Top Navigation
Main Navigation
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’
भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, कात्तिक २०, २०८०

जानकी, बाँके । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ। अचानक घर हल्लायो। सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो। हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो। रुवाबासी मच्चियो। माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ। आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाए भेरी नगरपालिका-१ जाजरकोटकी यमुना रावलले।

छब्बीस वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उनको तीन जना परिवार। भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो। जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो।

भाग्न नपाउँदै घरले उनको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो। उनले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाए, ‘‘हामी भाग्नै पाएनौं। म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो।’’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गरेकी यमुनाले श्रीमानको दाँहिने कोखामा काठले चोट लागेको बताए। भूकम्पमा परेर उनको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ।

यमुना विस्तारै हिँडडुल गर्न सक्छिन् भने उनको श्रीमानलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेको छ। एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै। नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताए।

Nepal Oil Corporation

उनी भन्छन्, “अस्पतालसम्म श्रीमानलाई ल्याएर उपचार गराउन पाएकोमा उनलाई केही हलुको भएको छ। अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ।” छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमानको उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउँछन्। उनी बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिन्छ।

नलगाड नगरपालिका-१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ। भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उनका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ। “भूकम्प जाँदा होश नै भएन। बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो। अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ”, उनी भन्छन्।

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्छन् यादव। सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहेका यादवले उपचारमा खटिएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ।

‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं। एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो। मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ। तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’’ यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाए।

यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उनीहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन्। यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा छन्। ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ।

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेको थियो। आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाए। “हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ। यही आइतबार फर्कने हाम्रो तयारी थियो। तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो”, सुवर्णाले रुँदै पीडा पनि सुनाए।

उनका एक छोरी र एक छोरी छन्। सपरिवार नै दसैँ मनाउन जाजरकोट गएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उनले बताए। “चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ। भगवानसँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्रार्थना गरिरहेको छु। भाग्यले उनलाई बचाएको छ। अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ”, सुवर्णाले छोरीको मायमा रुँदै भने।

चन्दा शाह पनि भूकम्पमा परी घाइते भएका श्रीमान् चाँडै नै निको हुने आशामा छन्। भेरी नगरपालिका-३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाँहिने खुट्टा भाँचिएको छ। विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुग्नुभएको पहिलो बिरामी छन्।

परिवारबाट १० वर्षदेखि अलग बस्दै आएका कार्कीलाई उनकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पु¥याएको थियो । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमानको रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ। “भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ”, श्रीमती चन्दाले रुँदै भनिन्।

विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आएको थियो भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गथर्यो। आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ। अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे बाह्र बजेसम्म थप ६ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ। उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उनले जानकारी दिए।

प्रजिअ पोखरेलले हिजो शुक्रबार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधिहरु रुकुमको चौरझारीमा पठाइसकेको पनि बताए। भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा १ सय पाँच ५ वटा शय्या तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ। पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ। हेलिकप्टरबाट आउने बिरामीका लागि राझा बिमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई/दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ।

बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ। अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भूइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए। जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:०३
##earthquake #jajarkote #rukum
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्