Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सुशासनका हिमायती सनत कुमार थापाको सफलता
सुशासनका हिमायती सनत कुमार थापाको सफलता
श्याम स्मृत
श्याम स्मृत सोमबार, जेठ १, २०८०
Api Himal

ललितपुर । बच्चै देखि काजीसाब उपाधिले ओतप्रोत भएकोले ३७ बर्ष लामो स्थानीय सरकारको जागिरे जीवन विताएका सुशासनका हिमायती तथा समाज सुधारक सनत कुमार थापाले बिहान बिहानै घर दैलोमा चाकरी बजाउन कहिलेपनि नगएको जिकिर गरेका छन्।

दावीकासाथ थापाकाजी खानदानका थापाले ३७ बर्षे लामो जागिरे जीवन बिवेकशिल एवं न्यायिक भै आफ्नो कर्तब्य पूरा गरेको बताएका छन्।

धर्तीको माटो समाई निश्पक्ष र निर्भिकभै कदम चाल्नु वाहेक एक पैसाको पनि भ्रष्टाचार नगरेको तथा सुशासनको पक्षमा निष्ठावान भएर कार्य गरेकै कारण काठमाडौं महानगरपालिकाको बरिष्ठ निर्देशक पदमा कार्यरत रहेको बेला विसं.२०७६ सालमा पहिलो पल्ट पाँचौ संविधान दिवसको अवसरमा प्रवल जनसेवाश्री पदकवाट विभूषित समेत बनेको बताउंछन्।

थापाको भनाई अनुसार, संभवत काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले पाएको यो पहिलो विभूषण थियो ।मुखिया पदवाट जागिरे जीवन शुरु गरेर खरिदार, नासु, अधिकृत हुदै बरिष्ठ निर्देशक विशिष्ट पदसम्म पुगेर तीन बर्षअघि मात्र थापा उमेर हदका कारण रिटायर्ड बनेका थिए।

Nepal Oil Corporation

काठमाडौं महानगरपालिकाका सवैजसो विभागमा विभागीय प्रमुखको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सफल थापा रिटायर्ड हुनेदिनसम्म सामाजिक विभागका विभागिय प्रमुखका रुपमा कार्यरत थिए।

विसं.२०७४ अघिसम्म स्थानीय सरकारको निर्वाचन नभएर जनप्रतिनिधिहरु नभएको समयमा पटक पटक काठमाडौं महानगरपालिकाका कर्मचारीवाटै निमित प्रमुख तथा कार्यकारी अधिकृत बनेका थापा ललितपुरको धापाखेलका स्थायी वासिन्दा तथा राष्ट्रवादी कवि पनि हुन्। विसं.२०७२ साल बैशाख १२ गते नेपालमा महाभूकम्प गएको दिनमा काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख तथा कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेको बेला महाभूकम्पवाट पीडित महानगरवासीलाई सक्दो राहत तथा सहयोग दिने कार्यमा अहोरात्र खट्ने कार्य पनि थापावाट भएको थियो। हालको मेयरकै हैसियतमा कार्य गरेर महानगरवासीको मन जित्न थापा सफल बनेका थिए ।

काठमाडौं महानगरपालिकामा बरिष्ठ कर्मचारी बनेर आउनुअघि स्थानीय विकास मन्त्रालय अन्तर्गत साझा भण्डार लिमिटेडका महाप्रवन्धक तथा सार्वजनिक उद्यान तथा सभागृह विकास समितिमा बरिष्ठ प्रशासकीय अधिकृत बनेर गौरबमय सेवा गर्ने थापा हरेक संगठनको सेवा अवधिमा कही कतै कुनै विवादमा नपरेको र सवै क्षेत्रमा समेटिएर आफनो कार्यक्षेत्रमा सफल भएको बताउंछन्। जागिरे अवधिभर भ्रष्टाचार गर्नु र गराउनु भनेको आमाको रगत पिउनु बराबर भनेर कसम खाएर अगाडि बढ्ेको कारण कही कतै कसैले खोट लगाउन नसकेको जिकिर पनि थापाको छ।

