Top Navigation
Main Navigation
आइतबार, माघ ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, माघ ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै
भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २०, २०८०

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:३८
##krishnajanmastami #patan #krishnatemple
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा हिउँचितुवाको आतङ्क
मुस्ताङमा हिउँचितुवाको आतङ्क शनिबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना शनिबार, माघ ४, २०८२
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ४, २०८२
उदयपुरमा आगलागीबाट ११ लाख ५७ हजार क्षति
उदयपुरमा आगलागीबाट ११ लाख ५७ हजार क्षति शुक्रबार, माघ ३, २०८२
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ? शुक्रबार, माघ ३, २०८२
आज कस्तो रहला देशभरकाे माैसम ?
आज कस्तो रहला देशभरकाे माैसम ? शुक्रबार, माघ ३, २०८२
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने शुक्रबार, माघ ३, २०८२
कञ्चनपुरकाे मौरीफाँटामा पाटेबाघको त्रास
कञ्चनपुरकाे मौरीफाँटामा पाटेबाघको त्रास शुक्रबार, माघ ३, २०८२
सुनसरीमा ट्रक पल्टिँदा ५ मजदुरको मृत्यु, चालक फरार
सुनसरीमा ट्रक पल्टिँदा ५ मजदुरको मृत्यु, चालक फरार बिहीबार, माघ २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः २ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः ३ कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
  • नंः ४ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ५ नामी साप्ताहिक
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्