Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधार्न अधिकतम प्रयास गरेको अर्थमन्त्री डा महतकाे दाबी
वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधार्न अधिकतम प्रयास गरेको अर्थमन्त्री डा महतकाे दाबी अडानकाे १८औँ स्थापना दिवस भिडियाे सहित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २१, २०८०

काठमाडौ । नेपाल अडिटर्स एसोसिएसन (अडान) काे स्थापना दिवसका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताएको छ।

अडानको १८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय रहेको बताएको हो ।

“आर्थिक पारदर्शिताको सुनिश्चिताका लागि अकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहन्छ । हरेक क्षेत्रमा हिसाबकिताब चुस्तदुरुस्त छ वा छैन भनेर हेर्ने जिम्मेवारी अडिटरको हुन्छ”, उनले भने ।

audan211691303376.jpg

कोभिड-१९ महामारीयता अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिँदै गए पछि पछिल्लो समय सुधारका सङ्केत देखिएको भन्दै उनले सरकारले वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरेको दाबी गरे ।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीतिमार्फत केही महत्त्वपूर्ण प्रयास थालिएको पनि उनको भनाइ छ। “अर्थतन्त्रमा समस्या थियो र केही समस्या अझै पनि छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्रै होइन”, उनले भने, “मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौँ । केही सम्बोधन भएको छ । तर निजी क्षेत्रले खोजेजस्तो अझै भएको छैन।”

अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने बताइसकेकाले चाँडै त्यसबारे निर्णय हुनेमा विश्वास व्यक्त गरे । बैंक तथा वित्तीय क्षेत्रमा तरलता बढाउने, लगानी वृद्धि गर्नेलगायतका सुधारका लागि उचित वित्त नीति र मौद्रिक नीतिको अवलम्बन भएको पनि उनको दाबी छ।

सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा पनि अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च लक्ष्यअनुसार नै हुनेमा आशावादी रहेको बताए ।“पूँजीगत शीर्षकमा हामीले बजेट धेरै राख्न सकेनौँ। तर छुट्याइएको बजेटलाई पूर्णरुपले खर्च गर्न सक्यौँ भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ”, अर्थमन्त्री महतले भने ।

कोभिड महामारीका कारण लामो समयसम्म पनि मुलुकको अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गर्दै अर्थमन्त्री महतले महामारीको नकारात्मक प्रभाव अहिलेसम्म देखिइरहेको बताए।

अर्थतन्त्र सुधारोन्मुख रहेको र विगतमा सरकारबाट भएका केही गलत निर्णयका कारण अहिले धेरै दायित्व थपिएको पनि उनको भनाइ छ। “धेरै कुरा हामी घोषणा गर्छौँ तर त्यो घोषणाको अन्तरनिहीताको गम्भीरतामा हामी सोच विचार गर्दैनौँ । त्यस्ता घोषणाले आइपर्ने दायित्व हेर्दैनौँ। जसले गर्दा धेरै समस्या आएको छ”, अर्थमन्त्री डा महतले भने, “विचार नपुर्याई गरेका निर्णयले समस्या बढेका छन्। यसलाई सफा गर्न समय लाग्छ । हामीले सफाइको सुरुआत गरिसकेका छौँ ।”

नेपाल अडिटर्स एसोसिएशन (अडान)ले आफ्नो १८औँ स्थापना दिवससँगै ‘अडान डे’ पनि मनाएको छ । अडान डे का अवसरमा आयोजित कार्यक्रममा विभिन्न तीन वटा विषयमा कार्यक्रम प्रस्तुत भएका थिए । 

audan1691301580.jpg

करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमा वर्तमान अवस्था र आगामी कार्य र पछिल्लो आर्थिक स्थिति मौद्रिक नीतिको व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत भएका थिए।

अडानको १८औँ स्थापना दिवस प्रेस विज्ञप्ती

अडानका अध्यक्ष केदारनाथ पौडेलले प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिइभिटी)बाट नेपाल अडिटर्स एसोसिएसनलाई व्यावसायिक लेखा व्यवसाय (प्रोफेसनल अकाउन्टेन्ट) को छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको बताए। यसले अकाउन्टिङ व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ।

‘अडान डे’का अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:०८
##audan #auditorsassociatinofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्