Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न माग
बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार ३, २०७८

काठमाडौ । नेपाली कांग्रेसले देशभर बाढीपहिरामा परी हराएकाहरुको खोजी र उद्धार गर्न, घाइतेको उपचार तथा विस्थापितलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण गर्न तथा राहतमा जिम्मेवारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले बाढीपहिराको सजग भएर सामना गर्न तथा आफ्नो पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा संलग्न हुन आह्वान गरेको हो । 

सरकारका तीनै तहलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुट्न आग्रह गरेको छ भने विपद्मा परी निधन भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कोभिड-१९ नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण आर्थिक संकटमा परेका निम्नवर्ग र श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। 

कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नु परेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ ।

कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन  अनुरोध पनि गरेको छ । 

बैठकले सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्साको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजूरी र गुनासाको कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका नभएका सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी यही असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुङ्गो लगाई पार्टीसमक्ष पेश गर्ने निर्णय गरेको छ। 

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौंँ महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव प्रस्तुत गरेको थियो।

नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावलीअनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णयलगायत आवश्यक कागजातसहित पेश हुन आएकाले क्रियाशील सदस्यता स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ। 

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गत जेठ २८ गते प्रदेशसभामा बोलेको विषय संसद्को नियमानुसार संसद्मै टुंगिसकेपछि पनि उक्त विषयलाई लिएर उनीविरुद्ध संविधान प्रतिकूल हुने गरी कुनै प्रक्रिया नगर्न, नगराउन बैठकले सरकारलाई सचेत गराएको छ।

सभापति शेरबहादुर देउवाका सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाई र डा टिएन योगीले आआफ्नो धारणा राखेका थिए। 

केन्द्रीय कार्यसमितिको बैठक  शुक्रबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए। 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २३:१०
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप समाज
पशुपतिनामा पितृ पक्ष सुरु
पशुपतिनामा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्