Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जाजरकोट र पश्चिम रुकुम भूकम्पमा ज्यान गुमाउनेहरुमा महिला र बालबालिकाको संख्या धेरै
जाजरकोट र पश्चिम रुकुम भूकम्पमा ज्यान गुमाउनेहरुमा महिला र बालबालिकाको संख्या धेरै
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक १९, २०८०

काठमाडौं । नेपालको सुदुरपश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पले आइतवार विहान ७ बजेको समाचारसम्म १ सय ५७ जनाले ज्यान गुमाएको छ। ३७५ घाइते भएको छ।  शुक्रबार मध्यराति,  मस्त निद्रामा रहेको बेला भूकम्पले देशैभर कम्पन उत्पन्न गराएपनि ठूलो धनजनको क्षति जाजरकोट र पश्चिम  रुकुममा भएका छन्। 

सामान्यतः मस्त निद्रामा पर्ने समयमा भूकम्प जाँदा भूकम्पको केन्द्र बिन्दु रहेको जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा भूकम्पले ठूलो मानवीय क्षति पुर्‍यायो । भूकम्पमा परि अहिलेसम्म डेढ सय भन्दाबढीको ज्यान गैसकेको छ। ज्यान गुमाउनेहरुमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ । मध्यराति भएकाले भूकम्पलगत्तै उद्धार तथा खोजी कार्य हुन नसक्दा पनि भग्नावशेषमा च्यापिएर धेरैले ज्यान गुमाउनु परेको अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारकोटे गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको उद्धारमा पुगेका सुरक्षाकर्मीहरुले बताएका छन् । अन्य गाउँपालिकाहरुमा पनि अधिकांश संरचना भत्किएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी गर्दा केहीलाई जिवितै उद्धार गर्न सफल भएका छन् । भूकम्पबाट भएका मानवीय क्षतिमा केही घटना हृदयविदारक समेत रहेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा एकै परिवारका २७ जनाको मृत्यु भएको छ । यस्तै, जाजरकोटकै नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह ठकुरीको समेत मृत्यु भएको छ । सरकारले उज्यालो हुनेवित्तिकै उद्धार तथा खोजीका लागि युद्धस्तरमा काम अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं बिहान नै जाजरकोट पुगेर क्षतिको प्रत्यक्ष विवरण लिनुभयो भने सुरक्षा संयन्त्रहरुको समेत आकस्मिक बैठक समेत बस्यो । भुकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा च्यापिएकाहरुको खोजी र घाइतेहरुको उद्धार तथा उपचारमा कमी आउन नदिन सबै संयन्त्र परिचालन गरिएका छन्।

Jajarkot Earthquake 51699149059.jpg

सरकारले भूकम्पका घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ भने कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। नेपाल वायुसेवा निगमका विमानहरुलाई अन्यत्रका उडान रोकेर चौरजहारी केन्द्रीत गरिएको छ । यसैगरी भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । गम्भीर घाइतेहरुलाई नेपाली सेनाले हेलिकप्टरबाट राजधानीका अस्पतालमा समेत ल्याईरहेको छ । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाहरुमा पाँच दिनका लागि मोबाइल र एसएमएस सेवा निःशुल्क गरेको छ ।

भूकम्पलगायतका प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा हुँदैनन् । यस्ता विपत्तिहरु आईसकेपछि हतास हुने भन्दा सामना गर्दै बेपत्ताहरुको खोजी, उद्धार, उपचार र पुनस्थापनालाई व्यवस्थित बनाउनु जरुरी हुन्छ । भूकम्प पिडितहरुको राहत तथा सहयोगका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थाले करोडौको सहयोग घोषणा गरेको छ। त्यसरी घोषणा गरिएका सहयोग राहत तुरुन्त भुकम्प प्रभावित क्षेत्रमा पुग्न अत्यन्त आवश्यक छ।

Jajarkot Earthquake 01699149197.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा बिहीबार, असार ३२, २०८३
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्