Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • शुक्लाफाँटा नगरपालिका-१ बन्साहमा शिक्षक सरुवा भएर गएपछि पठन-पाठन ठप्प
शुक्लाफाँटा नगरपालिका-१ बन्साहमा शिक्षक सरुवा भएर गएपछि पठन-पाठन ठप्प विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ १७, २०८१

कञ्चनपुर । विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका-१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ ।

गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताए ।

“विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” अध्यक्ष ऐरीले भने, “शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन ।”

अहिलेसम्म प्रद्यानाअध्यापकको टुङ्गो नलाग्दा नगर शिक्षक भर्ना गर्न नपाएको उनले बताए। “निमित्तका भरमा काम गर्दै आएका छौँ”, उनले भने, “तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक भर्ना गर्न पाइएको छैन।”

गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उनको भनाइ रहेको छ । अध्यक्ष ऐरीका अनुसार विद्यालयमा ७ सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा ३ जना र प्लस टुमा २ जना शिक्षक मात्रै कार्यरत रहेका छन्।

आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उनले उल्लेख गरे । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्को विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उनले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ।

विद्यालयमा शिक्षकको व्यवस्था गरिदिन माग गर्दै झण्डै १२ किलोमिटरको यात्रा पैदल चर्को घाममा तय गर्दै विद्यालयका विद्यार्थी आइतबार नगरपालिका कार्यालयमा पुगे ।

विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप लगाएका छन् । चर्को घाममा बसेका केही विद्यार्थीलाई मात्रै नगर प्रमुख कार्यकक्षमा बोलाएर छिट्टै शिक्षकको व्यवस्था गर्ने अश्वासन दिएर पठाइएको विद्यार्थीले बताए ।

नगरपालिका कार्यालयमा पुगेका विद्यार्थी रमेश पूजाराले तीन महिनादेखि पठनपाठन नहुँदा दुई साताअघि नगर प्रमुखलाई शिक्षको व्यवस्था गरिदिनका लागि दिएको निवेदनको वेवास्ता भएपछि बाध्य भएर नगरपालिकासम्म पुग्नुपरेको बताए ।

“शैक्षिक सत्र सुरु भए देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,” उनले भने, “हेडसर सरुवा भएपछि शिक्षक नहुँदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हुँदै आएको छ।” विद्यालयमा कक्षा नौमा पढ्दै आएकी छात्रा विनीता भट्टले शिक्षक व्यवस्था गरी नगरपालिकाले समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए ।

गुणस्तरीय शिक्षाको नारा दिएर शिक्षक सरुवा गरेको नगरपालिकाले विद्यालयको पठनपाठन चौपट पारेको आरोप अभिभावकको छ। “छिटोभन्दा छिटो शिक्षकको व्यवस्था गरी पठनपाठन गर्नुपर्छ,” स्थानीय अभिभावक प्रकास भट्टले भने, “विद्यालयमा भर्ना भएका विद्यार्थीको भविष्य वर्वाद पार्ने अधिकार कसैलाई छैन ।” शिक्षक सरुवा गर्ने व्यवस्था गर्न नसक्नु विडम्बना भएको उनको भनाइ रहेको छ।

यसअघि श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका पुगेका थिए। नगर शिक्षकका लागि सामुदायिक विद्यालयले तीनदेखि चार पटकसम्म दरखास्त आह्वान गरे पनि प्रर्याप्त निवेदन नपर्ने र निवेदक परीक्षमा उत्तीर्ण नहुँदा शिक्षकको समयमै व्यवस्था नगरपालिकाले गर्न सकेको छैन ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्नका लागि दरखास्त दिएका परीक्षार्थीको परीक्षा भदौ २० गते हुने भएको बताए । “शिक्षकको व्यवस्था छिट्टै हुन्छ,” उनले भने, “प्रअ नियुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरी सकेको छ ।”

विद्यालय व्यवस्थापन समितिले राष्ट्रिय माध्यमिक विद्यालयबाट सरुवा भएर आएका शिक्षक वीरेन्द्र सिंह साउदलाई प्रध्यानाअध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २१:२७
##school #suklaphanta
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्