Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल-चीन सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउन आवश्यकता : उपाध्यक्ष सापकोटा
नेपाल-चीन सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउन आवश्यकता : उपाध्यक्ष सापकोटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पत्रकार सम्मेलन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ १९, २०८०

काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन्। 

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेको हो ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिएका हुन्।

भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुन कुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उनले बताएका छन्।

“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बिआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भने, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाधरुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाइ छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उनले भने, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”

उपाध्यक्ष सापकोटाले काठमाडौँ-ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए। “हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ”, उनले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए।

“एउटा कम्युनिष्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिष्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो”, उनले भने, “तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।”

अहिलेको पस्थितिमा नेपाल र चीनको सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउने आवश्यकता रहेको उल्लेख गर्दैै उनले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताए ।

“चीनले आर्थिक क्षेत्रमा धेरै प्रगति गरेको छ, चीनबाट धेरै सिक्न सक्ने विषय छन् । नेपाल–चीन सम्बन्धलाई मैत्रीपूर्ण, सुदृढ र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ”, उनले भने ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उहाँले जानकारी दिए। “अहिले छलफलमा आवश्यक भएका विषय र मिलेर अगाडि बढ्ने विषयमा बृहत कुराकानी भयो”, उनले भने, “भ्रमण उपलब्धिमुलक र फलदायी रह्यो।”

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:०६
##agnisapkota
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो बिहीबार, साउन २१, २०८३
व्यक्तिमै अल्झिएको एमाले
व्यक्तिमै अल्झिएको एमाले बुधबार, साउन २०, २०८३
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्