ईतिहासको काल कोठरीमा
एउटा अनौठो धावा थियो
वीपीको समाजवाद जिन्दावाद ।
वीपीको साहित्यिक यात्रा जिन्दावाद ।
वीपीको सत्संग मार्ग जिन्दावाद ।
वीपीको प्रजातन्त्र यात्रा जिन्दावाद ।
वीपीको मेलमिलाप निति जिन्दावाद ।
यस्तै यस्तै जिन्दावादको नारा
लगाउँदै प्रजातन्त्रको मार्ग तयार गरेको
सात दशक भईसकेको छ ।
वीपीको समाजवादको नाराले
मात्र देशको मुहार फेरिदैन ।
वीपी एक समयको नायक थिए ।
वीपी एक समयको साधक थिए ।
वीपी एक समयको प्रेरणा थिए ।
वीपी एक समयको ज्वाला थिए ।
वीपी एक समयको आदर्श थिए ।
साँच्चै वीपी एक समयको पथ प्रदर्शक थिए ।
समयले परिवर्तनको बाटो मोडेको छ ।
वीपीको समाजवादको नारा
परिवर्तन हुँदै गएको छ ।
त्यसैले हामीले वीपीले देखाएको
विकासको मार्गलाई पहिल्याउन
जरुरी छ ।
जहाँ तानाशाहको अवशेषले
दागा धरिरहेको छ ।
नेपाली ईतिहासका महापुरुष हुन् वीपी
उनैका सिद्धान्तको सहायताले भारतीय
स्वतन्त्रताको संग्राम अगाडि बढ्यो
जसको कारण भारत अहिले
स्वतन्त्रताको नारा लगाइरहेको छ
त्यसैले विश्वले भन्ने गर्छन्
वीपी महापुरुष हुन् ।
वीपी युगपुरुष हुन् ।
वीपी विश्वासको पात्र हुन् ।
वीपी समग्र विश्व क्रान्तिका नायक हुन् ।
साँच्चै भन्दा वीपी युग–युगसम्म अमर रहने
कलियुगका श्रीपुरुष हुन् ।
सामन्तले देशमा जरा गाडिरहेको अवस्थामा
एउटा अघोषित आन्दोलनले
सामन्तको जग हल्लियो
विस्तारै–विस्तारै सामन्तहरुले
विर्ताको नाममा विभिन्न ठाउँको
नाइके बनाई नेपाली समाजवादको
आन्दोलनका धक्का लगाउने काम गर्दै थियो ।
ठिक त्यसैवेला सामन्तको चिहान खन्ने
उद्घोष भयो
जसलाई वीपीले भनेका थिए
चिहान हामीले खन्ने होइन
सामन्तवादको चिहान आफैले खन्नेछ ।
केवल हामीले बाटो देखाउने मात्र हो ।
अहिले पनि सामन्तवादको
अवशेषहरु हटाउन
वीपीको विचारको खाँचो छ ।
त्यसैले साधकहरु भन्ने गर्छन्
वीपी एक योद्धा हो ।
वीपी एक विचार हो ।
विपि एक परिवर्तन हो ।
वीपी एक संस्कृति हो ।
साँच्चै भन्दा
वीपी एक समग्र समाज विकासको
स्रोत हो ।
- मणिकुमार श्रेष्ठ
योजना शाखा प्रमुख
साल्पासिलिछो गाउँपालिका
भोजपुर
सम्पर्क नं. ९८४२०८६७८४, ९८०४३०७८३१
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १४:११