Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज
अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज
श्याम स्मृत
श्याम स्मृत मंगलबार, असोज २, २०८०

काठमाडौं। मर्दाको मलामी विहेको जन्ती भनेकै घर–छिमेक अनि साथीभाइ मिलेर बनेको समाज हो । जहाँ मर्दा–पर्दा हारगुहार हुन्छ। जिउंदामा जन्ती बन्ने गर्दछ।

सुखमा तथा दुःख दुवैमा सहयोगी बन्ने माध्यम नै सामाजिक रुपमा बनेको समाज हो। यो समाज शब्द ल्याटिन भाषाको सोसियसबाट लिइएको हो। जसको अर्थ एक साथी, संघ वा संगति भन्ने हुन्छ ।

समाज एक भन्दा धेरै समुदायका मानिसहरूको समूह हो । ’समाज’ शब्दले गाउँ टोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समूहलाई बुझाउँछ। 

kathmandu samaj usa1695179834.jpg

समाज भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको संख्या हो। यो विभिन्न जातजाति, धार्मिक, उमेर र वर्गका मानिसहरु मिलेर बनेको हुन्छ। समाज भूगोल, धर्म, संस्कृति आदिको आधारमा बनाइएको भए पनि वर्तमान समाज भने मिश्रित छ। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह बुझाउँछ।

सामाजिक सम्बन्धको एक प्रणाली समाजको सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै सम्बन्ध सामाजिक छैनन्। एक सामाजिक सम्बन्ध व्यक्तिहरुको बिच पारस्परिक जागरूकताको अर्थ हो। यो पारस्परिक जागरूकता प्रत्यक्ष र अप्रत्यक्ष हरेक सामाजिक सम्बन्धको विशेषता हो।

जब एक समुदायको विभिन्न व्यक्तिहरु एक अर्कामा रुचि राख्छन् र आफैलाई केही भावनाहरुसंग बाध्य लाग्छ, उनीहरु आफैलाई एक समाजमा पाउँछन्। समाजको आयामको कुनै सीमा हुँदैन। एउटा ठूलो समाज भित्र धेरै साना एकाइहरु हुन सक्छन् र एक निश्चित व्यक्ति धेरै समाजको एक सदस्य हुन सक्छ।

नेपालमा धेरै किसिमका समाज हुन्छन् जस्तैः आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदि । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाज उपयोग र प्रणालीको अधिकार र धेरै समूहहरु र मानव व्यवहार र स्वतन्त्रताको नियन्त्रणको विभाजनको आपसी सहायताको प्रक्रिया हो। समाज एउटा संगठन हो । समाज मानव सम्बन्धको एक सञ्जाल हो। 

नेपालीहरुले नेपालमा धेरै यस्ता समाज बनाएर सामाजिक कार्य तथा क्रियाकलाप गर्दैआएका छन्। नेपाल वाहिर पनि नेपालीहरुको संगठनात्मक विभिन्न समाज गठन गर्ने कार्यले निरन्तरता पाएको छ। यसक्रममा विश्वको अति बैभबशाली मुलुक अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको हालै स्थापना भएको छ।

ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमालको नेतृत्वमा काठमाडौं समाज यु.एस.ए.इन्कको स्थापना भएको हो। जसको प्रमुख उदेश्य भनेकै काठमाडौंवाट अमेरिका पुगेका नेपालीहरुको आपसी सदभाव, भाइचारा तथा सहयोगात्मक विकास अभिबृद्धि गर्न र गराउनु नै हो । जसमा उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिम्खडा र अमित पाण्डे छन्। कोषाध्यक्ष भुवन खत्री, सचिव एट्ना कार्की, सह–सचिव निरन प्रजापति छन्। 

यस समाजमा दिग्गज नेपालको किङ अफ पप गायक ओमविक्रम विष्ट देखि तामाङ समाजका यु.एस.ए.का प्रेसिडेन्ट मोहन वाइबा, इभेन्ट अर्गनाइजर तथा सीपीए एवम् सामाजिक अभियन्ता पशुपति श्रेष्ठ, न्यू अमेरिकन भोटर्स एशोसियनका भाइस प्रेसिडेन्ट तथा रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका पूर्व प्रेसिडेन्ट तथा हामी नेपाली ग्लोबलका सिनियर भाइस प्रेसिडेन्ट नवराज केसी विशिष्ट सल्लाहकार छन्।

विशिष्ट सल्लाहकारहरुको सल्लाह तथा मार्गनिर्देशन बमोजिम काठमाडौं समाज यु.एस.ए. इन्कले सांगठनिक विस्तार गरेर अभूतपूर्व कार्यक्रमहरु गर्दैजाने भएको छ। काठमाडौं समाज यु।एस।ए। इन्क अमेरिकामा नै पहिलो पल्ट स्थापना भएको काठमाडौंको समाज हो।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्