Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कथा : साथी
कथा : साथी
उमेश रेग्मी
उमेश रेग्मी शुक्रबार, असोज २६, २०८०

धेरैपछि काठमाडौँ आउने जमर्को मिल्यो त्यो पनि हवाई जहाज चढेर। एयरपोर्टमा पुरानो मित्र लिन आउनुभएको थियो। धेरै बर्षको अन्तरालपछि मिलनको कस्तो मज्जा, दुवै रमाएथ्यौ।

गफगाफको क्रममा प्राय अतितका ति गल्लीहरुमा निकैबेर रुमल्लिएछौ, घर अगाडी आइपुगीसकेछ। ट्याक्सीबाट उत्रिने बित्तिकै अनायासै मुखबाट निस्कियो 'भानुभक्तको कान्तिपुरी नगरी आज कस्तो भयो।'

मेरो सुस्केरा नसकिँदै साथीले भन्यो, 'मरिसकेको नगरीको कुरा नगर तिमी। केहि दिन बस, तिमीले अरु के के देख्छौ।' मेरो जिज्ञासाले भरिएको आँखा पढेछ उसले शायद, भन्न थाल्यो 'यहाँ नैतिकता, धर्म, शान्ति, व्यवस्था, सबै मरी सक्यो। एउटा मशान झैँ डर लाग्दो ठाउँमा आएछाै साथी, राम्ररी होश सम्हालेर हिँड। होश सम्हालेरै बोल।' उसको कुराले बिचलित भएको म अझ अरु कुरा जान्ने कौतुहलता संगाल्दै घरभित्र छिरे।

भोलिपल्टको बिहानीपख अर्को एउटा मित्रसँग घर नजिकै जम्काभेट भयो। स्कूल पढ्दा 'पुड्केु' उपनामले प्रख्यात यी मित्र स्वभावले हक्की नै हुन्। 'ए लाहुरे कहिले आइस विदेशबाट? उसको प्रश्न मैले सोचे झै नै थियो। 'हिजो मात्र आएको साथी। के छ हालखबर तिमीहरुको? सिष्टाचार प्रश्तुत गरे मैले। 'के हुनु हाम्रो, बरु तिमीहरुकै होलानी! म अहिले हतारमा छु। तल खेत बिक्रि गर्ने शुरमा छु। जग्गा हेर्न मान्छेहरु आएका छन्। म पछि भेटुला है।'

यति भन्दै बिदा भएथ्यो 'पुड्के'। मनमनै सोचे यसरि सबैले जग्गा बेचबिखन नगरि दिएको भए अथवा बेचबिखन गर्ने एउटा निश्चित मापदण्ड तयार गरेको भए मेरो 'कान्तिपुरी नगरी' आज शायद जिवितै हुन्थ्यो होला।'के टोलाई रहेको लाहुरे?' अर्को साथी आफ्नै अगाडी आएर उभिएको रहेछ, आफूलाई चाहीँ पत्तै भएन। 'के हुनु यार 'कान्तिपुरी नगरी' को बारेमा सोचिरहेको नि।'

साधारण भलाकुसारी पश्चात उसले भन्यो 'यार तिमी त विदेश गएर ठिकै गर्यौ।  हामी त यहाँ धमिरा जस्ता भएर बस्न बाध्य छौ। आफ्नै घरलाई भित्रभित्रैबाट खोक्रो पारि सक्यौ। नखाएर पनि कसरी बाँच्नु अनि खानलाई अरु केहि छैन सिबाय आफ्नै घरको भित्ता बाहेक। बरु तिमीले बिदेशी ल्याको होला, दुई चार 'पेगु लडाउन सँगै। नमात्तेको धेरै भयो।' धमिराको कुरा अनि मात्तिने कुरा एक आपसमा अलि विरोधाभाष झैँ लाग्यो किन हो मलाई। उसको कुरा नसुने झै अगाडि बढेथेँ म।

केहि दिन पछिको कुरा हो, मलाई घरमा नै भेट्न आयो मेरो अर्को साथी। हामी कलेजताका खुबै मिल्थ्यौ। हालखबर आदान प्रदान पश्चात सोध्यो उसले, 'तिमी त झण्डै दुई दशक पछि नेपाल आएछौ। कमाई धमाई त राम्रै छ होला। हेर न, मलाई अलि सार्हो छ अहिले, केहि मद्दत गर न। तिम्रो गुण कहिले बिर्सन्न।' म छक्क परे। राणाजीको छोरा भन्थे म उसलाई। के पो थिएन र! अहिले मेरो सामु भिखारी झैँ पैसा माग्दै छ।

'म त पैसा नलिकन आएको छु साथी। यहाँ बसुन्जेललाई मात्र पुग्छ।' भन्दै जसो तसो छुटकारा लिनु परेथ्यो मैले।त्यहि दिन साँझपख ठमेलतिर एक हुल साथीहरु भेट भयो। साह्रै रमाइलो समय रह्यो हामी सबैलाई। छुट्टिने बेलामा मलाई 'थापा' ले भनेको अझै याद छ 'बचेर हिँड है केटा। पैसा सैसा लेराको होलास्।' हाम्रो 'भुन्टे' अहिले डन भाको छ। मन्त्रिहरुको Right Hand। मलाई विश्वास गर्न धेरै बेर लागेको थियो। थापाले मलाई राजनीतिमा लागेर मन्त्री अनि अन्य उच्च ओहोदामा रहेका साथीहरुको बर्णन पनि गरेको थियो। साथीहरुको बर्णन गर्दै जादा कतै गर्ब त कतै चिन्ता अनि कतै क्रोधको महसुश गरिरहेथेँ मैले।

आज निकै सोचमा डुबेको छु म। साथीहरुको यत्रो ठूलो भिडमा मैले कसलाई भेटे, किन भेटे आफैलाई प्रश्न बनिरहेछ।कोही समझदार छन् देशको चिन्ता गर्छन। कोही धमिरा सरह छन्, देशलाई खोक्रो पारिरहेछन्। कतिलाई केवल आफ्नो मात्र चिन्ता छ। कति सिर्फ अरुलाई ठग्न खोज्छन। कसैलाई पिउनको ध्याउन्न छ। मैले कोही भेटिन मेरो 'कान्तिपुरी नगरी' लाई पुनर्जीवित गराउने।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २१:०३
##umeshregmi
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्