Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने
विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज १, २०८०

गलकोट । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ। विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो ।

सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ ।

नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो।

सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो। जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डिपिआरको काम सुरु गरेको छ। 

नगरपालिकाअन्तर्गतका तीन सडकहरु आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिने भएको हो। डिपिआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थाल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसकेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए।

“दुई वर्षभित्रै तीन सडक कालोपत्रे गर्नेगरी डिपिआरको अन्तिम तयारी छ, एक महिनापछि डिपिआरको काम सकिन्छ त्यसपछि तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्र गरिन्छ” श्रेष्ठले भने, “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको बताउँदै नगरपालिकाभित्रका तीन सडक कालोपत्रले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ।”

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने उनको भनाइ छ ।

नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे ८ दशमलव ६  किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए। 

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरु स्तरोन्नतिको पर्खाइमै थिए । सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदानमार्फत पक्की बनाउन थालिएको हो ।

ती सडकहरु अत्यन्तै सुविधा सम्पन्न हुने र नवीनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरु निर्माण गरिने छ । नगरपालिकाले मुकामदेखि तीन वटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ ।

विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, शहरी विकास मन्त्रालयको प्रोजेक्ट संयोजक रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टोली संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ । उक्त सडकहरु छ मिटरदेखि आठ मिटरसम्म चौडा हुनेछन्।

सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ । बैंकले नेपालभर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । बागलुङ नगरपालिकालाई यसअघि समेत अनुदानमा सडक निर्माण गरेको थियो ।

उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले हुँदै मुलपानीतर्फको चक्रपथ निर्माण गरिएको थियो । अहिले उक्त सडकलाई टुङ्गोमा पुर्‍याइने छ। स्थलगत अध्ययन अनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा छ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:५७
##road
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्