Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न माग
बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार ३, २०७८

काठमाडौ । नेपाली कांग्रेसले देशभर बाढीपहिरामा परी हराएकाहरुको खोजी र उद्धार गर्न, घाइतेको उपचार तथा विस्थापितलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण गर्न तथा राहतमा जिम्मेवारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले बाढीपहिराको सजग भएर सामना गर्न तथा आफ्नो पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा संलग्न हुन आह्वान गरेको हो । 

सरकारका तीनै तहलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुट्न आग्रह गरेको छ भने विपद्मा परी निधन भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कोभिड-१९ नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण आर्थिक संकटमा परेका निम्नवर्ग र श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। 

कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नु परेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ ।

कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन  अनुरोध पनि गरेको छ । 

बैठकले सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्साको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजूरी र गुनासाको कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका नभएका सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी यही असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुङ्गो लगाई पार्टीसमक्ष पेश गर्ने निर्णय गरेको छ। 

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौंँ महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव प्रस्तुत गरेको थियो।

नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावलीअनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णयलगायत आवश्यक कागजातसहित पेश हुन आएकाले क्रियाशील सदस्यता स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ। 

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गत जेठ २८ गते प्रदेशसभामा बोलेको विषय संसद्को नियमानुसार संसद्मै टुंगिसकेपछि पनि उक्त विषयलाई लिएर उनीविरुद्ध संविधान प्रतिकूल हुने गरी कुनै प्रक्रिया नगर्न, नगराउन बैठकले सरकारलाई सचेत गराएको छ।

सभापति शेरबहादुर देउवाका सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाई र डा टिएन योगीले आआफ्नो धारणा राखेका थिए। 

केन्द्रीय कार्यसमितिको बैठक  शुक्रबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए। 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २३:१०
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप समाज
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ? शनिबार, माघ ११, २०८२
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप शुक्रबार, माघ १०, २०८२
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै शुक्रबार, माघ १०, २०८२
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह 
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह  शुक्रबार, माघ १०, २०८२
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा 
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्