Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मुटरोग विशेषज्ञ डाक्टर स्मृति शाक्य गायनमा मनमगन
मुटरोग विशेषज्ञ डाक्टर स्मृति शाक्य गायनमा मनमगन
श्याम स्मृत
श्याम स्मृत बिहीबार, मंसिर २१, २०८०
Api Himal

–श्याम स्मृत
काठमाडौं। स्वस्थ जीवन नै सुखी जीवन हो। स्वास्थ्य नै धन हो, खुशी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊँ। लागिहालेमा समयमा नै उपचार गरौँ। जीवन बर्बाद हुनबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔँ। मानव जीवन अनमोल छ।

हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफैँ नै हो। व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुखसुविधा, स्वास्थ्यप्रति सजग सचेत नहुनुजस्ता थुप्रै कारणले मानिस विभिन्न रोगको शिकार भइरहेको खुलासा मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यले गरेकी छन्।

मनमोहन कार्डियोलोजिष्ट सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत डाक्टर शाक्य रोगको समयमा नै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद मात्र नगर्ने भइकन हाम्रो अज्ञानता, सानो हेलचेक्र्याइँ र लापरबाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने, र ज्यानै जानसक्ने अवस्था पनि आउन सक्छ भन्छिन्।

विभिन्न रोगमध्ये मुटु तथा रक्तनलीका रोग विश्वव्यापी रूपमा अधिकतम मृत्युदर बढाउने रोगमा पर्ने गरेको आफ्नो अध्ययन तथा प्राक्टिसवाट थाहा भएको र यो रोग नसर्ने रोगमध्येको रोग भएको जानकारी पनि डाक्टर शाक्यले दिएकी छन्।

Nepal Oil Corporation

डाक्टर शाक्यका अनुसार, मुटुरोग संसारको एउटा प्रमुख स्वास्थ्य समस्याका रूपमा स्थापित छ। सन् २०१९ को विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार विश्वका एक करोड ७९ लाख मानिसको यसैका कारण मृत्यु भएको देखिएको छ। जुन विश्वभरमा भएका सबै मृत्युको ३२ प्रतिशत हुनजान्छ।

यसमध्ये ८५ प्रतिशत हृदयघात र पक्षघातले गर्दा भएको देखिन्छ । कुनै समयमा विकसित देशमा पाइने रोग भनेर चिनिने यो रोग अहिलेको समयमा एउटा विश्वव्यापी स्वास्थ समस्या भइसकेको छ।

यस तथ्याङ्कमा करिब तीन चौथाइ जति मृत्युदर कम र मध्यम आय भएका देशमा देखिएका थिए। तसर्थ हाम्रोजस्तो अल्पविकसित देशमा पनि यो एउटा प्रमुख जनस्वास्थ समस्याका रूपमा प्रस्तुत छ।

आम नेपालीलाई प्रभावित बनाएको यस विषयमा तपाईं हामी सबैले ध्यान दिन जरुरी छ। यसका लागि सबैले हृदयघातबारे बुझ्न आवश्यक छ भनेर डाक्टर शाक्यले भनेकी छन्।

डाक्टर शाक्यले अगाडि भनिन्–सर्वप्रथम हृदयघात भन्नाले मुटुको धमनीमा रगत जम्ने र मुटुकै रक्तसञ्चारमा समस्या आउने रोग हो। जसलाई हामी सरल भाषामा ‘हर्ट एटेक’ भनेर भन्ने गरेका छौ। ‘हर्ट एटेक’ हुँदा बिरामीलाई अचानक छातीको बीचको भागमा दुख्ने, भारी भएको महसुस हुने र बढीजसो बायाँ हात र घाँटीतिर सर्नेजस्ता लक्षण देखिन सक्छ।

यससँगै बिरामीलाई वाकवाकी लाग्ने, पसिना आउनेजस्ता लक्षण पनि देखिन सक्छ। यसको लक्षण कहिलेकाहीँ पहिले नै देखिन सक्छ जस्तो हिँड्दाखेरी छाती भारी हुने तर एकछिन आराम गरेपछि हराउने गर्छ। कहिलेकाँही बिना लक्षण एकैचोटी ‘हर्ट एटेक’ हुनसक्छ। थाहै नपाई यो अवस्था आउन पनि सक्छ।

