Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते
सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज १४, २०८०
Api Himal

काठमाडौँ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ सुरु भएको छ ।

सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिएको हो।

उपत्यका केन्द्रित बसाइसराइँ, सहरीकरणलगायतबाट भइरहेको जनसङ्ख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायत कारणबाट काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवं चुनौतीपूर्ण बन्दै गइरहेको छ।

अहिले पनि काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ।

Nepal Oil Corporation

देशभरि ६३ लाख सवारी साधन दर्ता छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।

पछिल्लो पाँच वर्षमा देशभर १२ हजार ८ सयको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। पाँच वर्षमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन्।

गत आवमा सवारी दुर्घटनाबाट मुलुकभर २ हजार ८ सय ८३, आव २०७८/७९ मा २ हजार ३ सय ७६, आव २०७७/७८ मा २ हजार ५ सय, आव २०७६/७७ मा २ हजार २ सय ५१ र आव २०७५/७६ मा २ हजार ७ सय ८९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकामा हाल १ हजार ३ सय १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ। उपत्यकामा मात्रै १ हजार ८ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन्।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थुप्रै चुनौती आइपरेको उल्लेख गर्दै ट्राफिक प्रमुख पोखरेलले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताए।

उपत्यकामा बर्सेनि साना ठूला १० हजार बढी सडक दुर्घटना हुने गरेको छ। सो दुर्घटनामा परी करिब २ सयको मृत्यु तथा ८ हजार बढी घाइते भएका छन्।

ट्राफिक प्रहरी प्रमुख पोखरेल विशेषगरी दुई पाङ्गे सवारी सधानको चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत कारणबाट दुर्घटना बढेको बताउँछन्। “समयानुकूल भौतिक पूर्वाधारमा सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभावसमेत दुर्घटनाको कारक बनेको छ”, उनले भने।

प्रमुख पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताए।

“सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन् गरी ट्राफिक नियम र सडक अनुशासन पालना गरी सडक सभ्यताको विकास गर्नु सबैको साझा दायित्व हो”, उनले भने, “सवारी व्यवस्थापन र सहज आवागमनका लागि सबैको हातेमालो र नियम पालना प्रतिको प्रतिबद्धताले मात्र दुर्घटनारहित सुरक्षित यात्रा सम्भव छ।”

ट्राफिक प्रहरी स्थापनाको सात दशक

नेपालमा विसं २००७ मा स्थापना भएको रामदलबाट ट्राफिक नियन्त्रण कार्यको प्रारम्भ भएको थियो। विसं २००९ मा पहिलो पटक ‘ट्राफिक पुलिस डिट्याचमेन्ट’को स्थापना गरी तत्कालीन बग्गीखाना हालको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रहेको स्थानमा कार्यालय सञ्चालन गरेको इतिहास छ।

ट्राफिक प्रहरीको व्यवस्थासँगै प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउँदै आएको छ। सडक दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रयासरत छ।

साँघुरा सडक तथा सीमित सडक सञ्जाल, सम्पूर्ण खोला करिडोर निर्माण तथा सञ्चालन नहुनु तथा सार्वजनिक यातायत क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाले ट्राफिक व्यवस्थामा कठिनाइ पैदा भएको ट्राफिक प्रहरीको भनाइ छ।

लेन अनुशासनको उल्लङ्घन, तीव्र गति, ट्राफिक लाइटको वेवास्ता, जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ।

मापदक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने, पैदलयात्रुले जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ। दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

ट्राफिक सचेतना सप्ताहको अगाडि दरबारमार्गबाट ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड बोकिएको प्रभातफेरि निकालिएको थियो।

प्रभातफेरिमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, गृहसचिव दिनेशकुमार भट्टराई, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, प्रहरी महानिरीक्षक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी, युवाविद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:४४
##Traffic
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्