काठमाडौं । ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणमा आवेदन दिने प्रतिभावान किशोर किशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।
ग्लोकल टीन हिरो किशोर किशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो । यो किशोर किशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो।
समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
देशभरिबाट आएको ६ सय ८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रियामार्फत २०२३ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अण्डर २० चयन गरिएको छ ।
२० अन्डर २० किशोर किशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बालअधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
यसरी घोषणा गरिएको उत्कृष्ट किशोर किशोरीहरुमा: आर्यन सिग्देल-शिक्षक र अभियन्ता, अतिथ अधिकारी-सामाजिक उद्यमी, अविनाशकुमार पासवान-संगीतकार, दिक्षा भारती-स्वास्थ्य अभियन्ता, दिवश सर्राफ-सामाजिक अभियन्ता, माधव खनाल-लेखक, निराजन रिमाल-विज्ञान उत्साही, प्रकाश बडु-बालअधिकारकर्मी, प्रकाश पन्त-गणित उत्साही, प्रीति पन्थ-सामाजिक अभियन्ता, रौशन पंडित-प्राविधिक उत्साही, रिशमकुमार साह-वातावरण अभियन्ता, सदीक्षा घिमिरे-स्वास्थ्य अभियन्ता, सागर बुढा-वातावरण अभियन्ता, सागर गुप्ता-एआई वैज्ञानिक/अनुसन्धानकर्ता, समिप पौडेल-प्राविधिक उत्साही, श्रुति तिवारी-वातावरण अभियन्ता, शुभम उप्रेति-कलाकार, सुमित्रा आचार्य-अभियन्ता र सुशन श्रेष्ठ-अभियन्ता रहेका छन् ।
उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलनमार्फत हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० २०:०२