Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आँखाले देखिने भगवान मोहनवहादुर गिरीको नवलपुरमा उच्च सम्मान
आँखाले देखिने भगवान मोहनवहादुर गिरीको नवलपुरमा उच्च सम्मान
श्याम स्मृत
श्याम स्मृत सोमबार, फागुन ७, २०८०
Api Himal

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-४ नवलपुरस्थित नवलपुर माध्यमिक विद्यालयले स्थापनाको बार्षिक उत्सव मनाएको छ। नवलपुर माध्यमिक विद्यालयले आइतवार स्थापनाको ७५ औं बार्षिक उत्सव मनाएको हो।

उक्त बार्षिक उत्सवमा आयोजित कार्यक्रममा त्यहाँ अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षक सहित ३५३ जनालाई सहयोग वितरण गर्ने कार्य समाजसेवी मोहन वहादुर गिरीवाट भएको छ। समाजसेवी गिरीले विद्यार्थी तथा शिक्षकलाई आवश्यक शैक्षिक सामाग्री तथा न्याना लुगाकपडा सहयोग गर्ने कार्य भएको हो।

Mohan Giri Samman 11708349858.jpg

Mohan Giri Samman 31708349860.jpg

Nepal Oil Corporation

Mohan Giri Samman 51708349861.jpg

लामो समयदेखि विद्यालय परिवारलाई विभिन्न समयमा व्यक्तिगत रुपमा यसरी नै सहयोग प्रदान गर्दैआएका समाजसेवी गिरीको विद्यालय परिवारले उच्च सम्मान पनि आइतवार नै गरेको छ।

सम्मान पत्र सहित दोसल्ला ओढाएर समाजसेवी गिरीलाई विद्यालय परिवारले उच्च सम्मान प्रदान गरेर गिरीको योगदानको कदर गरेको छ।

उनै सामाजिक अभियन्ता एवम् समाजसेवी गिरीले गत हप्ताको मंगलवार मात्र पनि इन्द्रावती गाउँपालिका-८ गहतेस्थित चन्द्रवती आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरुका लागि जाडोमा न्याना लुगा तथा शैक्षिक सामाग्री सहयोग गर्ने कार्य गरेका थिए।

Mohan Giri Samman 21708349858.jpg

यसअघि पनि, विभिन्न दर्जनौ विद्यालयहरुमा आवश्यक शैक्षिक सामाग्री लगायतका सहयोग गर्ने र गराउने कार्यमा अग्रता दिँदैआएका गिरीले हालैमात्र इन्द्रावती गाउँपालिका-११ निवासी सुजन माझीको इन्जिनियर बन्ने सपनालाई पूरा गरिदिएका छन्।

उनले सुजन माझीलाई ललितपुर कुपण्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजमा लगेर नगद ५ लाख खर्चेर भर्ना गरिदिएका छन्। जसवाट निक्कै नै भावुक बनेका सुजन माझीले समाजसेवी मोहनवहादुर गिरीलाई आँखाले देख्खिने भगवान भनेर सामाजिक सञ्जालमा नै आएर आभार व्यक्त गरेका छन्।

सुजन माझी जस्ता आर्थिक रुपमा विपन्न प्रतिभाशाली धेरैको भविष्य बनाउने कार्यमा लाग्दैआएका गिरीले यसअघि नर्सिङ पढ्ने सातजना विद्यार्थीहरुलाई सहयोग गरेर नर्स पढ्ने उनीहरुको सपना पूरा गरिदिएका छन्।

आफू नेपाल प्रहरीको सेवामा कार्यरत रहदा देशका कुना कन्दरामा पुग्दा देखेका अनि भोगेका अनुभववाटै समाजसेवा लाग्न प्रेरित भएको र आफूले प्रहरी सेवामा लागेर कमाएका तलव सुविधालाई जोगाएर हाल समाजसेवामा खर्चेको बताउने उनी पूख्र्यौली सम्पतिवाट आर्जित रकमलाई पनि यसतर्फ अर्पेका भन्छन्।

मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्नु उसको विशेषता हो । कुनै पनि मानिसले आफ्नो चाहना, आवश्यकता, इच्छा पूरा गर्न देखि समस्याहरु समाधान गर्न समाजमा भर पर्नु पर्दछ। समाजमा बसेका मानिसहरुलाई समाजले धेरै सहयोग गर्दछ।

यसका साथै मानिसहरु बिच एकता बढाउने काम समाजले गर्दछ। समाज र मानवको आवश्यकताले कानून, सडक, अस्पताल जस्ता अति आवश्यक पुर्वाधारको व्यवस्था मिलाएको हुन्छ।

यसकारण, समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो भनेर सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउंपालिका-२ निवासी सामाजिक अभियन्ता एवम् समाज सुधारक गिरीले भनेका छन्।

यसको मतलब समस्यामा परेका मानिसहरूलाई मदत गर्नु हो भनेर सामाजिक अभियन्ता मोहन बहादुर गिरीले भनेका छन्। समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ।

यही समाज सेवा गर्न र गराउन आफू व्यक्तिगत रुपमा तथा सामाजिक रुपमा लायन्स क्लव लगायतका सामाजिक संस्था मार्फत विगत पाँच बर्षदेखि निरन्तर समाज सेवामा लाग्दैआएको खुलासा उनले गरेका छन्।

समाजसेवी गिरीको समाजसेवा स्वैच्छिक सेवा हो। गिरीको भनाईमा समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ। समाजसेवा गर्नेले बदलामा केही आशा गर्दैनन्। यो सेवा मानवीय विचारमा र कुनै लाभको उदेश्य बिना प्रदान गरिन्छ।

व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ। जसले गर्दा समाजको र देशको विकास हुन्छ। सामाजिक सेवाको अर्थ कार्य, र व्यक्ति, परिवार, समूह र समुदायका लागि फरक पार्ने शक्ति भएको गतिशील र अद्वितीय मदत गर्ने सेवा हो।

सामाजिक सेवाको प्राथमिक लक्ष्य भनेको समाजको समग्र कल्याणलाई सुधार्नु हो, विशेष गरी सबैभन्दा कमजोर जनसंख्याको लागि सुधार्नु हो भन्ने गिरीको धारणा छ। 

समाज सेवामा लाग्नुअघि, मोहनवहादुर गिरी नेपाल प्रहरीको जागिरे जीवनमा समर्पित थिए। जसमार्फत देश र जनताको १९ बर्ष सेवा गरेर असईवाट निवृत बनेका हुन्।

नेपाल प्रहरीको सेवामा १९ बर्ष कार्यरत रहदा निष्ठाको सेवा कार्य गरेर सवैवाट वाहवाही तथा स्याबासी पाएका गिरीले सेवा निवृत भएपछि मासिक रुपमा आउने मासिक नगद २० हजार पेन्सनलाई पनि सही सदुपयोग गर्दैआएका छन्।

इन्द्रावती गाउँपालिका-२ मा नै रहेको सरस्वती आधारभूत विद्यालयमा नीजि स्रोतवाट अंग्रेजी शिक्षक आवश्यक भएको कारण आफ्नो मासिक पेन्सन रकमवाट तलब खुवाउने गरेर अंग्रेजी शिक्षकको व्यवस्था गरेका हुन्।

यसवाट गाउँमा नै उच्चस्तरको अंग्रेजी पठन पाठन गर्न र गराउन सहजता मिलेकोमा आफूलाई अत्यन्त गौरबता लागेको जानकारी पनि गिरीले दिएका छन्।  

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:१०
##nawalpur #mohanbahadurgiri
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्