Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • रसुवागढी-केरुङ नाकामा ट्रक कन्टेनरका समस्या
रसुवागढी-केरुङ नाकामा ट्रक कन्टेनरका समस्या
रासस
रासस सोमबार, साउन १५, २०८०
–भीमज्वाला राई
Api Himal

काठमाडौँ । नेपाल र चीन सीमामा रहेका नाकाहरुमध्ये रसुवागढी-केरुङ नाका ऐतिहासिक व्यापारिक नाका हो । प्राचीनकालमा नेपाल र भोटबीचको प्रमुख व्यापारिक नाका यही थियो । नेपाली र चिनीयाँ व्यापारीहरु यही नाका हुँदै एकअर्काका देशमा व्यापार गर्न आवतजावत गर्ने गर्दथे ।

लिच्छवीकालमा चीनका स्रङचङ गम्पोसँग विवाह गरेकी अंशुवर्माकी छोरी भृकुटी माइतीघर आउजाउ यही नाकाबाट गर्ने गरेको इतिहास छ। लामो इतिहास बोकेको रसुवागढी नाका त्रिशूली, गल्छी हुँदै काठमाडौंसम्मको दूरी १ सय २८ किलोमिटर छ। रसुवागढी नाका हुँदै ९ सय ५० ट्रक कन्टेनरले चीनको केरुङबाट मालसामानहरु ढुवानी गरेर नेपाल आयात गरिरहेका छन्।

रसुवागढीस्थित टिमुरे बजार छेउबाट बग्ने भोटेकोशी नदी नेपाल र चीन सीमा नदी हो । सीमा पार गरेर २४ किलोमिटर दूरीमा रहेको केरुङबाट नेपाली ट्रक कन्टेनरले मालसामान ढुवानी गर्दै आएका छन् । सुरुआती दिनदेखि नै नेपाली ट्रक कन्टेनरलाई चीनले आफ्नो भूमिका प्रवेश अनुमति दिएको छ तर ट्रक कन्टेनरका चालक सहचालकहरुलाई भने चीन प्रवेश अनुमति पत्र दिएको छैन।

मालसामान ढुवानी गर्न केरुङ हिँडेका ट्रक कन्टेनर अर्कै चालक (व्यक्ति) को जिम्मा लाएर पारी केरुङ पठाउनु पर्छ । त्यसका चालक सहचालकहरु भोटेकोशी नदी वारितर्फ नेपाली भू-भागको टिमुरेमै बस्नु पर्छ । अर्थात नेपाली ट्रक कन्टेनरका चालक सहचालकहरुलाई चीन प्रवेश अनुमति छैन ।

Nepal Oil Corporation

नेपाल सरकार गृह मन्त्रालय सीमा तथा अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रदेश गर्ने अनुमति पत्रसम्बन्धी कार्याविधि २०७६ जारी गरेको छ। उक्त कार्यविधिमा चार प्रकारको चीन प्रवेश अनुमति पत्रको व्यवस्था गरेकोछ । यसमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र र एक दिने प्रवेश अनुमति पत्र रहेका छन्।

तर, नेपाली अध्यागमन विभागले कार्यविधिमा व्यवस्था भएको अन्य व्यक्तिहरुका लागि व्यवस्था गरिएको एकदिने प्रवेश अनुमति पत्र र नेपाल-चीनबीचको २०६८ पुस ३० गतेको सम्झौता अनुसारको चीनसँग सीमा नाका जोडिएको जिल्लावासीलाई चीनको ३० किलोमिटरसम्म जान दिने प्रवेश अनुमति पत्र मात्रै जारी गरेको छ । कार्यविधिले व्यवस्था गरेअनुरुप चालक, सहचालक तथा व्यवसायीलाई प्रवेश अनुमति पत्र नदिएका कारण ट्रक कन्टेनरका चालक सहचालक चीन प्रवेशमा प्रतिबन्धित बनेका हुन्।

चालक सहचालकहरुलाई अध्यागमन कार्यालयले चीन प्रवेश अनुमति पत्र नदिएपछि रसुवागढी नाकाको टिमुरे पुगेका ट्रक कन्टेनरहरु चीनको केरुङ पुर्याएर मालसामान लोड गरी टिमुरेसम्म चलाउन चीनको प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोज्नु पर्ने बाध्यता चालक सहचालक तथा व्यवसायीहरुको छ । प्रवेश अनुमति पत्रवालालाई एक पटक लाँदा र ल्याउँदा रु १५ हजार पारिश्रमिक दिनुपरेको व्यवसायीहरुले पीडा रहेको छ ।

केरुङसम्म जानका लागि आफ्ना चालकहरुले प्रवेश पत्र नपाएपछि व्यवसाय र लगानी जोगाउनका लागि भए पनि रसुवावासी प्रवेश पत्रवाला चालक खोज्नु पर्ने वाध्यता रहेको छ । लाइसेन्स नभए पनि गाडी चलाउन आउँछ भनेकै भरमा रसुवावासीलाई लाखौँको गाडी जिम्मा लगाएर चीन पठाउनु पर्ने बाध्यता व्यवसायीको छ । त्यसरी गाडी जिम्मा लगाएर पठाउँदा हाम्रा गाडीहरु चीनमै अलपत्र छाडिदिने, दुर्घटना गराइदिने, सामानहरु हराइदिने तथा अवैध सामानहरु ओसारपसार गर्ने गरेकाले समस्या उत्पन्न भएको व्यवसायीहरुको गुनासो छ ।

