Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने १० पक्राउ
विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने १० पक्राउ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन २८, २०८१

काभ्रेपलाञ्चोक । जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ।

सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।

Nepal Oil Corporation

प्रनाउ श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको हो ।

उनीहरूले कवाडी सामान सङ्कलन गर्ने बहानामा काभ्रेको विभिन्न स्थानमा राखिएका ट्रान्सफर्मरको अवस्था पत्ता लगाई रातको समयमा ट्रान्सफर्मर निकाली फोडेर तामाका तार चोरी गर्ने योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । उनका अनुसार उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी गरेका हुन् ।

गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका-९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका-५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नं वडास्थित बृहत् खानेपानी तथा ५ नं वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा-९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ । विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:४२
##crime #pakrau
प्रतिक्रिया दिनुहोस्
थप समाज
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड बुधबार, साउन २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्