Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन सफल भएका हौं : सञ्जयकुमार गौतम
साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन सफल भएका हौं : सञ्जयकुमार गौतम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १, २०८०
बर्दिया क्षेत्र नं १ बाट निर्वाचित गौतम नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ।

विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन व्यवस्थालाई त्याग्न हामीबीचको एकता  तथा साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन हामी सफल भएका हौं।

राजनीति भनेको सेवा हो। जबसम्म राजनीति सेवाभावले गरिदैँन तबसम्म सही प्रतिफल प्राप्त गर्न सक्दैँनौ। प्राप्तिको चाहना राजनीति हुन सक्दैँन। लामो सङ्घर्षबाट ल्याएको अहिलेको उत्कृष्ट राजनीतिक प्रणाली व्यवस्थापन गर्न हिजोजस्तै राजनीतिक प्रतिबद्धता मुलुकले खोजिरहेको छ।

सङ्घीयतालाई व्यवस्थापन गर्नेतर्फ जानुपर्छ भन्नेमा सांसदको दुईमत छैन। एकरुपता नै छ। तर नेतृत्वमा सुधार गर्ने बानी देखिँदैन। सुधारको लक्षण आजको आवश्यकता हो।

Nepal Oil Corporation

राजनीतिप्रति निराश भएका जनतालाई विश्वास जगाउनुपर्छ। हामी बहुदलीयता र बहुलवादसहितको खुला समाजमा छौँ। नेपालको संविधानले प्रत्यक्ष र प्रतिनिधिमूलक लोकतन्त्रको सम्मिश्रणसहित प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीको अभ्यास अवलम्बन गरेको छ। तर, संविधानको परिकल्पना तथा भावनाभन्दा बाहिर गएर काम गर्दा हामीमाझ समस्या देखापरिरहेका छन्।

संविधानले सबै जातजाति, धर्म, वर्ग, सिमान्तकृत समुदायलाई लक्षित गरी ल्याएको समानुपातिक समावेशीताको प्रयोग, मनपरेका व्यक्तिको भर्तीकेन्द्र बनेको छ। संविधानको भावना र सिद्धान्तबाट बाहिर गएपछि समस्या आउँछ। यसैको प्रतिफल अहिले हामी भोग्दै छौं। कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी लिएका हामीले विषयगत समितिमा छलफल गरिरहेका छौँ। विषयको उठान पनि गरेका छौँ। अबको अधिवेशनमा बाँकी रहेका कानुन बनाउन पहल बनाउनुपर्छ भन्ने उनकाे भनाइ छ।

संसदीय अभ्यासबाट म आफूसँग पनि सन्तुष्ट छैन। एक वर्षमा हामीले जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन। कानुन बनाउन निर्वाचित भएका हामीले अघिल्लो अधिवेशनमा एउटा मात्र कानुन बनाएका छौँ। कानुन नबनाउने, राजनीतिक व्यवस्थाको व्यवस्थापन नगर्ने, संविधानको परिकल्पना तथा मर्मभन्दा बाहिर गएर कार्यान्वयन गर्ने तर प्रतिफल उत्कृष्ट खोेज्छौँ। समस्या यहाँनिर छ। व्यवस्थामा कमजोरी होइन, हामीमा छ। जसरी हामीले संसदीय अभ्यास गर्नुपथ्र्यो सोहीअनुसार हामीले नगरेका हौँ।

संसद्ले काम गरेन भनेको मतलब सरकाले संसद्लाई काम दिएन भन्नु हो। म सरकार पक्षकै सांसद हो। एउटा मात्र कानुन बन्नुको पछाडि हामीले संसद्लाई बिजनेस दिन सकेनौँ। त्यसको समीक्षा सरकारले गर्नुपर्छ। हामीले हाम्रो संसदीय दलको बैठकमा, हामी गठबन्धनका नेताहरुसँग, सबै दलका साथीहरुसँग भन्छौं, सरकारले बिजनेस त दिनुप्र्यो नि। कानुन बन्न नसक्नुको दोष सरकारलाई जान्छ।

