Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • अदक्षलाई दक्ष बनाउन गणेश केसीको उम्मेदवारी
अदक्षलाई दक्ष बनाउन गणेश केसीको उम्मेदवारी
श्याम स्मृत
श्याम स्मृत आइतबार, असोज २१, २०८०
Api Himal

काठमाडौं। नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्।

त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्।

अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने वाध्यता रहेको छ। यो बाध्यतालाई दूर गर्ने र गराउने कार्यमा गैरआवासिय नेपाली संघमा लामो समयदेखि नेपाल र नेपालीको हक, हित र अधिकारको लडाई लड्दैआएका गणेश केसीले विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनै गणेश केसीसंगको आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी एजेन्डाको विषयमा भएको संक्षिप्त कुराकानी–

Nepal Oil Corporation

तपाईको चुनावी एजेन्डा के छ ?

(मेरो मुख्य चुनावी एजेन्डा नै अदक्ष नेपालीलाई दक्ष नेपाली वनाएर विदेशमा शान तथा गौरब बढाउने हो । त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष वनाउने व्यावसायिका सीप तालिम केन्द्र स्थापना गनेृछु ्। त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सवै कार्य तथा प्रकृयाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने मेरो प्रमुख योजना छ । 

विदेशमा रहेका नेपालीहरुको लागि के कस्तो योजना छ ?

विश्वभर छरिएर रहेका नेपालीहरुको दुःखसुखमा साथ दिने कार्य हिजोका दिनमा पनि गरिरहेको छु र आजको दिनमा पनि गर्दैछु । भोलिका दिनमा पनि गर्नेछु। विश्वभर छरिएर रहेका नेपालीहरुलाई कुनै कारणवाट कहीँकतै समस्या परेमा त्यसको समाधान गर्ने र गराउने मेरो अर्को प्रमुख प्रतिबद्धता पनि रहेको छ। विदेशमा कुनैपनि नेपालीलाई कुनैपनि प्रकारको समस्या नहोस् भनेर निरन्तर कार्यगर्दै जानेछु ।

तपाई आफूलाई सटकटमा चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ?

मैलै सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएको छु । सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक सेवामा लाग्दैआएको पनि छु। त्यसपछि, सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् ९आइसिसी सदस्य९ २०२१–२०२३एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुखमा छु।

तपाईको थप परिचय ?

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफूलाई एनआरएनए भित्र स्थापित गर्न सफल भएको छु। मेरो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएको कुरा कसैवाट पनि छिपेको छैन् । त्यस्तै, सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि सफलता प्राप्त गरेको छु। यसमा मलाई गौरब छ। सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडि बढाउन मलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै मैले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए । त्यसैगरी उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल भए । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा मैले मातृभूमिमा सेवा गर्ने कार्य गरेको पनि कसैवाट छिपेको छैन्।  कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा म कहिले पनि पछि हटिन। 

विदेशमा विपतमा परेका नेपालीका लागि तपाईको कार्य योजना के कस्तो छ?

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ। 

अन्त्यमा के भन्नुहुन्छ ?

लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप महासचिवको हैसियतले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक समृद्धि लागि प्रयोग गर्दैआएको छु। मैले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने मेरो प्रमुख उद्देश्य हो ।

Page No.2-Ganesh KC 21696743958.jpg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:२५
##ganeshkc
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्