Top Navigation
  • Contact
Main Navigation
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल
गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री दाहाल गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ३०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उाले यो निकै ठूलो उपलब्धि हो भनेको हो।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उनले भने।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरिएको बताए।

“धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उनले भने, “यो एउटा ऐतिहासिक काम भएको छ। अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ। आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ।”

संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उनले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए। सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए।

गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उनले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गरे। “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उनले भने ।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताए।

सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उनले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:०३
##nrna #pushpakamaldahal
प्रतिक्रिया दिनुहोस्
थप समाज
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्