Top Navigation
Main Navigation
बुधबार, फागुन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल
विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल
रासस
रासस शनिबार, जेठ २७, २०८०

काठमाडौ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।

अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन।

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो ।

भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो ।

सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गरे। नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए ।

“विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ। उनीहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, संयोजक रेग्मीले भने । 

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ ।

चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन्।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ ।

व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भईरहेको छ ।

“मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ। यहाँ बीस दिन छायाङ्कन गर्ने उनीहरुको योजना छ । यसले नेपालको पर्यटन प्रवद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ”, उनले भने ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताए।

“विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ”, पाण्डेले भने।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन् ।

पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन्। 

उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन्। 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ४ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
  • नंः ५ वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्