Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, भदौ २०, २०८३

विदुर कटुवाल

काठमाडौं । विपद्को दसौँ दिनसम्म देशले १ हजार २९४ नागरिकको शव गनिसकेको छ । ५ हजार ८३ जना अझै बेपत्ता छन् । खोजी जारी छ, शव भेटिने क्रम रोकिएको छैन र सुरुङ तथा नदी किनारमा हराएकाको अवस्था अझै अज्ञात छ । तर यति ठूलो मानवीय विपत्तिपछि पनि सरकारसँग एउटा स्पष्ट जवाफ छैन । यति धेरै नागरिक जोखिममा पर्दासम्म राज्य कहाँ थियो ? 

बाढी आएको दिन साँझसम्म ७२ शव फेला परेका थिए । दस दिनपछि शवको संख्या १ हजार २९४ पुगेको छ । खोजी तीव्र बन्दै जाँदा नदी किनार, बस्ती र जलविद्युत् आयोजनाका सुरुङबाट शव भेटिने क्रम जारी छ । विशेषगरी नुवाकोट र रसुवामा बेपत्ताको संख्या भयावह छ । नुवाकोटमा करिब २ हजार ३४० र रसुवामा करिब २ हजार १३० जना सम्पर्कविहीन छन् । थप ५८३ विदेशी नागरिकको अवस्थासमेत यकिन हुन सकेको छैन । यो तथ्यांक केवल प्राकृतिक विपत्तिको क्षति विवरण होइन । यसले नेपालको विपद् पूर्वतयारी, सूचना प्रणाली र राजनीतिक नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

सरकार उद्धारको तथ्यांक सार्वजनिक गरिरहेको छ । २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरी १३ हजार ९५ जनाको उद्धार गरेको विवरण छ । नेपाली सेनाले मात्रै सयौँ हवाई उडान गरेको छ ।

उद्धारमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण छ । तर प्रश्न उद्धारमा कति सुरक्षाकर्मी खटिए भन्ने मात्र होइन, यति ठूलो विपत्ति आउनुअघि राज्यले के तयारी गरेको थियो भन्ने हो । पूर्वसूचना प्रणाली किन प्रभावकारी भएन ? जोखिमयुक्त बस्ती किन समयमै खाली गराइएनन् ? नदी आसपासका नागरिकलाई सम्भावित जोखिमबारे पर्याप्त जानकारी दिइएको थियो कि थिएन ? जलविद्युत् आयोजनाका सुरुङमा कति मानिस कार्यरत थिए भन्ने विवरण राज्यसँग तत्काल किन थिएन ? 

दसौँ दिनसम्म पनि मानवीय क्षतिको यकिन नहुनु केवल प्राविधिक कमजोरी मात्र होइन । यसले राज्यको सूचना संयन्त्र र विपद् व्यवस्थापन प्रणाली कति कमजोर छ भन्ने देखाएको छ । विपद् व्यवस्थापनको जिम्मेवारी सेना, प्रहरी र हेलिकोप्टर परिचालन गरेर मात्र पूरा हुँदैन । वास्तविक विपद् व्यवस्थापन भनेको विपत्ति आउनुअघि जोखिम पहिचान गर्नु, सम्भावित प्रभावितलाई सचेत गराउनु र नागरिकलाई सुरक्षित स्थानमा सार्नु हो । 

तर नेपालमा हरेक ठूलो विपत्तिपछि एउटै चक्र दोहोरिन्छ । पहिले जोखिमलाई बेवास्ता गरिन्छ, विपत्ति आउँछ, मानिस बेपत्ता हुन्छन्, त्यसपछि खोजी सुरु हुन्छ । शवको संख्या बढ्दै जान्छ र अन्त्यमा सरकारले राहत रकम घोषणा गर्छ । यसपटक पनि सरकारको प्रतिक्रिया त्यही पुरानै ढाँचामा सीमित देखिएको छ । नयाँ सरकार हामी नयाँ गछौँ भन्ने दाबी थियो । 

रसुवाका लागि एक करोड, नुवाकोटका लागि एक करोड र धादिङका लागि ५० लाख रुपैयाँ राहत घोषणा गरिएको छ । प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर हजारौँ नागरिक बेपत्ता, हजारौँ परिवार विस्थापित र ठूलो भौतिक संरचना ध्वस्त भएको अवस्थामा राहत रकम घोषणा मात्र राज्यको जिम्मेवारी पूरा भएको प्रमाण बन्न सक्दैन । 

३७ वटा होल्डिङ सेन्टरमा ४६ हजारभन्दा बढी प्रभावित राखिएको सरकारी तथ्यांक छ । उनीहरूलाई तत्काल राहत मात्र होइन, सुरक्षित बसोबास, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता छ । तर सरकारसँग तत्काल उद्धारपछिको पुनर्स्थापनाबारे स्पष्ट योजना देखिँदैन । बाढीले ७ हजार ५७० निजी घर प्रभावित भएका छन् । सरकारी संरचना, विद्यालय, स्वास्थ्य संस्था, सडक र पुलमा ठूलो क्षति पुगेको छ । ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ भने दर्जनौँ मोटरेबल र झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

तर भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ । पुल फेरि बनाउन सकिन्छ, सडक फेरि जोड्न सकिन्छ, घर फेरि ठड्याउन सकिन्छ । फर्काउन नसकिने भनेको मानिसको जीवन हो । त्यसैले अहिले सरकारको जिम्मेवारी शव गन्नु मात्र होइन, नागरिक किन मरे भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा रोक्न सकिँदैन । तर वैज्ञानिक पूर्वसूचना, जोखिमयुक्त क्षेत्रको पहिचान, समयमै उद्धार र प्रभावकारी समन्वयबाट मानवीय क्षति कम गर्न सकिन्छ । यदि राज्यले गर्न सक्ने काम समयमै गरेन भने त्यसबाट भएको क्षतिलाई केवल ‘प्राकृतिक प्रकोप’ भनेर पन्छिन मिल्दैन । 

१ हजार २९४ शव केवल संख्या होइनन् । ती राज्यको पूर्वतयारीमाथि उठेका १ हजार २९४ प्रश्न हुन् । ५ हजार ८३ बेपत्ता नागरिक पनि केवल तथ्यांक होइनन् । उनीहरू आफ्ना परिवारको प्रतीक्षामा रहेका हजारौँ घरका अधुरा सदस्य हुन्। अब राजनीतिक नेतृत्वले विपद्लाई केवल प्रकृतिको दोष दिएर उम्किन मिल्दैन । प्रधानमन्त्री, गृहमन्त्री, विपद् व्यवस्थापनसम्बन्धी निकाय र सम्बन्धित राजनीतिक नेतृत्वले जवाफ दिनुपर्छ । 

जोखिमको सूचना थियो कि थिएन ? थियो भने नागरिकलाई किन बचाउन सकिएन ? तयारी किन पर्याप्त भएन ? र यति ठूलो मानवीय क्षतिबाट राज्यले के पाठ सिक्यो ?  विपद् प्राकृतिक हुन सक्छ । तर विपत्तिपछि हुने ढिलासुस्ती, अव्यवस्था र जवाफदेहिताको अभाव प्राकृतिक हुँदैन । र, यही प्रश्नको जवाफ खोज्नु अहिलेको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व हो । 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ४ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ५ अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्