काठमाडौं। स्तन क्यान्सरवाट पिडित गीतकार तथा साहित्यकार अनु शाहको कविता सङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ।
अनु शाहकी श्रीमान सूर्य चन्दले क्यान्सर पिडित साहित्यकार श्रीमतीलाई अझ हौसला दिनका लागि थाहै नदिइकनै कविता सङ्ग्रह ‘अनुराग’ तयार पारेर लोकार्पण गराएको हो।
अमेरिकामा रहेकी साहित्यकार श्रीमतीलाई नेपाल बोलाएर नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातवाट विमोचन गराएर सरप्राइज दिने कार्य चन्दवाट भएको छ।

भारी कलाकार तथा साहित्यकारहरुको भेलामा आयोजित लोकार्पण समारोहमा सूर्य चन्दले क्यान्सरसँग लडनका लागि अनुलाई यो पुस्तकले थप हौसला मिलेको खुलासा गरेका छन्।
लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ शव्दकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गरेका थिए। ओलीले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाउंदै आत्मबल तथा आत्म विश्वासलाई दरिलो बनाउन सुझाव दिए।
आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उनले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताए।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १८:५६