Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ७२ बर्षको उमेरमा जीपलाइन जम्प
७२ बर्षको उमेरमा जीपलाइन जम्प –हर्क साङपाङको नेपालभाषा प्रेम
श्याम स्मृत
श्याम स्मृत शनिबार, मंसिर ९, २०८०

–श्याम स्मृत
काठमाडौं। बाटोमा तपाई हामी हिँड्दै गर्दा लड्खडाउँदै हिँडिरहेका धेरै मानिस भेटिएलान्, भत्किएका सडकका खाल्डाखुल्डीमा हल्लिँदै कुदिरहेका गाडी भेटिएलान्, साँझपख आ–आफ्ना गुँडतिर फर्किँदै गरेका कयन चराचुरुङ्गी भेटिएलान्। तर, हिँड्दै गर्दा देखिने र भेटिने ती सामान्य मानिसभन्दा फरक मानिस उनी । उनी अर्थात् लक्ष्मीनारायण सुवाल।

प्राकृतिक उपचारक तथा सामाजिक सुधारक लक्ष्मीनारायण सुवालले ७२ बर्षको उमेरमा साहसिक खेल जीपलाइनमा जम्प गरेर नयाँ आयाम थपेका छन्। पूर्वी नेपालको सुनसरी स्थित इटहरीका गोकुलमा संचालनमा आएको डोरीमा झुन्डिएर वारिपारि हावामा जम्प गरेर हावासरी नै पारीसम्म साहसिक यात्रा गर्ने कार्य नै जीपलाइन हो। जीपलाइन गर्नुभनेको सामान्य कुरा अवश्य होइन्। भित्रैदेखि आँट तथा साहस अनि जोश भएन भने, वीच वाटोमा नै बेहोश हुने मात्र नभइकन कतिको ज्यान जाने संभावना पनि हुन्छ।

एक किसिमले यो खेल आँट भएका साहसीले खेल्ने खेल हो। धेरैले चढ्दो उमेरमा चढ्ने आँट गर्दैनन्। तर, लक्ष्मीनारायण सुवालले इटहरीमा जीपलाइन देखेपछि मन सम्हाल्न नै सकेनन्। भित्रैदेखि आँट निकालेर म जीपलाइनमा जम्प गर्छु भनेर आत्मबल निकालेर सवैलाई चकित पारेर यो बर्षको तिहारको भाइटिका सकेकै भोलिपल्ट जीपलाइन जम्प गरेका थिए। शरीरभरि डोरीले बाँधिएर मज्जाले हावासंग उड्ेर वारिवाट पारिपुग्ने मज्जाको खेल जीपलाइनमा जीपलाइन गरेपछि जीवनमा बेग्लै साहसिक अनुभव भएको प्रतिक्रिया सुवालले दिएका छन्।

यो बर्षको नेपालीहरुको महान पर्व दशैंको घटस्थापनाको दिनमा नै पूर्वी नेपालको धरान स्थित बीपी कोइराला मेमोरियल अस्पताल घोपा क्याम्पमा कार्यरत रहेका डाक्टर ज्वाई अशोक ऐर र छोरी डाक्टर प्रमिला सुवालको निम्तोमा धरानमा दशैं–तिहार तथा छठ पर्व मनाउन पुगेका सुवाल तथा उनको जीवन संगीनी रमा सुवालको लागि दशैं–तिहार तथा छठ पर्व अविस्मरणिय नै बन्न पुगेको छ। दशैंको घटस्थापना देखि टीकासम्म पनि छोरी–ज्वाई तथा नाति–नातिनासंग रमाउनु पाउंनुको गौरबता चानचुन अवश्य होइन्। 

Page No.1-Laxmi Narayan Suwal 111700910725.jpg

Page No.1-Laxmi Narayan Suwal 101700910724.jpg

निक्कै रमाइलो गरेर दशैं विताएका लक्ष्मीनारायण सुवालको लागि तिहार अझ फरक बन्यो। प्रलय अविस्मरणिय नै भयो। तिहारको गोबद्र्धन पूजाको दिन प्रत्येक बर्ष नेपाल संवत अनुसार नयाँ बर्ष मनाउने प्रचलन अनुसार नेपाल संवत नयाँ बर्ष ११४४ को अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईसंग मिलेर उत्सव मनाउन पाउनुको गौरबतालाई सुवालका लागि नौलो नै भयो।

मेयर हर्क साङपाङले आफूलाई पनि नेपालभाषा अर्थात नेवार भाषा आउने र आफूपनि नेवार परिवारसंग निकट भएको व्यक्ति भनेर सुवालसंग नेपालभाषामा छोटोमिठो कुरा गरेको त्यो पल पनि गजब्ब नै भएको सुवालको भनाई छ।

Page No.1-Laxmi Narayan Suwal 131700910726.jpg

त्यस्तै, नेपाल संवत नयाँ बर्ष ११४४ को अवसरमार धरानको नेवार समुदायले पहिलो पल्ट नेवारहरुले परापूर्वकालदेखि गर्दैआएको म्हपूजा अर्थात शरीर पूजाको आयोजना गरेको बृहत कार्यमा पनि विशेष अतिथिको रुपमा भाग लिएर घरभन्दा बाहिर पहिलोपल्ट सामुहिक म्हपूजाको अनुभव पनि सुवालको लागि अतुलनीय रह्यो। पहिलोपल्ट धरानमा म्हपूजा गरेका नेवार तथा गैरनेवारहरुलाई म्हपूजाको आवश्यकता तथा महत्वको बारेमा जानकारी दिने कार्य पनि सुवालवाट भएको थियो। जुन सुवालको लागि नौलो आयाम नै बन्न पुग्यो।
(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्