Top Navigation
Main Navigation
आइतबार, असार २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : एकीकृत समाजवादीका नेता आले
सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : एकीकृत समाजवादीका नेता आले
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २५, २०८०
नेकपा (एकीकृत समाजवादी)का नेता, सांसद प्रेमबहादुरआले

काठमाडौँ । सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेको छ। गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्छन्।

सांसद आलेसँगकाे कुराकानीका क्रममा नेकपा (एकीकृत समाजवादी)का नेता सांसद आलेले निर्वाचन यताका आफूले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको स्वीकार्छन्।

“सत्तापक्षकै सांसदको हैसियतले बोलिरहँदा म पछिल्लो एक वर्षको कार्यकालबाट खासै सन्तुष्ट छैन। जनता पनि खुसी छैनन्। चुनावयता मैले मुख्यगरी दुईवटा विषय उठाएको थिए। तर ती पूरा भएनन्”, सांसद आलेले भने, “तर मलाई विश्वास छ, मैले उठाएका यी दुई मुद्दा पाँच वर्षभित्र पूरा हुने छन्।”

सांसद आलेले आफूले निर्वाचनका क्रममा पश्चिम सेती नदीमा तटबन्ध निर्माण गर्ने र धनगढी–दीपायल–बझाङ–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने वाचा आफ्ना मतदातासँग गरेको उल्लेख गरे। यी दुवै आयोजनाका लागि आफूले पहल गरेको भए पनि उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ।

Nepal Oil Corporation

नेपाल, भारत र चीन जोड्ने सडकका रुपमा दीपायल-चैनपुर-ताक्लाकोट सडक बनाउन सके नेपाली सीमाबाट कैलाश मानसरोवर करिब ७० किलोमिटर मात्रै टाढा पर्ने भएकाले यो सडक आयोजना निकै महत्वपूर्ण रहेको सांसद आले बताउँछन्। यी दुई आयोजनाका लागि बजेट छुट्याइदिन आफूले अर्थमन्त्रीसँग आग्रह गरेको भए पनि वार्षिक बजेटमा नपरेको उनको गुनासो छ।

सांसद आले यसअघि २०७० सालमा डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य र २०७४ सालको निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएको थियो।

हक्की स्वभाव र स्पष्ट धारणा राख्ने सांसदका रुपमा चिनिने आले संसद्को प्रभावकारिताका लागि सरकार, प्रतिपक्षसँगै कर्मचारी संयन्त्रको पनि ठूलो भूमिका रहने बताउँछन्। त्यस्तै, चाँडो–चाँडो सरकार र मन्त्री फेरिने अवस्थाले पनि प्रस्तावित कानुन निर्माणमा ढिलाइ भएको उनको बुझाइ छ।

“विधेयक बनाउन कर्मचारी र सम्बन्धित मन्त्रालयको मन्त्री सक्रिय हुनुपर्छ। तर राष्ट्रसेवक कर्मचारीले समयमा विधेयक नबनाउँदा ढिलाइ हुने गरेको छ”, आले भन्छन्, “मन्त्रिमण्डल चाँडो-चाँडो फेरिरहँदा पनि विधेयक आउन सकेका छैनन्। एउटा मन्त्रीले काम अघि बढाएको हुन्छ। अर्को मन्त्री आएपछि त्यसमा फेरि समय लाग्छ। त्यो समस्या मैले देखेको छु। उदाहरणका लागि निजामती कर्मचारी विधेयकलाई लिन सक्छौँ।”

त्यस्तै, संसद्का गतिविधिलाई प्रभावकारी र नतिजामुखी बनाउन सरकार र प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सांसद आले बताउँछन्। “कतिपय कुरामा सरकार पनि चुकेको छ। सरकार चुकेपछि प्रतिपक्षबाट अवरोध हुने नै भयो। संसदीय व्यवस्थामा त्यसलाई अन्यथा मान्न हुँदैन”, उनी भन्छन्, “प्रमुख प्रतिपक्ष ‘वेटिङ गभर्मेन्ट’ हो। त्यसकारण विरोध प्रतिपक्षको धर्म नै हो। तर सबै कुरा अवरोध गरेर मात्रै पनि पूरा हुँदैन। कतिपय कुराहरु वार्ताबाट पनि समाधान गर्नुपर्छ।”