सांसदको मुख्य जिम्मेवारी प्रभावकारी बन्न नसक्दा संसद्मा खर्च मात्र भयो, रकम दुरुपयोग, सांसदले यत्ति पैसा खाए, सिध्याएलगायतका नकारात्मक भाष्य निर्माण भएको छ। सांसदलाई निरिह बनाएर राखिएको छ। समाजमा हामीले जुन किसिमको नकारात्मकता निर्माण गरेका छौँ। जहाँ चपाउने दाँत एउटा, देखाउने दाँत अर्को। सरकार संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद् पनि आम जनताप्रति उत्तरदायी हुनुपर्छ। यो अन्योन्याश्रित सम्बन्ध छ।

जनतालाई सुशासनको अनुभूति दिलाउन, हामी सुध्रिनुको अर्को विकल्प छैन। मुलुकमा भ्रष्टाचार मौलाउँदै जानु, सुशासन कायम गर्न नसक्नुमा दोषी अरु कोही होइन, हामी नै हौं। हामी व्यक्ति दोषी हौँ। राजनीतिक दल दोषी हो। हामी सुध्रिनु आवश्यक छ। हामीले आफूलाई सुधार नगरी अर्कालाई दोष लगाएर पन्छिन खोज्ने हो भने झन समाजलाई अर्को ठाउँमा लगिदिन्छ। अहिलेको जनताको सबैभन्दा ठूलो समस्या हामीले सुशासन दिन सकेनौँ।

तीन तहका सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिन सके जनतामा आशा, भरोसा, उत्साहको वातावरण सिर्जना हुन्छ। युवाको कर्हिगमन पनि रोकिन्छ। संविधानको परिकल्पना, विधिविधानभन्दा बाहिर जानुहुँदैन। त्यो परिधिभन्दा बाहिर गई कार्यान्वयन गर्दा समस्या आएको छ। तसर्थ सुधारको सुरुआत आफैँबाट गर्नु आवश्यक छ।

एउटा पुस्ताले दुःख नगरी मुलुक बनेको छैन। त्यसकारण एउटा पुस्ता उच्चरुपमा काम गर्न तयार हुनैपर्छ। अबको समय हामीले आफूलाई त्यसका लागि तयार गर्ने हो। सहरमा विलासी जीवनमा रमाउनुपर्छ भन्ने मानसिकताले मुलुकमा अनियमिता मौलाएको छ। हामीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ। सुशासन दिनैपर्छ। हामीसँग अर्को विकल्प छैन।

सफल संसदीय अभ्यासलाई प्रभावकारी बनाउन नेतृत्वमा रहेका व्यक्ति इमानदार हुनुपर्छ। संविधानको परिकल्पनाभन्दा बाहिर गएर काम नगर्नेमा प्रतिबद्ध रही कार्यान्वयन गरेमा सोहीअनुसारको प्रतिफल प्राप्त गर्न सकिन्छ। अहिलेको व्यवस्थाप्रतिको जनताको माया अपार छ जसले सांसदको गरिमा बढाएको छ। 

लामो समयदेखि केन्द्रीकृत शासन प्रणाली पाएका जनताले सङ्घीय सरकारको भूमिका कानुन बनाउने, विधिसङ्गत रुपमा शासन सञ्चालन गर्ने, प्रणालीलाई व्यवस्थित गर्नमा केन्द्रित हुन्छ भनी बुझ्न सकेका छैनन्। हामी व्यवस्थाअनुसारको सांसदको भूमिका जनतालाई बुझाउन सकेका छैनौँ । जनताको एकात्मक शासन व्यवस्थामा रहेको मनोविज्ञान केन्द्रीकृत शासन व्यवस्थामा आइपुग्दा पनि परिवर्तन गर्न सकेका छैनौँ।

जनतालाई सांसदप्रति विश्वासको वातारण निर्माण गर्न आवश्यक छ। मेरो पहिलो कार्यकाल अन्य कार्यकालको तुलनामा बढी प्रभावकारी बन्यो। त्यसपछिका कार्यकाल क्रमशः कम प्रभावकारी बने। कारण हिजोको व्यवस्थामा सांसदको भूमिका आज पनि अपेक्षा गर्नु।

