Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द
नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ७, २०८०

नवलपुर । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन पहाडको भित्तो काट्नुपर्ने भएपछि आजबाट दैनिक ४ घण्टा सवारीसाधन बन्द गरिएको छ।

पहाडको भित्तो काटेर नसकिने बेलासम्म आजबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाडको भित्तो काट्ने काम सुरु गरिएको हो।

केही वर्ष अगाडि यस सडक विस्तार गरी फराकिलो बनाइए पनि पुराना पुल साँघुरो र जिर्ण हुँदा नयाँ फराकिला पुल निर्माणका लागि पहाडको भित्तो काट्न सुरु गरिएको हो।

भिर भएको ठाउँमा पुल बनाउनु पर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। सडक विस्तारका लागि भन्दै आजबाट चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिएका छन्।

सडक अवरुद्ध पारेर पहाड काट्ने काम गर्दा यात्रुहरु मर्कामा पर्ने गरेका भन्दै उनीहरुले वैकल्पिक सडक निर्माणका लागि जोड दिएका छन्। केही समय अगाडि पनि नयाँ पुल निर्माण गर्न भन्दै यस सडक एक महिनासम्म दैनिक ४ घण्टासम्म अवरुद्ध पारेर पहाड काट्ने काम गरिएको थियो। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो।

बाँकी ३५ मिटर सडक अब काट्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जनाएको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने गर्छन्। सडक अवरुद्ध पारेर पहाडको भित्तो काट्न सुरु गरेपछि सबैभन्दा बढी मर्कामा बिरामीहरु पर्ने गरेका छन्।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने बताइएको छ।

त्यस्तै पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारीसाधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ।

तीन हप्ताका लागि दैनिक ४ घण्टा सडक बन्द गरेर भित्तो काट्ने काम सुरु गरिएको हो।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २०:२१
##mugling #narayanghat #road
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्