Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
मंगलबार, साउन ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • एसइईकाे तयारीमा हजुरआमा र आमाहरु
एसइईकाे तयारीमा हजुरआमा र आमाहरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत १३, २०८०
NEB

भक्तपुर । सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगे। रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुँदैछन्।

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएको थियो। सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेको हो।

“सानैदेखि पढ्ने इच्छा थियो। रामेछापमै भाइलाई विद्यालय पुर्याउन जाँदा कक्षा ३ सम्म त पढेँ”,  उनले भने, “त्यसपछि छोरी मान्छेले पढ्नुहुदैन भनेर छुटाइदिनु भयो। अठार वर्षमै विवाह भयो। त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो।” उनका छोराबुहारी र नातिनातिनी अहिले अष्ट्रेलियामा छन्।

उनी त एउटा उदाहरणीय पात्र मात्रै हुन्। विगतका वर्ष जस्तै यसवर्ष पनि आस्था महिला विद्यालयबाट उनी जस्ता १२ जना हजुरआमा एसइई दिँदैछन्। बिहान र साँझ घरको काम सकाएर उनीहरु बाँकी समय पढाइमा बिताउँछन्। त्यसैमध्येकी एक हुन्, ३८ वर्षे अम्बिका अधिकारी। उनी घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त हुन्छन्।

करिष्मा आँटले साहास दियो

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसइई दिएको समाचारले उत्साहित बनायो। सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आकी उनको विवाहपछिको पढाइ छुटेपनि पढ्ने रहर भने छुटेको थिएन।

तामाङ भनछन्, “पढ्ने रहर मरेकै थिएन, कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्नेृ गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसइई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ। भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ।”

उनी विहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्याउन पुग्छन्। साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्छन्। सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरु अहिले उनको आँट देखेर प्रशंसा गर्ने गरेको उनले सुनाए। “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ। परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ”, उनले भने।

आमा र छोरीसँगै एसइईको तयारीमा

जिरी दोलखा घरभई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसइई परीक्षा दिने तयारीमा छन्। कक्षा ५ सम्म माइतीमै पढेकी उनले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईमा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ।

एसइई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उनले सुरुमा घरबाट पढ्न नजाउ भन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाउ।

आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उनले भने, “परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउछिन्, एसइई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ।”

खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाएको छ। श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उनी पहिला कुरा काट्नेहरु अहिले प्रशंसा गर्न थालेको बताउँछन्।

जेठानीले यसै विद्यालयबाट एसइई दिएपछि श्रीमान् आफैले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइपुगेकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाए।

त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ। उमेरले चार दशक कटेपनि उनमा पढ्ने जाँगर भने मरेको छैन। साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आएकी उनलाई बैंकबाट अवकाश प्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसइईसम्म आइपुगेको बताउँछन्।

विसं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सरेकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउँछन्।

नेपाली सेनामा कार्यरत श्रीमानको सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउँछन्।

दोलखा हुदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरुसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नुहुदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउँछन्।

कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउदै उनले एसइईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउँछन्।

इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसइईको सङ्घारमा आइपुगेको बताउँछन्। ओखलढुङ्गाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आएकी उनलाई श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउँछन्।

सिङ्गो परिवार तरकारी खेतीमा लाग्दै आएकी मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसइईपछि पूरा हुने बताउँछन्। छोराछोरी स्नातक तहसम्म पढाएकी उनले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरेपनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ।

यही विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहेका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरुलेनै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसइई परीक्षा उत्र्तीण हुने अठोट राखेको छ।

विसं २०६९ देखि एसइई परीक्षामा सहभागी हुदै आएका यस विद्यालयका हजुरआमाहरुले अहिलेसम्म १२औं समूहसम्म आइपुग्दा १ सय ६२ जनाले एसएलसी तथा एसइई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताए।

अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरुले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताए। यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरुको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताए।

बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरुको मेहनत निकै ठूलो छ।

विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताए।

स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मेहनत गर्ने गरेको बताए। बच्चालाई पढाउनभन्दा धेरै मेहनत आमाहरुलाई पढाएको बताए।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २१:५२
##see
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्