यसकारण पनि ३७ बर्षे जागिरे जीवनप्रति आफ्नो कही कतै गुनासो नभएको र गौरबले शिर उच्च हुने गरेको तर्क थापाको छ। यसरी इमान्दार रहन घर–परिवारको ठूलो साथ –सहयोग र योगदान रहेको जानकारी पनि थापाले दिएका छन्। सवै राष्ट्र सेवक कर्मचारीहरुलाई भ्रष्ट भएर कार्य नगर्न र नगराउन समेत अनुरोध गर्ने कार्य थापावाट भएको छ।

Page No.1 Sanat Kumar 11684163558.jpg

सनतको सेवामा सुशासन
उनै निष्ठावान सुशासनका हिमायती समाज सुधारक सनत कुमार थापाको परिभाषामा राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो ।

यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिने गरेको जानकारी पनि थापाले दिएका छन्।

सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको वताउंदै थापाले यो जनमुखी शासन व्यवस्था हो भनेर स्पष्ट पारेका छन् । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको खुलासा पनि उनले गरेका छन्।

सुशासनका आयामहरुमा जनसहभागितामूलक शासन व्यवस्था, जनउत्तरदायी सरकार सञ्चालन,शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, कानुनमा आधारित शासन व्यवस्था, जवाफदेही शासन सञ्चालन, प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड, भ्रष्टाचाररहित समाजको परिकल्पना, दण्डहीनताको अन्त्य र कानुनको परिपालना, नियम कानुनको पूर्ण परिपालना, वित्तीय जवाफदेहिता प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यवस्था लगायत रहेको पनि उनले भनेका छन्।

यसरी, जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था नै सुशासन भएको वताउंदै यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ भनेर थापाले भनेका छन् । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आवश्यकता हो भन्दै यसले राज्य सञ्चालनका सबै पक्षलाई समेटेको हुन्छ भन्छन्।

थापा अगाडि भन्छन्–यो विषय व्यापक, बहुपक्षीय र बहुआयामिक छ । सरकार, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दलहरू, जनतासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरू र सहायता संस्थाहरूको सहकार्यमा मात्र वास्तविक सुशासन सम्भव हुन्छ । सुशासनको अर्को एक महत्वपूर्ण पक्ष नैतिकताको विकास पनि हो ।

समग्र शासन व्यवस्थामा नैतिक पक्ष सबल बनाउने विषय चुनौतीपूर्ण रहेको हुन्छ । यस अन्तर्गत भ्रष्टाचार तथा अनियमितताको नियन्त्रण, सबै क्षेत्रमा आ–आफ्नो आचार संहिताको परिपालना, सामाजिक व्यवहारमा स्वच्छताको विकास र सामाजिक सद्भाव कायम गर्ने विषयहरू पर्दछन् ।

सुशासनका विषयमा धाराप्रवाह वोल्ने र त्यसअनुरुप व्यवहार गरेर आएका अनुभवी निष्ठावान कर्मचारी भएको कारण थापा सवै राष्ट्रसेवक कर्मचारीहरु सुशासनका पक्षमा छातिमा हात राखेर कर्तव्य पालना गर्न र गराउन आवश्यक भएको बताउंछन्।

सुशासनका पक्षमा बेला बेलामा कविता साहित्यवाट धावा बोल्ने थापाको हिजोआजको दिनचर्या समाज सुधारक कविता संप्रेषण गर्ने तथा सामाजिक सुधारमा गाउँ–समाज तथा टोलमा आफूले सक्दो सल्लाह–सुझाव दिनुको अलावा सेवा दिने कार्य पनि हुदैआएको छ।

NAMI Adv1684163557.jpg


(नामी साप्ताहिकवाट साभार)
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्