Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शिवालय माविमा शैक्षिक सामग्री निर्माण
शिवालय माविमा शैक्षिक सामग्री निर्माण
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार ९, २०८०

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको हो। तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए। उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री निर्माणसम्बन्धी सिपमा आधारित कार्यशाला सञ्चालन गरेका थिए ।

 शिक्षकले आधारभूत ज्ञान र सिप हासिल गरेपछि विद्यार्थीहरूलाई नै प्रयोग गरेर शैक्षणिक सामग्री निर्माण गर्नुपर्नेमा देवकोटाले जोड दिए । पाठ्यपुस्तकका आधारमा मात्र होइन, शैक्षणिक सामग्रीका आधारमा अध्यापन कार्य गर्ने हो भने सिक्दिनँ भन्ने विद्यार्थीले पनि थाहै नपाई सिक्न सक्ने भन्दै देवकोटाले शैक्षणिक सामग्रीबिना कक्षाकोठामा नजान शिक्षकहरूलाई आग्रह गरे । कार्यशालाको दोस्रो दिन विषयगत समूहमा निर्मित सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।
सैद्धान्तिक पढाइभन्दा माथि उठेर सिकाइ सहजीकरण गर्नका लागि तालिमबाट प्राप्त ज्ञान र सिपले ठुलो भूमिका खेल्ने सहायक प्रधानाध्यापक ऋषिराम ओझाले धारणा राखे । आफूले लिएका तालिममध्ये सम्झनलायक तालिम यस पटक लिन पाएको आधारभूत तह इनचार्ज विश्वनाथ सुवेदीले प्रतिक्रिया दिए । तालिम अत्यन्तै उपयोगी भएकाले यसलाई अन्य सरकारी निकायले पनि निरन्तरता दिनुपर्ने अङ्ग्रेजी विभागका संयोजक बुद्धिराम विश्वकर्माले बताए । उनले आफ्नो जीवनकै सर्वाधिक प्रभावकारी तालिमका रूपमा कार्यशालालाई चित्रण गरे ।

राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत मञ्जुकुमारी थापाले संस्थाले पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेकाले कस्तो होला भन्ने लागेको अवस्थामा कल्पना गरेभन्दा राम्ररी तालिम सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले संस्थालाई प्राप्त प्रस्तावनाहरूमध्ये शिवालयको प्रस्तावना फरक खालको भएकाले स्विकृत गरिएको बताइन् । आगामी दिनमा पनि फरक खालको तर उपयोगी कार्यक्रमहरूमा सहकार्य गर्न संस्था तयार रहेको थापाको भनाइ थियो ।

Nepal Oil Corporation

यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सकेसम्म गाउँपालिकाको सहयोगमा र नभए विद्यालयले अन्य स्रोत जुटाएर भए पनि यस वर्ष शैक्षिक प्रदर्शनी गरिने जानकारी दिए । विद्यालयले हालै अङ्ग्रेजी माध्यमको सिकाइ सहजीकरण सिप विकाससम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको थियो । सो तालिम विद्यालयमै गठित अङ्ग्रेजी विभागको संयोजनमा भएको थियो ।

Picture11687623669.jpg

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल-भारत सीमानामा
नेपाल-भारत सीमानामा शुक्रबार, साउन १७, २०८२
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै मंगलबार, साउन १४, २०८२
निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै शनिबार, साउन ११, २०८२
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन बुधबार, साउन ८, २०८२
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ?
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ? आइतबार, साउन ५, २०८२
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  शनिबार, साउन ४, २०८२
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्