Top Navigation
Main Navigation
मंगलबार, जेठ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, जेठ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकारहरुलाई कोभिडविरुद्धको खोप लगाउने ब्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश 
पत्रकारहरुलाई कोभिडविरुद्धको खोप लगाउने ब्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ६, २०७८

काठमाडाै । सर्बोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । 

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै पेश गरेको रिट निवेदनमा सर्बोच्च अदालतका न्यायाधिश डा. कुमार चुडालको इजलासले आइतबार उक्त आदेश गरेको हो । सर्बोच्चले विपक्षीहरुका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । 

पत्रकारहरु लीलानाथ घिमिरे र बिष्णु गिरीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

रिटमाथि आइतबार भएको सुनुवाइमा निवेदकहरु लीलानाथ घिमिरे र विष्णु गिरीले भच्र्युअलमाध्यमबाट बहस गरेका थिए ।
सर्बोच्चले पत्रकारहरुको पेशागत प्रकृति र परिस्थिति जनसुमदायवा समुहमा पुग्नु पर्ने वा जनसम्पर्कमा रहनु पर्ने  भएकाले पत्रकारको कार्यप्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिडविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक ब्यवस्थामिलाउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

निरंतर फ्रन्टलाइनमा समाचार संकलनमा खटिने पत्रकारहरुले किनेर समेत खोप लगाउन नपाएको अबस्थामा सर्बोच्चको अन्तरिम आदेशले राहत दिएको छ, रिट निवेदक अधिवक्ता लीलानाथ घिमिरेले भने, अब पत्रकार साथीहरुलाई खोप लगाएर ढुक्कले कार्यक्षेत्रमा खटिनसक्ने अबस्था सिर्जना हुनेछ। 

निशेधाज्ञाका बेला समेत नागरिकलाई फिल्डमै पुगी समाचार संकलन गरी सूसूचित गराउँदै आएका पत्रकारहरुलाई राज्यले कोभिडबिरुद्धको खोपमा प्राथमिकता नदिएको अबस्थामा न्यायालयले सरकारलाई खोप ब्यवस्था गर्न आदेश दिएको छ, अर्का रिट निबेदक अधिवक्ता बिष्णु गिरी निश्चलले भने, यो सम्पूर्ण पत्रकारहरुका लागि महत्वपूर्ण उपलब्धि हो। 

सरकारले खोप लगाउन शुरु गरेका बेला पत्रकारहरुलाई जोखिमयुक्त समुहमा राखेर खोप लगाउने ब्यवस्था गरेको थियो। अहिले भने पत्रकारहरुलाई उक्त समुहबाट हटाइ खोपमा प्राथमिकता दिएको छैन । 

देशभरका धैरै पत्रकारले एक मात्रा पनि खोप लगाउन पाएका छैनन् । अग्रपंतिमा रहेर समाचार संकलनमा खटिने पत्रकारलाई प्राथमिकता दिएर खोप लगाइनु पर्ने माग गर्दै पत्रकार महासंघले स्वास्थ्यमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई भेटेर पत्रकारहरुलाई खोप लगाउने ब्यवस्था मिलाउन अनुरोध गरेका थिए।

रिट निवेदनमा सरकारले सांसदहरु, विभिन्न दलका नेता, स्थानीयतहका पदाधिकारी, बैंकका कर्मचारीहरु, कानून ब्यवसायी, बैंकका कर्मचारीहरुले प्राथमिकतामा खोप लगाउन पाएको यस्तो महामारीको बेला तिनै सांसदहरुको समाचार संकलन गर्न भिडभाडमा जानै पर्ने बाद्यता भएका पत्रकारलाई भने सरकारले विभेद गरेर खोपमा प्राथमिकता नदिएकोले अदालतमा निवेदन लिएर आउनु पर्ने अबस्था आएको उल्लेख छ । 

जोखिममा रहेका पत्रकारहरुको ज्यानको सुरक्षा गर्नु सरकारको दायित्व हो भन्दै रिट निवेदनमा अग्रपंक्तिमा खटिएर समाचार संकलन गरी सम्पूर्ण नागरिकलाई सुसूचित गराउन खटिएका पत्रकारलाई खोप लगाउन राज्यले प्राथमिकता दिनु पर्ने उल्लेख छ। बजारमा शुल्क तिरेर खोप लगाउन सक्ने अबस्था समेत नरहेकाले राज्यले ब्यवस्था मिलाउनु पर्ने निवेदकहरुको जिकिर छ। 
सरकार स्वयंले प्राथमिकतामा राखेको र नेपालको संविधानले प्रधान गरेका हकहरुको कार्यान्वयनमा आमनागरिकलाई सघाउन सक्रिय मुलुकभरका करिव १२ हजार पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने ब्यवस्था मिलाउन विपक्षीहरुका नाउँमा उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउन रिट निवेदनमा माग गरिएको छ । 


 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता  आइतबार, जेठ ३, २०८३
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण शुक्रबार, जेठ १, २०८३
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्