Top Navigation
Main Navigation
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज
अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज
श्याम स्मृत
श्याम स्मृत मंगलबार, असोज २, २०८०

काठमाडौं। मर्दाको मलामी विहेको जन्ती भनेकै घर–छिमेक अनि साथीभाइ मिलेर बनेको समाज हो । जहाँ मर्दा–पर्दा हारगुहार हुन्छ। जिउंदामा जन्ती बन्ने गर्दछ।

सुखमा तथा दुःख दुवैमा सहयोगी बन्ने माध्यम नै सामाजिक रुपमा बनेको समाज हो। यो समाज शब्द ल्याटिन भाषाको सोसियसबाट लिइएको हो। जसको अर्थ एक साथी, संघ वा संगति भन्ने हुन्छ ।

समाज एक भन्दा धेरै समुदायका मानिसहरूको समूह हो । ’समाज’ शब्दले गाउँ टोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समूहलाई बुझाउँछ। 

kathmandu samaj usa1695179834.jpg

समाज भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको संख्या हो। यो विभिन्न जातजाति, धार्मिक, उमेर र वर्गका मानिसहरु मिलेर बनेको हुन्छ। समाज भूगोल, धर्म, संस्कृति आदिको आधारमा बनाइएको भए पनि वर्तमान समाज भने मिश्रित छ। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह बुझाउँछ।

सामाजिक सम्बन्धको एक प्रणाली समाजको सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै सम्बन्ध सामाजिक छैनन्। एक सामाजिक सम्बन्ध व्यक्तिहरुको बिच पारस्परिक जागरूकताको अर्थ हो। यो पारस्परिक जागरूकता प्रत्यक्ष र अप्रत्यक्ष हरेक सामाजिक सम्बन्धको विशेषता हो।

जब एक समुदायको विभिन्न व्यक्तिहरु एक अर्कामा रुचि राख्छन् र आफैलाई केही भावनाहरुसंग बाध्य लाग्छ, उनीहरु आफैलाई एक समाजमा पाउँछन्। समाजको आयामको कुनै सीमा हुँदैन। एउटा ठूलो समाज भित्र धेरै साना एकाइहरु हुन सक्छन् र एक निश्चित व्यक्ति धेरै समाजको एक सदस्य हुन सक्छ।

नेपालमा धेरै किसिमका समाज हुन्छन् जस्तैः आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदि । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाज उपयोग र प्रणालीको अधिकार र धेरै समूहहरु र मानव व्यवहार र स्वतन्त्रताको नियन्त्रणको विभाजनको आपसी सहायताको प्रक्रिया हो। समाज एउटा संगठन हो । समाज मानव सम्बन्धको एक सञ्जाल हो। 

नेपालीहरुले नेपालमा धेरै यस्ता समाज बनाएर सामाजिक कार्य तथा क्रियाकलाप गर्दैआएका छन्। नेपाल वाहिर पनि नेपालीहरुको संगठनात्मक विभिन्न समाज गठन गर्ने कार्यले निरन्तरता पाएको छ। यसक्रममा विश्वको अति बैभबशाली मुलुक अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको हालै स्थापना भएको छ।

ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमालको नेतृत्वमा काठमाडौं समाज यु.एस.ए.इन्कको स्थापना भएको हो। जसको प्रमुख उदेश्य भनेकै काठमाडौंवाट अमेरिका पुगेका नेपालीहरुको आपसी सदभाव, भाइचारा तथा सहयोगात्मक विकास अभिबृद्धि गर्न र गराउनु नै हो । जसमा उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिम्खडा र अमित पाण्डे छन्। कोषाध्यक्ष भुवन खत्री, सचिव एट्ना कार्की, सह–सचिव निरन प्रजापति छन्। 

यस समाजमा दिग्गज नेपालको किङ अफ पप गायक ओमविक्रम विष्ट देखि तामाङ समाजका यु.एस.ए.का प्रेसिडेन्ट मोहन वाइबा, इभेन्ट अर्गनाइजर तथा सीपीए एवम् सामाजिक अभियन्ता पशुपति श्रेष्ठ, न्यू अमेरिकन भोटर्स एशोसियनका भाइस प्रेसिडेन्ट तथा रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका पूर्व प्रेसिडेन्ट तथा हामी नेपाली ग्लोबलका सिनियर भाइस प्रेसिडेन्ट नवराज केसी विशिष्ट सल्लाहकार छन्।

विशिष्ट सल्लाहकारहरुको सल्लाह तथा मार्गनिर्देशन बमोजिम काठमाडौं समाज यु.एस.ए. इन्कले सांगठनिक विस्तार गरेर अभूतपूर्व कार्यक्रमहरु गर्दैजाने भएको छ। काठमाडौं समाज यु।एस।ए। इन्क अमेरिकामा नै पहिलो पल्ट स्थापना भएको काठमाडौंको समाज हो।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्