Top Navigation
Main Navigation
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिलाको न्याय दिलाउँन घरमै पुगे उपप्रमुख चौधरी
महिलाको न्याय दिलाउँन घरमै पुगे उपप्रमुख चौधरी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ३०, २०७८

काठमाडाै । श्रीमानको अपहेलनका कारण मानसिक रूपमा विक्षिप्त भई उपचारका लागि काठमाडौँ लगिएकी गौरीगङ्गा नगरपालिका-४ की २८ वर्षीया सरस्वती शाही अहिले क्रमशः परिवारसँग घुलमिल थालेको छ ।  

पहिला उनलाई आफूले के लगाएको, के खाएको वा के गरिरहेको भन्ने समेत थाहा नहुने हुन्थ्यो। बसेकै ठाउँमा दिसा पिसाब गर्ने सरस्वती अहिले घरको काममा आमालाई सघाउन सक्ने भएको छ । 

आफ्ना २ सन्तानलाई समेत नचिन्ने अवस्थामा रहेकी सरस्वती अहिले छोराछोरीसँग खेल्ने र बोल्ने गर्ने गरेको सरस्वतीकी आमा नर्मा सिंहले बताए। श्रीमानले कुटपिट गरी घरबाट निकालेका कारण आफ्नी छोरीमा मानसिक समस्या देखिएको सिंहको भनाइ छ। 

स्थानीय न्यायिक समितिका प्रमुख एवं नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीको न्याय दिन सक्ने फरक क्षमताका कारण आफ्नी छोरीले नयाँ जीवन पाएको सिंहले बताए । 

थानीय सरकार सञ्चालन ऐन तथा संविधानले नै दिएको न्याय सम्पादनको नियमित काम तथा पालिकाबाट सञ्चालित योजनाको अनुगमनका काममा उपप्रमुखहरूले पर्याप्त ध्यान दिन नसकिरहेका समयमा उपप्रमुख चौधरीको नेतृत्वमा पालिकाका विभिन्न वडामा घरपरिवारबाट हिंसामा परेका महिलाको उद्धार, आर्थिक सहयोग तथा जिविकोपार्जनका लागि दिइएको योजनाले अहिले उनीहरूले नौलो जीवन पाउन थालेका छन् ।
  
श्रीमान बितेपिछ घरपरिवारको अपहेलना सहेकी गौरीगङ्गा नगरपालिका-१ गप्काकी ३१ वर्षीया गीता बूढाको नागरिकता श्रीमानकै नामबाट दिलाउन उपप्रमुख चौधरीले बनाउन पहल गरे ।  ‘‘अंश दिनुपर्ला भनेर परिवारले नागरिकता नबनाइदिएका थिए तर उपपमुख चौधरीले पहल गरेपछि मेरो नागरिकता बन्यो ।’’ 

चरम आर्थिक अभावका कारण ४ वर्षीया छोरीको पालनपोषण तथा जिविकोपार्जनका लागी समस्या भएको गुनासो बुढाले गरेपछि उपप्रमुख चौधरीले नगरपालिकाबाट १० हजार आर्थिक सहयोग गराए । 

उक्त रकमबाट एउटा पाठो र कुखुरा किनेर पाल्न थाल्नुभएकी बूढासँग अहिले तीन कुखुरा, एक बाख्रा र एक बोका छन्। बोका र कुखुुरा बेचेर आएको पैसाले यही व्यावसायमा लगाउने उनको चाहना छ । सबैतिरबाट अपहेलनाको पात्र बनेकी बूढाले अहिले आफ्ना लागि उपप्रमुख चौधरी देउता बनेर आएको बताए । 

नगरपालिकाको न्यायिक समितिमा हालसम्म आउने घर झगडा, सीमा विवाद तथा अन्य मुद्धाहरु न्यायपालिकामा छलफल गरी पक्ष–विपक्ष दुवैलाई जितको अवस्था महसुस गराउन उपप्रमुख चौधरीले हाँसी खुशी पठाउने गर्छन् । हिंसासम्बन्धी मुद्दा नगरपालिकामा समाधान भएपछि आफ्नो घरमा फर्किएकी श्याममती चौधरी घरमा उपप्रमुख आएर सम्झाएपछि श्रीमान् र सासु ससुराबाट हिंसा भोग्नु नपरेको बताए। 
  
उपप्रमुख चौधरीको नेतृत्वमा महिला अधिकार तथा जीवनरक्षका सवालमा भएका कामका यी केही उदाहरण मात्र हुन्। उपप्रमुख चौधरीले न्यायपालिकामा आउने हिंसाका घटनाको समाधान भइनसक्दा सम्मका लागि महिलालाई सुरक्षित तरिकाले राख्न ‘सेफ हाउस’ समेत बनाएको छ। अहिले पनि उक्त हाउसमा घरपरिवार र श्रीमानबाट पीडित भएर आएका ५ जनाले आश्रय लिइरहेको छ। 

सुदूरपश्चिममा मुख्य समस्याका रूपमा रहेको छाउपडी प्रथा उन्मुलनका लागि गाँउ-गाँउमा गई बनाइएका छाउगोठ भत्काउन छाउ गोठमा बस्ने उनीहरू स्वंयमलाई मनाई भत्काउने अभियान समेत सञ्चालन गरेकी चौधरी महिलाको हक अधिकार तथा उनीहरुलाइ न्याय दिलाउनु आफ्नो कर्तव्य भएको बताउँछन् । 

‘‘समाजमा केही पुरातन सोचहरू छन्, जसका कारण महिला दिदीबहिनीले अमानवीय व्यवहार सहँदै आउनुभएको छ । म सकेसम्म त्यस्ता किसिमका समस्यालाई जरैदेखि समाधान गर्न उहाँहरुको घरमै गएर सम्झाउने–बुझाउने कामलाई निरन्तरता दिन्छु।’’ स्थानीय तहको निर्वाचनपछि हालसम्म एक सय ७८ उजुरी परेकामा एक सय ५५ को फछ्र्यौट भएको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:३८
##AnchalaChaudhary
प्रतिक्रिया दिनुहोस्
थप समाज
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो शनिबार, फागुन २, २०८२
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने बिहीबार, माघ ३०, २०८२
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र बिहीबार, माघ ३०, २०८२
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ३ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
  • नंः ४ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
  • नंः ५ नामी साप्ताहिक
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्