Top Navigation
Main Navigation
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मेरो सुष्मा दिज्यू र त्यो भाइटीका..
मेरो सुष्मा दिज्यू र त्यो भाइटीका.. कथा
श्याम स्मृत
श्याम स्मृत बुधबार, कात्तिक २९, २०८०

कपाल काट्नका लागि म शैलुनमा बसिरहेको थिएँ। शायद त्यो दिन तिहारको भाइटीकाको दिन थियो। मलाई त्यसदिन भाइटीका भनेर थाहा पनि थिएन। गाउँठाउँ थियो। नोकरीको सिलसिलामा पूर्वी नेपालको भोजपुरमा थिएँ।

भर्खर-भर्खर खुलेका शैलुनमा अलि भीडभाड नै थियो। भारतीय दाजुभाइको त्यो शैलुनमा हैकम थियो। भीड भएको कारण शैलुनका भैंयाले "सर एकछिन पर्खनुस् है! म झट्ट गरेर चट्ट तपाईको हेअर स्टाइल बनाइहाल्छु" भन्दै थियो!

म पनि मख्खै परेको थिएँ-"मखमली फूल जस्तै"। सवैतिर तिहारको रमझम अनि भाइटीकाको माहोल। म भने, विरानो गाउँठाउँमा घर जान नपाएर घर सम्झेर शैलुनमा पालो कुरेर बसेको थिए। कपाल काट्ने भैंयाले "सरको पालो आयो" भनेपछि झसङ्ग भएँ। यथार्थमा आए। कपाल काट्ने सुरसार भयो। मेरो कपालमा भैंयाको कैची दगुरिसकेको थियो।

त्यो बेला शैलुनको पर्दा एकाएक कसैले खोलेको जस्तो आभाष भयो। म आफ्नै धुनमा थिएँ। एकाएक "ओई..श्याम भाइ ! मैले तिमीलाई कहाँ मात्र खोजिन, तिमी यहाँ पो रहेछौ" भन्दा म झसङ्ग भएँ।

उहाँ त यही पारिगाउँमा पोहोर मात्र विहे गरेर जानुभएकी दिदी मानेको सुष्मा दिदी पो रहिछे। "किन र दिज्यू?" भनेर मैले सोधे। उहाँले गाली गर्दै मलाई भन्नुभयो–"तिमी मलाई दिदी पनि भन्ने अनि बालै मतलव नगरिकन बाल कटाउन बसेको" भनेर फटाफट गाली पो गर्न थाल्नुभयो !

म पनि तीनछक्कै परेँ। दिदी त मानेको हो। तर, तिहारमा भाइटीका लाउने भन्ने हाम्रो कुरा नै भएको थिएन। म ट्वाल्ल परेर बसेको थिएँ। कपाल काट्ने भैंयाले पनि एकछिन कैँची चलाउन बन्द गरे।

त्यतिञ्जेल मेरी आमाले नजन्माएकी परदेशको गाउँठाउँमा जोडिएको भावनाको दिदीले फटाफट व्यागवाट पुष्टकारी निकालेर मेरो मुख खोल भन्दै खुवाउनु भयो र एक ट्याप टिका लगाइदिदै उहाँ "तेरो भिनाजु अलि सिकिस्त हुनुहुन्छ" भन्दै फटाफट हिँडिहाल्नुभयो।

म अलमलमा परिरहेँ। कपाल काट्ने भैंयाले अव कपाल काटौं है भनेर कैँची चलाउन थालेपछि मात्र झसङ्ग भएँ। पोहोर विराटनगरवाट सरुवा भएर भोजपुर आउने दिनमा चिनजान भएको सुष्मा दिज्यू ! उहाँसँग पहिलो भेटमा नै हामी एउटै आमाले जन्माएको छोराछोरी जस्तो घनिष्ठ बनेका थियौं। उहाँकै सहयोगमा भोजपुरमा बस्ने बन्दोबस्त भएको थियो।

केही महिना पश्चात उहाँको पारिगाउँमा विहे भयो। पछि कहिलेकाहीँ उहाँ माइत आउँदा मात्र हाम्रो भेट हुन्थ्यो। त्यो भाइटीकाको दिन पश्चात भोलिपल्ट सुष्मा दिज्यूलाई भेट्न उहाँको पारिगाउँमा पुगे। मेरो दूर्भाग्य !

उहाँ भिनाजुको उपचार गर्नको लागि भारत प्रस्थान गरिसक्नु भएको रहेछ। त्यसपछि, उहाँलाई चाहेर पनि भेट्न सकिएन! सोही बर्ष मेरो पनि भोजपुरवाट काठमाडौंमा पोष्टिङ्ग भयो।

इमेल-चिट्ठी केही नभएको कारण उहाँको थाहा पत्तो पाउन सकेको छैन्। तर पनि, हरेक बर्षको तिहारमा भाइटीकाको दिन मेरी सुष्मा दिज्यूलाई सम्झनुको वाहेक अरु कुनै विकल्प थिएन र छैन पनि। 

Flower Cultivation1699981328.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्