Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लघुकथा : म
लघुकथा : म
उमेश रेग्मी
उमेश रेग्मी शनिबार, पुस २८, २०८०

आमाको राम्रो 'म' बाट शुरु भएको मेरो जिन्दगी मेरै वरिपरि मलाई नै परिभाषित गर्न खोज्दै दौडिरहेछ, निरन्तर मेरै तालमा मेरै वेगमा। आमाले मलाई राम्रो देखेपनि मलाई हरिलन्ठक भन्नेहरुको कमि थिएन मेरो शुरुवाती दिनहरुमा। बाबाले खै के देख्नुहुन्थ्यो म मा, मलाई संधै 'मेरो नाक' भन्नुहुन्थ्यो।

म उनको नाक कसरी भए भनेर सोच्दासोच्दै बिद्यालय पुग्थे जहाँ मेरा गुरु मेरो टाउकोमा गिदीको सट्टा गोबर भरिएको उदाहरण सबै सामु प्रस्तुत गर्थे। आमाको राम्रो म अनि बाबाको नाक तर गुरुले मलाई सिर्फ एउटा गोबरको डल्लो भन्दा बढी केहि पनि देखेनन्।

त्यहि गोबरको डल्लो पनि भुत्ले कपालले ढाकिएको अनि धारामा पानीको खडेरी पर्दा नुहाउन नपाई जुम्रा र लिखाहरुको सिंगो संसार बन्न पुग्थे। ति दिनहरुमा सबैको घृणा पात्र बन्न पुग्दा म विना टाउको नै किन नजन्मिएको होला भन्दै आफैलाई धिक्कार्न पुग्थे।

आमालाई संसारकै सबैभन्दा राम्रो लाग्ने अनुहार बोकेको मेरो टाउको म आफैलाई भारी लाग्न थालेको मेरो ति वालपनका दिनहरु प्राय अर्थहिन नै गुज्रिएका थिए भन्दा अत्युक्ति नहोला।

Nepal Oil Corporation

मनमा उर्लेका तरंगहरुमा अल्मलिदै आमा र बाबाको आशाको किरण म गुरुको अगाडि आइपुग्दासम्म सेलाई सकेको हुन्थे। यी तीन जनाको त्रिकोणमा एउटा कुनाबाट अर्को कुना ठक्कर खाँदाखाँदै कतिखेर वालपन सकिएछ पत्तै भएन।

वालपनबाट जवानी को खुड्किलो चढ्दा आफूलाई सिनेमाको 'हिरो' नठानेको होइन मैले पनि। त्यसैको फलस्वरूप होला तरुनीहरुको अघि पछि लाग्दै रत्तिभर पनि ज्ञान नभएका बिषयमा उपबुज्रुक भएर उफ्रिनु र राजनीतिको जोड घटाउमा आफूलाई माहिर बताउनु मेरो दिनचर्या बनेका थिए।

कलेजका कक्षाहरुमा उपस्थित नहुनु, तरुनीहरुको पछि-पछि शहरको परिक्रमा गर्नु, जिन्दाबाद र मुर्दाबादको नारामा ढुंगा बोक्दै निशाना हान्ने अभ्यास गर्नु अनि चुरोटको धुवाँमा बा, आमाका सपनाहरु उडाई दिनु शायद त्यहि गोबरको डल्लोको नै उपलब्धि हुनसक्छ। गुरुले दिएको गोबरको डल्लोको संज्ञा मेरो जवानी कालसम्म पनि म सँगै साथसाथ हिडिरहेको थियो। अनि यसै साथ हिडिरहेको थियो मेरो गजबका विचारहरु र योजनाहरु।

बा ले ठूलो मान्छे बन्नु पर्छ भनेको कुरालाई चरितार्थ गर्न म दिनहुँ योजना बनाउने गर्थे अनि दिनहुँ उनलाई सम्झन्थे। आमालाई राम्रो भए पुग्ने तर बालाई नाक राख्ने हुनु जरुरि थियो। आमा, बा को चपेटामा पर्दा, म राम्रो बन्ने धुनमा घन्टौ ऐना अगाडी उभिन्थे भने ठुलो बन्ने शुरमा अनेक थरि उटपट्याङ्ग्ग कुरा गर्न पुग्थे।

आजभोलि राजनीति पनि उटपट्याङ्ग्ग नै लाग्छ मलाई। त्यसैले त्यही गर्दैछु। प्रधानमन्त्री बन्ने योजना छ। पढ्न पनि नपर्ने, टाउकोमा जे भरिएको भएपनि फरक नपर्ने अनि ठूलो मान्छे पनि भइने। ढिलै भएपनि बाको नाक राख्न पाइने वातावरण बनेको छ।

आमाको राम्रो छोरो म ठूलो मान्छे बन्ने बाटोमा हिड्दै छु। गुरुले संज्ञा दिएको गोबरको डल्लो अहिले सिङ्गै देशमा राज गर्ने राजनीतिज्ञ बन्ने तरखर गर्दैछ। धेरै चोटी नराम्रो 'म' भए पनि, अब राम्रो 'म' बन्दैछु।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:५९
##umeshregmi
प्रतिक्रिया दिनुहोस्
थप समाज
सङ्ग्रहालयका बारेमा  जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल
सङ्ग्रहालयका बारेमा जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सोमबार, असार २३, २०८२
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण आइतबार, असार २२, २०८२
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्