Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • न्याय नपाए प्राणै त्याग्ने सहकारी पीडितहरूकाे चेतावनी  
न्याय नपाए प्राणै त्याग्ने सहकारी पीडितहरूकाे चेतावनी  
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, असार १६, २०८१
Api Himal

काठमाडौँ । मुलुकको अर्थतन्त्र बलियो बनाउने उद्देश्यका साथ सरकारले नियामक र अनुगमनकारी संयन्त्र बिना सहकारी संस्थाहरू खोल्ने अनुमति दिएर नेपालको अर्थतन्त्रको इतिहासमै सबैभन्दा ठूलो भूल गरी चौतर्फी रुपमा आलोचित भइरहेको बेला ७४ लाख भन्दा बढी बचतकर्ताहरूले आफ्नो गाँस काटेर भविष्यमा अप्ठ्यारो पर्दा काम लाग्ला भन्ने आशमा निक्षेप गरेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन्।

त्यसैले ३ सय भन्दा बढी सहकारी संस्थाका बचतकर्ताहरूले आबद्ध भई बचत फिर्ताको माग राखी काठमाडौँ लगायत नेपालका विभिन्न ठाउँहरूमा १४ महिनाभन्दा बढी अवधिदेखि विभिन्न चरणको शान्तिपूर्ण आन्दोलनहरु गर्दै आएका छन्।

cooperatives-victims-1-1719713666.jpg

सरकारले महासंघ समेत प्रतिनिधि रहेको अधिकार सम्पन्न उच्चस्तरीय समितिसँग पटकपटक वार्ता गरी सम्झौता गर्ने तर सम्झौता कार्यान्वयन नगर्ने भएकोले आफूहरू पुनः आन्दोलित हुनुपरेको पीडित बचतकर्ताहरु बताउँछन्। साथमा पीडितहरुलाई साँच्चिकै न्याय दिने पक्षमा सरकार नरहेकोले आफ्नो बचत साँवा र ब्याज उपलब्ध नहुँदासम्म प्राण त्याग्नु परेपनि पछि नहट्ने उनीहरू बताउँछन्।

Nepal Oil Corporation

आफ्नो वचनबद्धता पूरा गर्नुको सट्टा सहकारी माफियाको इशारामा झन् पीडितमाथि दमन गर्ने नीति सरकारले लिएकोले तेस्रो चरणको आन्दोलन मार्फत अनिश्चितकालीन रिले अनसन र धर्ना कार्यक्रम जेठ ११ गतेदेखि सहकारी पिडितहरुवाट सुरु भएको हो।

तेस्रो चरणको आन्दोलनले एक महिना पूरा गरिसक्दा पनि संघीय सरकारको तर्फबाट माग सम्बोधनमा कुनै चासो नराखेको उनीहरुको गुनासो छ। उल्टो आफ्नो १०० दिन पूरा गरी गर्वका साथ सरकारले आफ्नो पहलमा बचत फिर्ता गराएको साथै ऐन सम्बद्ध विभिन्न निकायहरू गठन गरेको भन्ने जस्ता भ्रामक सूचना फैलाएको पनि उनीहरुको आरोप छ।

Page-No.3-Sahakari-11-1719713875.jpg

त्यस्तै, बचतकर्ता सदस्यहरुलाई दोहोरो सदस्यताको त्रास सिर्जना हुनेगरी विज्ञप्ति प्रकाशित गरिएकोमा आपत्ति जनाउँदै आन्दोलन जारी रहेको सहकारी बचतकर्ता संरक्षण अभियान महासंघले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीका अनुसार, रत्न पार्कको शान्तिवाटिका अगाडि गत ३२ दिनदेखि २४ घण्टे रिले अनसन तथा धर्ना कार्यक्रममा सामेल सहकारी पीडितहरु माझ उपस्थित भई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै सहकारी ठगहरु नै सरकारमा भएकोले यसको समाधान हुन नसकेको भनेका छन्।

Sahakari-111-1719713989.jpg

त्यसैले आन्दोलन नै यसको निचोड हो भन्दै उनी आफू मन्त्री हुँदा पनि आफूलाई काम गर्न नदिइएको खुलासा गरेका छन्। यदि तपाईहरुको रिले अनसन तथा धर्ना स्थलमा गृहमन्त्री रवि लामिछाने स्वयं उपस्थित भए भने उनलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष कुशल केसीले आएर र बोलेर मात्रै हाम्रो समस्या समाधान हुँदैन, त्यसको लागि गृह अर्थ र सहकारी तीनवटै मन्त्रालयले प्रधानमन्त्रीको आदेशमा हामीसँग गरेको सम्झौता कार्यान्वयन गर्न अनुरोध गर्दछु भनेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष केसीले जीबी राई र गृहमन्त्री रवि लामिछानेले ठगी गरेको भनिएको सहकारी संस्थाबाट ठगिएका सहकारी पीडितहरू पनि हामीसँग रिले अनसन तथा धर्ना कार्यक्रममा सामेल रहेको बताए।

नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, असार १७, २०८१  ०७:४७
##cooperativesvictims
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो]
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो] बिहीबार, जेठ १६, २०८२
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ]
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ] बिहीबार, जेठ १६, २०८२
प्रतिनिधि सभा बैठक, २०८२ जेठ १५ गते, बिहीबार
प्रतिनिधि सभा बैठक, २०८२ जेठ १५ गते, बिहीबार बिहीबार, जेठ १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्