Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शिवालय माविमा शैक्षिक सामग्री निर्माण
शिवालय माविमा शैक्षिक सामग्री निर्माण
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार ९, २०८०

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको हो। तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए। उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री निर्माणसम्बन्धी सिपमा आधारित कार्यशाला सञ्चालन गरेका थिए ।

 शिक्षकले आधारभूत ज्ञान र सिप हासिल गरेपछि विद्यार्थीहरूलाई नै प्रयोग गरेर शैक्षणिक सामग्री निर्माण गर्नुपर्नेमा देवकोटाले जोड दिए । पाठ्यपुस्तकका आधारमा मात्र होइन, शैक्षणिक सामग्रीका आधारमा अध्यापन कार्य गर्ने हो भने सिक्दिनँ भन्ने विद्यार्थीले पनि थाहै नपाई सिक्न सक्ने भन्दै देवकोटाले शैक्षणिक सामग्रीबिना कक्षाकोठामा नजान शिक्षकहरूलाई आग्रह गरे । कार्यशालाको दोस्रो दिन विषयगत समूहमा निर्मित सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।
सैद्धान्तिक पढाइभन्दा माथि उठेर सिकाइ सहजीकरण गर्नका लागि तालिमबाट प्राप्त ज्ञान र सिपले ठुलो भूमिका खेल्ने सहायक प्रधानाध्यापक ऋषिराम ओझाले धारणा राखे । आफूले लिएका तालिममध्ये सम्झनलायक तालिम यस पटक लिन पाएको आधारभूत तह इनचार्ज विश्वनाथ सुवेदीले प्रतिक्रिया दिए । तालिम अत्यन्तै उपयोगी भएकाले यसलाई अन्य सरकारी निकायले पनि निरन्तरता दिनुपर्ने अङ्ग्रेजी विभागका संयोजक बुद्धिराम विश्वकर्माले बताए । उनले आफ्नो जीवनकै सर्वाधिक प्रभावकारी तालिमका रूपमा कार्यशालालाई चित्रण गरे ।

राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत मञ्जुकुमारी थापाले संस्थाले पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेकाले कस्तो होला भन्ने लागेको अवस्थामा कल्पना गरेभन्दा राम्ररी तालिम सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले संस्थालाई प्राप्त प्रस्तावनाहरूमध्ये शिवालयको प्रस्तावना फरक खालको भएकाले स्विकृत गरिएको बताइन् । आगामी दिनमा पनि फरक खालको तर उपयोगी कार्यक्रमहरूमा सहकार्य गर्न संस्था तयार रहेको थापाको भनाइ थियो ।

यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सकेसम्म गाउँपालिकाको सहयोगमा र नभए विद्यालयले अन्य स्रोत जुटाएर भए पनि यस वर्ष शैक्षिक प्रदर्शनी गरिने जानकारी दिए । विद्यालयले हालै अङ्ग्रेजी माध्यमको सिकाइ सहजीकरण सिप विकाससम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको थियो । सो तालिम विद्यालयमै गठित अङ्ग्रेजी विभागको संयोजनमा भएको थियो ।

Picture11687623669.jpg

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित आइतबार, साउन १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्