छन्। यसमा सरकार, राज्य, पत्रकार महासंघ, प्रेस कउन्सिल यस मातहतका पत्रकार तथा संचारकर्मी एक जुट हुन आवस्यक छ ।

पत्रकारिता सम्बन्धी विश्वविद्यालयको अबधारणा अघि सार्नु पर्छ । पत्रकारिता क्षेत्रलाई सभ्य मर्यादित र अनुसासित बनाउनु पर्दछ । कलमको मूल्य हरेक पत्रकारले प्राप्त गर्नुपर्दछ ।

पत्रकारका सुरक्षा, पत्रकारप्रतिको सम्मान, सहि सूचनाको सम्प्रेषण, विसंगतिको भण्डाफोर, भ्रष्ट्राचार बिरुद्ध निगरानी, खोज पत्रकारिता, निष्पक्ष र स्वतन्त्र पत्रकारिता अंगाल्न सक्यौं भने मात्र चौथौ अंगको गरिमा कायम रहन सक्छ । साथै पत्रकारिता जगतको भलो हुन सक्छ ।

आवाज विहिनको आवाज बन्न सक्नु पनि निष्पक्ष र स्वतन्त्र पत्रकारिता हो । यो सत्कर्मको मार्गमा सबै हिँडौं र २०८० साललाई पत्रकार वर्षको रुपमा मनाउन पहल गरौं ।

नयाँ वर्षको शुभकामना !

- कपिल अर्याल, शुद्धोधन ४ रुपन्देही, ९७४९३८२६८८


 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:०२
##kapilaryal
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   मंगलबार, वैशाख १५, २०८३
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल सोमबार, वैशाख १४, २०८३
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ? आइतबार, वैशाख १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
विचार
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्