Top Navigation
Main Navigation
मंगलबार, जेठ १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, जेठ १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • न्याय नपाए प्राणै त्याग्ने सहकारी पीडितहरूकाे चेतावनी  
न्याय नपाए प्राणै त्याग्ने सहकारी पीडितहरूकाे चेतावनी  
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, असार १६, २०८१

काठमाडौँ । मुलुकको अर्थतन्त्र बलियो बनाउने उद्देश्यका साथ सरकारले नियामक र अनुगमनकारी संयन्त्र बिना सहकारी संस्थाहरू खोल्ने अनुमति दिएर नेपालको अर्थतन्त्रको इतिहासमै सबैभन्दा ठूलो भूल गरी चौतर्फी रुपमा आलोचित भइरहेको बेला ७४ लाख भन्दा बढी बचतकर्ताहरूले आफ्नो गाँस काटेर भविष्यमा अप्ठ्यारो पर्दा काम लाग्ला भन्ने आशमा निक्षेप गरेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन्।

त्यसैले ३ सय भन्दा बढी सहकारी संस्थाका बचतकर्ताहरूले आबद्ध भई बचत फिर्ताको माग राखी काठमाडौँ लगायत नेपालका विभिन्न ठाउँहरूमा १४ महिनाभन्दा बढी अवधिदेखि विभिन्न चरणको शान्तिपूर्ण आन्दोलनहरु गर्दै आएका छन्।

cooperatives-victims-1-1719713666.jpg

सरकारले महासंघ समेत प्रतिनिधि रहेको अधिकार सम्पन्न उच्चस्तरीय समितिसँग पटकपटक वार्ता गरी सम्झौता गर्ने तर सम्झौता कार्यान्वयन नगर्ने भएकोले आफूहरू पुनः आन्दोलित हुनुपरेको पीडित बचतकर्ताहरु बताउँछन्। साथमा पीडितहरुलाई साँच्चिकै न्याय दिने पक्षमा सरकार नरहेकोले आफ्नो बचत साँवा र ब्याज उपलब्ध नहुँदासम्म प्राण त्याग्नु परेपनि पछि नहट्ने उनीहरू बताउँछन्।

आफ्नो वचनबद्धता पूरा गर्नुको सट्टा सहकारी माफियाको इशारामा झन् पीडितमाथि दमन गर्ने नीति सरकारले लिएकोले तेस्रो चरणको आन्दोलन मार्फत अनिश्चितकालीन रिले अनसन र धर्ना कार्यक्रम जेठ ११ गतेदेखि सहकारी पिडितहरुवाट सुरु भएको हो।

तेस्रो चरणको आन्दोलनले एक महिना पूरा गरिसक्दा पनि संघीय सरकारको तर्फबाट माग सम्बोधनमा कुनै चासो नराखेको उनीहरुको गुनासो छ। उल्टो आफ्नो १०० दिन पूरा गरी गर्वका साथ सरकारले आफ्नो पहलमा बचत फिर्ता गराएको साथै ऐन सम्बद्ध विभिन्न निकायहरू गठन गरेको भन्ने जस्ता भ्रामक सूचना फैलाएको पनि उनीहरुको आरोप छ।

Page-No.3-Sahakari-11-1719713875.jpg

त्यस्तै, बचतकर्ता सदस्यहरुलाई दोहोरो सदस्यताको त्रास सिर्जना हुनेगरी विज्ञप्ति प्रकाशित गरिएकोमा आपत्ति जनाउँदै आन्दोलन जारी रहेको सहकारी बचतकर्ता संरक्षण अभियान महासंघले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीका अनुसार, रत्न पार्कको शान्तिवाटिका अगाडि गत ३२ दिनदेखि २४ घण्टे रिले अनसन तथा धर्ना कार्यक्रममा सामेल सहकारी पीडितहरु माझ उपस्थित भई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै सहकारी ठगहरु नै सरकारमा भएकोले यसको समाधान हुन नसकेको भनेका छन्।

Sahakari-111-1719713989.jpg

त्यसैले आन्दोलन नै यसको निचोड हो भन्दै उनी आफू मन्त्री हुँदा पनि आफूलाई काम गर्न नदिइएको खुलासा गरेका छन्। यदि तपाईहरुको रिले अनसन तथा धर्ना स्थलमा गृहमन्त्री रवि लामिछाने स्वयं उपस्थित भए भने उनलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष कुशल केसीले आएर र बोलेर मात्रै हाम्रो समस्या समाधान हुँदैन, त्यसको लागि गृह अर्थ र सहकारी तीनवटै मन्त्रालयले प्रधानमन्त्रीको आदेशमा हामीसँग गरेको सम्झौता कार्यान्वयन गर्न अनुरोध गर्दछु भनेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष केसीले जीबी राई र गृहमन्त्री रवि लामिछानेले ठगी गरेको भनिएको सहकारी संस्थाबाट ठगिएका सहकारी पीडितहरू पनि हामीसँग रिले अनसन तथा धर्ना कार्यक्रममा सामेल रहेको बताए।

नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:४७
##cooperativesvictims
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः २ कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
  • नंः ३ स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
  • नंः ४ ११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
  • नंः ५ पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्