Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एकैपटक १० हजारको परीक्षण गर्दै मध्यपुरथिमी नगरपालिका
एकैपटक १० हजारको परीक्षण गर्दै मध्यपुरथिमी नगरपालिका
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार ४, २०७८

काठमाडौ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । 

नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएको हो ।  

जिल्लामा सङ्क्रमित र मृत्युदर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो । 

“हाम्रो नगरक्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौवटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजिन र पिसिआर परीक्षण गर्दैछौँ”, नगरप्रमुख श्रेष्ठले भने, “चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो।”

Nepal Oil Corporation

त्यसका लागि नगरपालिकाले करीब ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ।

नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब सङ्कलन गरिने जनाएको छ। 

एउटा वडाबाट करीब १ हजार १०० को परीक्षण गरिने र सङ्क्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । 

कोरोना सङ्क्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो। 

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ ।

एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पिसिआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने भएको छ। पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्याङ्कन गर्न सकिनेछ । 

यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ । 

यो परीक्षणसँगै उपत्यकामा कोरोना सङ्क्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुने उल्लेख गर्दै उनले यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुने जिकिर गर ।  

सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा ६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र ३ हजार ३५९ महिला गरी ७ हजार २६७ व्यक्ति सङ्क्रमित भएका छन्। 

हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय सङ्क्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन्। ८८ जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । सङ्क्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १३:५६
##MadhyapurThimi
प्रतिक्रिया दिनुहोस्
थप समाज
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्