त्यसैगरी पक्षघात भनेको पनि रक्त नलीकै समस्या हो। जसमा मस्तिष्कमा रक्तसञ्चार गर्ने धमनीमा रगत जमेर वा नसा फुटेर मस्तिष्कको त्यस भागले काम गर्न छोड्छ। पक्षघात हुँदाचाहिँ अचानक शरीरको एक भाग नचल्ने अथवा कम चल्ने गर्छ, यो सँगै मुख बाङ्गिने, बेहोस् हुने, बोली लरबराउने वा हिँड्दा शरीरको गतिविधिमा असन्तुलन हुने गर्दछ।

यस्ता गम्भीर रोग गराउने धेरै कारण हुन्छन्। केही कारण परिमार्जन गर्न सकिन्छ भने केही कारण अपरिर्वतनीय हुन्छन्। यसका प्रमुख र महत्वपूर्ण कारक तनावमा बढीजसो हाम्रो जीवनशैली रहेको भेटिन्छ।

जीवनशैली भन्नाले विशेष गरी धूमपान, व्ययाममा कमी, अस्वस्थ खानेकुराको धेरै सेवन, समग्रमा निस्क्रिय जीवन शैलीले यस्ता रोगलाई बढावा दिने गरेको जानकारी पनि डाक्टर शाक्यले दिएकी छन्। मुटुरोग अर्थात कार्डियोलोजीको विषयमा विस्तृत जानकारी दिने उदेश्यले यस संवन्धमा निकट भविष्यमा किताव लेख्ने सोचमा रहेकी डाक्टर शाक्यको सानैदेखिको रुचि भनेको गीत-गायन तथा साहित्य लेखन हो।

लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेको बताउने डाक्टर शाक्यले केही फुर्सद भएको समयलाई उपयोग गरेर हालै तीनवटा गीत रेकर्ड गराएकी छन्।

त्यसमध्ये, अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन बोलको गीत संगीतज्ञ हरिशरण सायमीसंग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा डाक्टर शाक्य पुगिसकेकी छन्।

त्यस्तै, डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको केही मिठा कुरा गरौन, दुई कदम संगै हिंडौन, जिन्दगीको के भरोसा ? माया माया तिमी नै माया बोलको गीत गाएकी डाक्टर शाक्य यस गीतवाट पनि हिट हुनेक्रममा रहेकी छन्।

डाक्टर अजयक्रान्ति शाक्यकै शव्द तथा संगीत रहेको अर्को गी मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन बोलको मनछुने गीत गाइसकेकी डाक्टर शाक्यको यी दुई गीतको भिडियो चाँडै आउने भएको छ। 

स्कुल लाइफमा पनि सरस्वती भजन, राष्ट्रिय गीत तथा नेपालभाषाको गरेर तीनवटा गीत रेकर्ड गराएकी डाक्टर शाक्यमा गायनको बेग्लै क्वालिटी तथा समर्पण छ। जसको कारण डाक्टर शाक्यको गायनमा छुट्टै मिठासपन पाइन्छ।

सानैदेखि साहित्यमा पनि दख्खलता भएको कारण सानै उमेरमा साहित्य लेखनवाट साहित्य सम्मान पाएको पनि बताउने डाक्टर शाक्य अव चाँडै एक कविता संग्रहको किताव निकाल्ने तर्खरमा रहेकी छन्।

कार्डियोलोजिष्ट भएदेखि समाजलाई पनि आफूले सक्दो सेवा तथा योगदान दिन सोच अनुरुप विभिन्न संघ-संस्थाले गर्ने गरेको स्वास्थ्य शिविरहरुमा निःशुल्क डाक्टरी सेवा दिदैआएको जानकारी पनि डाक्टर शाक्यले दिएकी छन्। डाक्टरी पेशाको बिजी सेड्युयलको बाबजुद पनि फुर्सद हुनासाथ किताव पढ्ने, लेख्ने तथा गाउने रुचिको विषय हो भनेर डाक्टर शाक्यले भनेकी छन्।

रुचिको विषय गर्न आफूलाई कुनै समय नै नचाहिने र फुर्सद हुनासाथ गरिहाल्ने भएको कारण धेरै समय पश्चात तीनवटा गीत गाएर प्रकाशमा ल्याउंदा हजारौ हजारको तारिफ आउदा अझ प्रेरणा मिलेको पनि डाक्टर शाक्यले खुशी प्रकट गरेकी छन्।

डाक्टर शाक्यले खुशी बन्न खुशी दिन सक्नु पर्दछ, तब तपाई-हामी खुशी हुनसक्ने खुलासा पनि गरेकी छन्। स्वस्थ बन्न तनाब होइन, खुशी बन्नु पर्दछ भनेर पनि डाक्टर शाक्यले भनेकी छन्।

अनि याे पनि : 

नामी साप्ताहिक

(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्