Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नोबल नेपाली साहित्यकार विक्रम भक्त जोशीको निकथा यात्रा
नोबल नेपाली साहित्यकार विक्रम भक्त जोशीको निकथा यात्रा
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक १९, २०८०

–श्याम स्मृत
ललितपुर । हिँड्दै गर्दा लड्खडाउँदै हिँडिरहेका मानिस भेटिएलान्, भत्किएका सडकका खाल्डाखुल्डीमा हल्लिँदै कुदिरहेका गाडी भेटिएलान्, साँझपख आ–आफ्ना गुँडतिर फर्किँदै गरेका चराचुरुङ्गी भेटिएलान्।

तर, हिँड्दै गर्दा देखिने र भेटिने ती सामान्य लाग्ने परिवेशमा कथा देख्छन् उनी, कथा भेट्छन् उनी । उनी अर्थात् बिक्रम भक्त जोशी।

Page No.1-लोकार्पणका बेला बुक साइन गर्दै1699152702.jpgपेशाले सिभिल इन्जिनियर उनी लामो समय बैंकिङ्ग सेवामा पनि लागे । आइटीमा पनि दखलता हासिल गरे। तर, पैसा र पदले मात्र मनको शान्ति पाइँदो रहेनछ र त उनी विभागीय प्रमुखको पद त्यागेर अवकाश हुन केही वर्ष बाँकी छँदै स्वेच्छिक अवकाश लिएर साहित्य–संसारमा फराल्न पुगे। उनी लेख्छन्, मज्जैले लेख्छन्, आफ्नै मौलिक शैलीमा लेख्छन्। 

यात्राका दौरान भेटिएका कथालाई पानामा उतार्छन् र तिनलाई उनी ’निकथा’ भन्ने गर्छन्, जुन उनका अनुसार नियात्रा, निबन्ध र कथाको त्रिवेणी हो! एउटा छुट्टै विधा, जुन उनले प्रयोगमा ल्याए उनको पहिलो पुस्तक ’चोभार ब्लुज’ मा।

उमेरले हाफ सेन्चुरी पार गरिसकेपछि पाको उमेरमा साहित्य क्षेत्रमा पसेका भएतापनि उनको साहित्यप्रतिको अभिरुचि बाल्यकालदेखिकै हो। तर अभिरुचि हुँदाहुँदै पनि उनी तिनलाई दबाउँदै अघि बढे। तब न उनी प्राविधिक पाटामा भन्दा प्राकृतिक छटामा रमाउने भए। अङ्कमा भन्दा अक्षरमा रम्ने भए।

कोर्सका पुस्तकका पानाहरुका बीच बीचमा साहित्यिक पुस्तकका पानामा हराउने भए। सामाजिक प्रतिष्ठा र पारिवारिक दायित्वले डोर्याएर उनलाई इन्जिनियर र बैंकर त बनायो तर अतृप्त मनको आवाज यति बुलन्द बनिदियो कि आखिरकार जीवनको उत्तरार्धमा उनलाई साहित्यकार बनाइछाड्यो।

यो उनको प्रारब्ध भनुँ या दृढनिश्चय! जे होस्, यही कारण नेपाली साहित्य जगतमा एउटा आसलाग्दा सर्जकले भने प्रवेश पायो।

Page No.1-Bikram Bhakat Joshi 11699152671.jpg

Page No.1-बेखामान र राक्षस कभर1699152681.jpg

वि.सं. २०२४ मा पिता प्रभु भक्त जोशी र माता छोरीनानी जोशीका कोखबाट जन्मिएका विक्रम भक्त जोशीले आफ्नो प्रारम्भिक शिक्षा ललितपुरको मानभवन स्थित आदर्श विद्या मन्दिर विद्यालय तथा काठमाडौं लैनचौर स्थित अमृत साइन्स कलेजबाट प्राप्त गरे।

छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ् पढ्न भारत जाँदै गर्दा उनको उमेरले १९ औं खुड्किलो टेक्दै थियो। सिभिल इन्जिनियर बनेर फर्केपछि छोटो समय सडक विभाग र मेलम्ची खानेपानीमा सरकारी कर्मचारी भई काम गरेका उनी व्यवस्थापनमा स्नातकोत्तर गरेपछि झण्डै २० वर्ष भने एनआईडिसीमा काम गरे।

एआईडिसी संस्थानका रुपमा स्थापित त्यस संस्था पछि बैंकमा रुपान्तरित हुँदा ऊ आफैपनि बैंंकरमा रुपान्तरित भए। तर, यो रुपान्तरणले उनलाई अर्को रुपान्तरणका लागि तयार बनायो, जब यस संस्थाले उनलाई स्वेच्छिक अवकाशको मौका दियो।

बस्, उनी एक आसलाग्दा साहित्यकारमा रुपान्तरण हुने क्रम यहीँबाट शुरु भयो। र, हामी देख्न सक्छौं कि यो क्रम जारी छ। जब हामी देख्छौं अनि सुन्छौं उनका लेखनका चर्चा, उनको पुस्तकको चर्चा, जुन लोभलाग्दो छ।

Page No.1-चोभार ब्लुज लोकार्पण1699152677.jpg

विसं. २०७९ मा प्रकाशित उनको निकथा सङ्ग्रह ’चोभार ब्लुज’ले सोही वर्षको साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको अन्तिम तीनको सूचीमा आफ्नो नाम दर्ज गर्न सफल भयो। पुस्तक वार्ता, समीक्षा र समालोचनाहरुमा सकारात्मक प्रतिक्रिया ओइरियो।

एउटा डेब्यू राइटरका लागि यो भन्दा सुखद क्षण अरु के होला र ? जब लेखकलाई आफ्नो लेखकीय गुणवत्ताको बोध हुन्छ, पाठकद्वारा स्विकारिएको बोध हुन्छ, उनका लागि यो भन्दा सुखद अनुभूति अरु के होला र?