सडक निर्माण, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका काममा स्थानीय सरकारको प्रत्यक्ष भूमिका रहने तर जनताले सङ्घीय सरकारबाट अपेक्षा गर्दा हामीप्रतिको विश्वास घट्दो पाइन्छ। जनताले विकासका पूर्वाधार निर्माणका समस्यालाई सम्बोधन गर्न स्थानीय तथा प्रदेश सरकारलाई सचेत गराउने अप्रत्यक्ष रुपमा भूमिका हामी निर्वाह गरिरहेकै हुन्छौँ। हामी जनताका प्रतिनिधि हौँ। जनताका समस्या सम्बोधनमा सहजीकरण गर्नुपर्छ।

व्यक्तिगत रुपमा म स्थानीय सरकारलाई अझ बलियो बनाउनुका साथै लगाम पनि लगाउने गर्नुपर्छ भन्ने पक्षमा छु। अझ बढी अधिकार दिई सशक्त तथा सक्षम बनाउनुपर्छ। स्थानीय सरकार भएपछिका कामकारबाही धेरै ठाँउमा राम्रा छन्। तर कतिपय ठाउँमा परिकल्पना बाहिर गएको पाइन्छ। स्थानीय सरकार बेलगाम भएको छ।

स्थानीय सरकारले आफैँ खर्च गर्ने, बजेट निर्माण, कानुन निर्माण गर्छ। उसले प्रतिपक्षको सामना गर्दैन। स्थानीय तहलाई प्रतिपक्ष भएको बनाउनुपथ्र्यो। पार्टीले पालिका प्रमुख उपप्रमुखको टिकट दिएर वडाध्यक्षको नदिई स्वतन्त्र छोडिनुपर्याे। जो मान्छे सक्षम, क्षमतावान् छ उहीँ आउँछ। पार्टीको छत्रछायाँमा हुने अपराधिक गतिविधि सङ्गठित अपराधजस्तो भयो। यसबाट रोक्नुपर्छ।

मेरो निर्वाचन जिल्ला बर्दिया कृषिको प्रचुर सम्भावना रहेको छ। कृषिमा आधारित अर्थतन्त्र छ। मेरो प्राथमिकता किसान हो। तर किसानले मल, बीउ, सिँचाइ, बजार पाएका छैनन्। जुन मैले मेरा मतदातालाई कृषिका सामग्री दिन सकिन। जनता कहाँबाट खुसी हुनु ? बर्दिया राष्ट्रिय निकुञ्जले ५२ प्रतिशत क्षेत्र ओगटेको बर्दियामा जङ्गली जनावरको आतङ्क छ।

राष्ट्रिय निकुञ्जको व्यवस्थापन हामीमाझ ठूलो चुनौतीको विषय हो। तीस वर्षसम्म पनि बबई सिँचाइ आयोजना सम्पन्न हुनसकेको छैन। राज्यको  नीतिनिर्माणमा हामी छौँ तर एकथरीले साँचो लिएर बसेको छ खोल्दै खोल्दैन। संसद्मा बोलेर, कराएर मात्र पनि नहुँदो रहेछ। तुलनात्मक रुपमा जनता केही सन्तृष्ट होलान तर अपेक्षाअनुरुप सन्तुष्टिको वातावरण सिर्जना हुन सकेको छैन।

राजनीतिमा संलग्न हुनुपूर्व सामाजिक क्षेत्रमा आबद्ध रहेका सांसद गौतम विपी कोइराला र सुशील कोइरालाको विचार तथा उत्प्रेरणाबाट प्रभावित भई २०३६ सालदेखि राजनीतिमा आबद्ध भएको हो। 

चार पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका सांसद गौतम पहिलो संविधानसभामा पराजित भए पनि २०७० र २०७४ सालमा निर्वाचित भए। बर्दिया क्षेत्र नं १ बाट निर्वाचित गौतम नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य हुन्। बर्दियाको गुलरिया स्थायी ठेगाना भएका गौतम यसअघि सिँचाइमन्त्रीसमेत रहिसक्नुभएको छ। 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:०१
##congress #sanjayakumargautam
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा शनिबार, असार २१, २०८२
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण शनिबार, असार ७, २०८२
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत शनिबार, असार ७, २०८२
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्