Top Navigation
Main Navigation
बुधबार, पुस २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, पुस २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • बेलहियामा नाकामा नाम मात्रको कोभिड परिक्षण
बेलहियामा नाकामा नाम मात्रको कोभिड परिक्षण
रासस
रासस मंगलबार, माघ २, २०८०
COVID-19 variants

रुपन्देही । कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा देखिएसँगै स्वास्थ्य मन्त्रालयले नेपालका स्वास्थ्य संस्थाहरुलाई सर्तकता अपनाउन निर्देशन जारी गरेको छ।

नयाँ भेरियन्ट ‘जेएन-१’ भन्दा बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिदै आएका छन्। छिमेकी मुलुक भारतमा कोभिड-१९ नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएको र यात्रुहरुसँगै यो संक्रमण नेपाल भित्रिने सम्भावना उत्तिकै रहेको छ।

कोभिडको महामारीमा नेपाल-भारतको सीमा बेलहियामा देखिएको चुस्तता अहिले सुस्त भएको छ। सीमामा हुनुपर्ने परिक्षण अहिले निकै कम भएकोमा स्वास्थ्यकर्मीहरुकै चिन्ता बढेको छ।

बेलहिया हेल्थ डेस्कको तथ्यांक अनुसार मंसिर महिनामा ८ सय २५ जनाको कोभिड परिक्षण गरिएको थियो । त्यस मध्ये एक जनामा पनि संक्रमण देखिएको थिएन।

तर पुस महिनामा ९ सय ९६ जनामा गरिएको परिक्षणमा २ जना भारतीय र १ जना नेपाली गरि ३ जनामा संक्रमण देखिएको थियो। तथ्याङ्कमा हेल्थ डेस्कमा परिक्षण गरेको उल्लेख भए पनि स्थलगत अवलोकनको क्रममा भने हेल्थ डेस्क सुनसान देखिने गरेको छ।

स्थलमार्ग हुदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने यो नाकामा कोभिड परिक्षण नाम मात्राको हुने गरेको छ। बाह्र जनाको दरबन्दी रहेको बेलहिया हेल्थ डेस्क अहिले गैरसरकारी संस्थाहरुको कर्मचारीको भरमा मात्र सञ्चालनमा रहेको छ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय मातहत रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीको कार्तिकसम्म मात्र करार सम्झौता रहेको थियोे। त्यस यता कर्मचारीहरुले तलब नपाउँदा डेस्कको काम प्रभावित भएको छ।

तलब नपाएकै कारण चिकित्सक सहित ३ जनाले राजीनामा दिएका छन्। भएकाहरु पनि बस्ने कि जाने भन्ने दोधारमा रहेका छन्। हाल ५ जना अहेब, २ जना ल्याब टेक्निशियन र ३ जना कार्यालय सहयोगी बेतलबी काम गरिरहेका छन्।

सेभ द चिल्ड्रेन र किड्स नेपालका २/२ जना कर्मचारी पनि यस डेस्कमा रहेको भेक्टर कन्ट्रोलर साहले बताए।
उनले संक्रमण देखिएकालाई पनि व्यस्थापन गर्ने कार्य फितलो रहेको बताए । यसले नयाँ कोभिडको नयाँ भेरियन्ट फैलिने सम्भावना अझै रहेको बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालमा पछिल्लो समय ३ जनामा संक्रमण देखिएपछि चेकजाँचमा कडाई गरिएको दावी गरे। प्रमुख जिल्ला अधिकारीले चेकजाँचको दावी गरिरहँदा भने बेलहिया हेल्थ डेस्कको खाली कुर्सीहरुले यो दावीलाई गिज्याईरहेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:४८
##covidJN
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्