सत्तापक्ष र प्रतिपक्षबीच वार्ता र समन्वयको वातावरण बनाउन सक्ने व्यक्ति पनि आवश्यक हुने उनको बुझाइ छ। स्व सुवास नेम्वाङले विगतका वर्षहरुमा त्यस्तो भूमिका निर्वाह गर्ने गरेको स्मरण गर्दै सांसद आलेले अबका दिनमा त्यो अभाव खड्किने देखिएको बताए।

नागरिकका जनजीविकासँग जोडिएका निकै कम विषय मात्र संसद्मा उठ्ने गरेको र संसद्मा प्रवेश पाएका विषयको कार्यान्वयनको प्रभावकारितामा पनि प्रश्न उठ्ने गरेको छ । सांसद आले पनि यसमा सहमत छन्।

“दुर्गम जिल्लामा हवाई सेवा नहुँदा नागरिकले सास्ती पाएकोबारे संसद्मा कुरा उठेपछि म पर्यटनमन्त्री हुँदा धेरैवटा जिल्लामा नेपाल वायुसेवा निगमको सानो जहाज उडान गर्ने व्यवस्था गरेको थिए। हुम्ला, जुम्ला, कालीकोट, अछाम, बाजुरा, डोटीलगायतका जिल्लामा वायुसेवा निगमको ट्विनअटर जहाज जान्थ्यो। तर म मन्त्रीबाट हटेपछि जहाज पनि रोकियो”, उनले भने, “जनताको करबाट किनेको जहाज जनताकै लागि प्रयोग गर्नुपर्छ भनेर पटक-पटक भनेको छु। त्यस्तै दसैँ, तिहारको समयमा खाद्यलगायत उपभोग्य वस्तुमा अचाक्ली मूल्यवृद्धि भएका विषय संसद्मा उठेका छन्।”

संसदीय समितिले पनि आ–आफ्नो जिम्मेवारी गम्भीर भएर निभाउनुपर्ने उनको सुझाव छ। आफू सदस्य रहेको सार्वजनिक लेखा समितिले थुप्रै आर्थिक अनियमितताका कुराको अध्ययन गरेर दोषीलाई कानुनी कठघरामा ल्याउने काम पनि गरेको आले बताउँछन्।

“वैज्ञानिक वन व्यवस्थापनको नाममा जङ्गल मासिँदै थियो। त्यसबारे लेखा समितिले अध्ययन गरेर त्यो कार्यक्रम नै रोक्न निर्देशन दियो। म वन तथा वातावरणमन्त्री भएको बेला नै मैले वैज्ञानिक वन खारेजको प्रस्ताव मन्त्रिपरिषद्मा लगेर निर्णय गराए”, उनी भन्छन्, “अहिले पनि डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विद्युत् महसुलको विषय, चुरे क्षेत्र उत्खनन गरेर ढुङ्गा, गिट्टी निकासी गर्नेलगायतका विषय समितिमा आएका छन्। भष्ट्राचारका मुद्दा हामीले उठाइरहेका छौँ। समिति सक्रिय छ। संसदीय समितिमार्फत काम भएका छन्। नभएका होइनन्।”

अहिले देश आर्थिकमन्दीको अवस्थामा छ। यस्तो जटिल अवस्थामा पनि केही राजनीतिज्ञ र उद्योगी-व्यवसायीको मिलेमतोमा राज्य सम्पत्तिको दुरुपयोग तथा कानुनविपरीतका काम भइरहेको सांसद आले बताउँछन्। डेडिकेटेड ट्रङ्कलाइनको मात्र करिब रू २० अर्ब महसुल बक्यौता राज्यले उठाउन नसकेको उल्लेख गर्दै आलेले निजी क्षेत्रका छाता सङ्गठनले पनि राष्ट्रको हितमा काम गर्नुको साटो विचौलियाको काम गरिरहेको आरोप लगाए।

“केही नेता र उद्योगी व्यवसायी मिलेर राज्य शक्तिको दुरुपयोग गर्ने तथा उद्योगी व्यवसायीले विचौलियाको काम गर्ने हाम्रो देशका लागि दुर्भाग्य हो। राज्यले आफ्नो कर असुल गर्नैपर्छ। अझै पनि यो विषयमा राजनीतिक दल, तिनका नेता र राज्य संयन्त्र गम्भीर हुन जरुरी छ”, आलेले भने।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:२९
##PremBahadurAle
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ :  नगर प्रमुख श्रेष्ठ
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ शनिबार, असार २८, २०८२
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा शनिबार, असार २१, २०८२
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण शनिबार, असार ७, २०८२
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत शनिबार, असार ७, २०८२
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्