Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिलाको न्याय दिलाउँन घरमै पुगे उपप्रमुख चौधरी
महिलाको न्याय दिलाउँन घरमै पुगे उपप्रमुख चौधरी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ३०, २०७८

काठमाडाै । श्रीमानको अपहेलनका कारण मानसिक रूपमा विक्षिप्त भई उपचारका लागि काठमाडौँ लगिएकी गौरीगङ्गा नगरपालिका-४ की २८ वर्षीया सरस्वती शाही अहिले क्रमशः परिवारसँग घुलमिल थालेको छ ।  

पहिला उनलाई आफूले के लगाएको, के खाएको वा के गरिरहेको भन्ने समेत थाहा नहुने हुन्थ्यो। बसेकै ठाउँमा दिसा पिसाब गर्ने सरस्वती अहिले घरको काममा आमालाई सघाउन सक्ने भएको छ । 

आफ्ना २ सन्तानलाई समेत नचिन्ने अवस्थामा रहेकी सरस्वती अहिले छोराछोरीसँग खेल्ने र बोल्ने गर्ने गरेको सरस्वतीकी आमा नर्मा सिंहले बताए। श्रीमानले कुटपिट गरी घरबाट निकालेका कारण आफ्नी छोरीमा मानसिक समस्या देखिएको सिंहको भनाइ छ। 

स्थानीय न्यायिक समितिका प्रमुख एवं नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीको न्याय दिन सक्ने फरक क्षमताका कारण आफ्नी छोरीले नयाँ जीवन पाएको सिंहले बताए । 

Nepal Oil Corporation

थानीय सरकार सञ्चालन ऐन तथा संविधानले नै दिएको न्याय सम्पादनको नियमित काम तथा पालिकाबाट सञ्चालित योजनाको अनुगमनका काममा उपप्रमुखहरूले पर्याप्त ध्यान दिन नसकिरहेका समयमा उपप्रमुख चौधरीको नेतृत्वमा पालिकाका विभिन्न वडामा घरपरिवारबाट हिंसामा परेका महिलाको उद्धार, आर्थिक सहयोग तथा जिविकोपार्जनका लागि दिइएको योजनाले अहिले उनीहरूले नौलो जीवन पाउन थालेका छन् ।
  
श्रीमान बितेपिछ घरपरिवारको अपहेलना सहेकी गौरीगङ्गा नगरपालिका-१ गप्काकी ३१ वर्षीया गीता बूढाको नागरिकता श्रीमानकै नामबाट दिलाउन उपप्रमुख चौधरीले बनाउन पहल गरे ।  ‘‘अंश दिनुपर्ला भनेर परिवारले नागरिकता नबनाइदिएका थिए तर उपपमुख चौधरीले पहल गरेपछि मेरो नागरिकता बन्यो ।’’ 

चरम आर्थिक अभावका कारण ४ वर्षीया छोरीको पालनपोषण तथा जिविकोपार्जनका लागी समस्या भएको गुनासो बुढाले गरेपछि उपप्रमुख चौधरीले नगरपालिकाबाट १० हजार आर्थिक सहयोग गराए । 

उक्त रकमबाट एउटा पाठो र कुखुरा किनेर पाल्न थाल्नुभएकी बूढासँग अहिले तीन कुखुरा, एक बाख्रा र एक बोका छन्। बोका र कुखुुरा बेचेर आएको पैसाले यही व्यावसायमा लगाउने उनको चाहना छ । सबैतिरबाट अपहेलनाको पात्र बनेकी बूढाले अहिले आफ्ना लागि उपप्रमुख चौधरी देउता बनेर आएको बताए । 

नगरपालिकाको न्यायिक समितिमा हालसम्म आउने घर झगडा, सीमा विवाद तथा अन्य मुद्धाहरु न्यायपालिकामा छलफल गरी पक्ष–विपक्ष दुवैलाई जितको अवस्था महसुस गराउन उपप्रमुख चौधरीले हाँसी खुशी पठाउने गर्छन् । हिंसासम्बन्धी मुद्दा नगरपालिकामा समाधान भएपछि आफ्नो घरमा फर्किएकी श्याममती चौधरी घरमा उपप्रमुख आएर सम्झाएपछि श्रीमान् र सासु ससुराबाट हिंसा भोग्नु नपरेको बताए। 
  
उपप्रमुख चौधरीको नेतृत्वमा महिला अधिकार तथा जीवनरक्षका सवालमा भएका कामका यी केही उदाहरण मात्र हुन्। उपप्रमुख चौधरीले न्यायपालिकामा आउने हिंसाका घटनाको समाधान भइनसक्दा सम्मका लागि महिलालाई सुरक्षित तरिकाले राख्न ‘सेफ हाउस’ समेत बनाएको छ। अहिले पनि उक्त हाउसमा घरपरिवार र श्रीमानबाट पीडित भएर आएका ५ जनाले आश्रय लिइरहेको छ। 

सुदूरपश्चिममा मुख्य समस्याका रूपमा रहेको छाउपडी प्रथा उन्मुलनका लागि गाँउ-गाँउमा गई बनाइएका छाउगोठ भत्काउन छाउ गोठमा बस्ने उनीहरू स्वंयमलाई मनाई भत्काउने अभियान समेत सञ्चालन गरेकी चौधरी महिलाको हक अधिकार तथा उनीहरुलाइ न्याय दिलाउनु आफ्नो कर्तव्य भएको बताउँछन् । 

‘‘समाजमा केही पुरातन सोचहरू छन्, जसका कारण महिला दिदीबहिनीले अमानवीय व्यवहार सहँदै आउनुभएको छ । म सकेसम्म त्यस्ता किसिमका समस्यालाई जरैदेखि समाधान गर्न उहाँहरुको घरमै गएर सम्झाउने–बुझाउने कामलाई निरन्तरता दिन्छु।’’ स्थानीय तहको निर्वाचनपछि हालसम्म एक सय ७८ उजुरी परेकामा एक सय ५५ को फछ्र्यौट भएको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:३८
##AnchalaChaudhary
प्रतिक्रिया दिनुहोस्
थप समाज
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्