Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ? जोखिममा पर्नुहोला नि !
शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ? जोखिममा पर्नुहोला नि !
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ २५, २०७८

काठमाडौँ । के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ ।

पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ। 

बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण गर्दैन । तर,  बजार लगातार उकालो लाग्दा धेरैलाई खुसी नै लाग्छ । 

कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुरै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २ हजार ९६० अङ्कमा पुगेको छ। बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुन बोर्डले आग्रह गरेको छ।

बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक तरिकाले वृद्धि भएको छ। बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । 

यस्तै, २०७७ असारमा करिब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे ३ गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।

बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् ।

गत असारमा अनलाइन कारोवारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई ६ लाख ६० हजार पुगेको छ । औसतमा ६ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ । 

चालु आवको दश महिनामा मात्रै धितोपत्रको प्राथमिक बजार मार्फत ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासको उच्च हो । नेप्से परिसूचक गत असारमा १ हजार ३६२ बिन्दुबाट हाल करिब २ हजार ९०० को बिन्दुमा पुगेको छ ।

यस्तै, बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकाले लगानीकर्ताले आफनो जोखिम बहन गर्न सक्ने क्षमतालाई हेरेर सुझबुझपूर्ण तरिकाले निर्णय गर्नु आवश्यक छ ।

धितोपत्रको दोस्रो बजारमा कारोवारको वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर टे«डिङ भएका गुनासा प्राप्त भएको बोर्डको भनाइ छ । सो बारेमा बोर्डले आवश्यक अध्ययन समेत गरिरहेको छ ।

अध्ययनका लागि केही समय लाग्ने भन्दै बोर्डले धितोपत्र लगानीसम्बन्धी ऐन, २०६३ ले गर्न नहुने भनेर निदृष्ट गरेको क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराएको छ।

लगानीकर्तालाई देशको आर्थिक परिदृश्य सूचीकृत कम्पनीको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रति शेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । 

बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत हेरेर लगानी गर्न बोर्डले सबैलाई आग्रह गरेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ । 

बोर्डले लहैलहैमा नलागी लगानीसम्बन्धी निर्णय गर्न विशेष अनुरोध गरेको छ। लगानीको निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनकिो हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गर्न बोर्डले सुझाएको छ ।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । 

बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा जोखिम पनि हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न आग्रह गरिएको बोर्डका प्रवक्ता गिरीले जानकारी दिएका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १९:४५
##SecuritiesBoardOfNepal(SEBON)
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्