विसं २०७६ भदौ २५ गते मन्त्रीस्तरीय निर्णयबाट रसुवागढी नाकाबाट चीन प्रदेश गर्ने अनुमति पत्रसम्बन्धी कार्यविधि २०७६ जारी गरेपछि भदौ ३० गते अध्यागमन विभाग कालिकास्थान, काठमाडौंलाई गृह मन्त्रालय सीमा तथा अध्यागमन शाखाले शाखा अधिकृत अनुनय बाँस्तोलाले दुईवटा विषयलाई उल्लेख गर्दै पत्राचार गरेको थियो ।

उक्त पत्रमा तुरुन्त रसुवागढी, टिमुरे अध्यागमन कार्यालयलाई आवश्यक कार्यार्थ लेख्ने र छपाई (प्रवेश अनुमति पत्र) गर्नु पर्ने भए सोही कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाउने भनिएको छ । तर, अहिलेसम्म त्यो पत्रले दिएको कार्यादेश पूरा हुन सकेको छैन।

गृह मन्त्रालयको कार्यादेश पूरा हुन सकेको भए कार्यविधि २०७६ को परिच्छेद २ को (२) को (क) को व्यवस्था अनुसार सवारी चालक प्रवेश अनुमति पत्र श्रमिकहरुले पाउने थिए र यस्तो समस्याको सिर्जना हुने नै थिएन । यस विषयमा अध्यागमन कार्यालय टिमुरे, रसुवा, भन्सार कार्यालय रसुवाका प्रमुख, जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारीसँग सम्वाद गरिएको छ।

उनीहरु सबैको एउटै जवाफ थियो माथिबाटै यसको पहल हुनुपर्छ, दुई देशबीचको उपल्लो तहबाटै यस समस्याको समाधान खोजिनु पर्दछ। अध्यागमन विभागका अनुसार चाँडै समस्याको समाधान हुने जनाएको छ । दुई देशबीचमा कुरा भएको छ यस समस्यालाई किनारा लगाउने गरी अन्तिम छलफलमार्फत पहल थालिने जनाएका छन् ।

नेपाली पक्षले चीनले अवरोध गरेकाले समस्या आएको बताएका छन् । चालक सहचालकहरुलाई दिइने भनी कार्यविधिले बनाएको मापदण्ड अनुसारको प्रवेश अनुमति पत्र अध्यागमन विभागले दिएर चीन पक्षबाट रोकिएको हो भने अवरोध भन्न मिल्छ।

तर, अहिलेसम्म कुनै पनि चालक सहचालकहरुले कुनै किसिमको प्रवेश अनुमति पत्र वितरण नै नगरेको मात्रै होइन, प्रवेश पत्र नै प्रकाशन नगरेको अवस्थामा चीनले अवरोध गरेकाले समस्या आयो भन्नुको के औचित्य हुन्छ र १ यस्ता कुराले दुई देशबीचको सम्बन्धमा अविश्वास बढ्न सक्छ ।

रसुवावासीका लागि वारिपारि गर्ने अनुमति पत्र पाउने हुँदा यो सुविधा उपयोग गर्दै कमाउने उद्देश्यले रसुवा बाहेक अन्यन्त्रका व्यक्तिले पनि विभिन्न प्रकृया पूरा गरी जिल्लावासी भएको प्रमाण पेश गरेर प्रवेश अनुमति पत्र लिएको पाइएको छ। यो काममा मिलेमतो भएको र यसमा ठूलो आर्थिक चलखेल भएको आशङ्का जिल्लावासीले गरेका छन् ।

कतिपय दलाल र कमिशनखोरहरुका कारण रसुवा जिल्लालाई नै बद्नाम गराउने काम समेत भइरहेको उनीहरुको भनाइ छ। यस्ता गलत क्रियाकलापहरु भएको थाहा पाइसकेपछि त्यसलाई निस्तेज बनाउँदै कानुनसम्मत प्रवेश पत्रको व्यवस्था गर्न आवश्यक प्रकृया प्रारम्भ गरिसकेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष केसाङ तामाङ्को भनाइ रहेको छ।

दुई देशबीचको नाकामा उत्पन्न समस्याहरु यो चालक सहचालक, व्यवसायीहरुको निजी समस्याहरु होइनन् । यो समस्या देशकै समस्या हो। यो समस्या तत्काल समाधान गर्न सरकारले ध्यान दिनु पर्दछ । चालक सहचालकहरु भनेका नेपाल र चीनबीचको दुईदेशीय सम्बन्धका सेतु हुन् ।

काठमाडौंदेखि रसुवागढीसम्मको पहाडी विकटता र जीर्ण सडक पूर्वाधारमा मालसामान ढुवानी गर्नुपर्ने जोखिमसँगै प्रवेश अनुमति पत्र नपाउँदाको पीडा झन् असह्य बनेको छ । वास्तवमा यो भनिरहनुपर्ने समस्या नै होइन । यसले हाम्रो प्रशासन संयन्त्र कस्तो छ भन्ने दुर्दशाको एउटा नमुना देखाउँछ ।

सरकारले स्वीकृत गरेको कार्यविधि २०७६ अनुसार तत्काल चालक सहचालकलाई प्रवेश अनुमति पत्रको व्यवस्था गर्नु पर्दछ। यदि त्यसलाई चीनले अवरोध गर्छ भने नेपालले कूटनीतिक हिसाबबाट पनि समाधान निकाल्नुपर्छ । चालक सहचालकबिनाको ट्रक कन्टेनर हुँदैन, मालसामान ढुवानी गर्न चालक सहचालक मात्रै होइन अब ट्रक कन्टेनरहरु पनि तिम्रो देशमा पठाउँदैनाँै भन्ने हिम्मत गर्नुपर्छ ।

(लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष हुन्)

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:०३
##bhimjwalarai
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्