Page No.1-Bikrama Bhakat Joshi 31699152675.JPG

यसरी ’चोभार ब्लुज’ले उनलाई जसरी व्यापक चर्चा दिलायो, त्यसरी नैं यसै वर्ष प्रकाशित उनको बालचित्रकथा ’बेखामान र राक्षस’ले उनलाई बालसाहित्यमा समेत परिचय दिलाउन मद्दत पुर्यायो। यस अर्थमा साहित्य क्षेत्रमा प्रवेश गरेको ५–६ वर्षभित्र प्रौढसाहित्य र बालसाहित्यमा आफ्नो सबल उपस्थिति जनाउन सक्नु उनको सफल र सुखद प्रवेशको द्योतक हो भन्न सकिन्छ।

तब न भन्न सकिन्छ कि उनी अवकाशपछि गर्जगुमानविहीन गतिशील छन्। ऊ भन्छ, ’म  जिन्दगीको दोश्रो इनिङ खेल्दैछु’। हो, उनी एक उत्कृष्ट खेल खेल्दैछन्। आफूलाई परिष्कृत गर्दैछन्।

आफ्ना साहित्यका पाटोलाई निखार्न कुनै कसर बाँकी राखेका छैनन्। त्यसैले त प्राविधिक र व्यवस्थापन ब्याकग्राउन्डबाट आएका उनी साहित्यका नौला नजानेका आयाम खोज्ने सिलसिलामा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्न पुगे।

विभिन्न साहित्यिक कार्यक्रमहरुमा उपस्थिति जनाएर नेपाली साहित्यको वर्तमान अवस्थितिलाई पर्गेल्ने मेसो चलाए। अग्रज साहित्यकारहरुसँगको सामीप्यमा सुन्दर लेखनका ’टिप्स् एण्ड ट्रिक्स’ सिक्ने अवसर देखे। साँच्चै पनि जीवनको उत्तरार्धमा देखिएको उनको साहित्यप्रतिको लगाव र लगन लाजबाब छ।

यस्तोमा यो लाग्नु स्वाभाविक हो नि, कि उनको लगाव र लगनले उचित न्याय पाओस्। उनको नौलो कथा भन्ने तरीकालाई सबैले सराओस्। यात्राका यथार्थवादी भ्रमण र स्वैरकल्पना अनि मिथकका अतियथार्थवादी चित्रण बीच स्निग्ध तारतम्य मिलाउँदै बनेको ’निकथा’रुपी नवविधालाई नेपाली साहित्यजगतले स्विकारोस्।

यस्तोमा यो लाग्नु स्वाभाविक हो... यही कि उनको लगाव र लगनले उचित न्याय पाओस्। नामी साप्ताहिक परिवारका तर्फबाट हार्दिक शुभकामना !

Page No.7-Prakash Sayami1699152704.jpg

बिक्रम भक्त जोशी-मनदेखि मनसम्म गरिने अन्तरमनको यात्रा

मान्छेको जीवनमा चाल र लेखनको रफ्तार एउटै हुन सक्तैन तर लेखनले जीवनको गति खोजिरहन्छ। जब जीवन गतिशील हुन्छ त्यसले लेखनमा अरु स्वाद थप्छ। जस्तो पानी हुन्छ, पानीको रंगजस्तै यात्रा हुन्छ।

जस्तो घाम हुन्छ, घाम जस्तै तातो र मिठासपूर्ण सारथि हुन्छ। ई सबै कुरा सृजनधर्मी बिक्रम भक्त जोशीको लेखनमा पर्याप्त पाइन्छ। यदि उनका गतिज-लेखन पानामा नपोखिँदो हो त यति धेरै यात्रा उन्मादमै सकिन्थ्यो वा गुम्सिन्थ्यो।

यात्रा त दुई किसिमका हुन्छन्, पाइला पाइलाको यात्रा अनि मनदेखि मनसम्म गरिने अन्तरमनको यात्रा। ई दुवै यात्राका साक्षी हुन्, बिक्रम भक्त जोशी।

उनले साहित्यमा निकथा जस्तो नयाँ विषय ल्याए जसमार्फत् उनले घुमेका, भोगेका अनि भोगेर पाएका ती स्वीकृतिलाई कागजमा उतारेका छन्, ’चोभार ब्लुज’मा। ’चोभार ब्लुज’ नेपाली साहित्य र रचनाको एक महत्वपूर्ण कृति हो । सौभाग्यवश हामी यस कृतिको प्रकाशनका वेलाका साक्षी पनि रह्यौँ, साक्ष्य पनि भयौँ।

यो कृति प्रकाशनपछि साहित्यिक जगतमा आएको एउटा रोमान्सेली हलचलका निम्ति प्रिय लेखक बिक्रम भक्तलाई उनको सशक्त कलमका कारण नेपाली पाठकले सदैव सम्झनेछ। बधाई, प्रिय लेखक बिक्रम भक्तलाई अनि उनको कृति ’चोभार ब्लुज’लाई...
–प्रकाश सायमी
  (शव्दकर्मी)
गोंधुली संसार
भैंसेपाटी, ललितपुर।

नामी साप्ताहिक वाट साभार
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप समाज
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा बिहीबार, असार ३२, २०८३
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्