Top Navigation
Main Navigation
शुक्रबार, माघ १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, माघ १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुशासन र भ्रष्टाचारविरुद्धकाे कदमले देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढ्याे : अध्यक्ष दाहाल
सुशासन र भ्रष्टाचारविरुद्धकाे कदमले देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढ्याे : अध्यक्ष दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज १०, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेको छ ।

पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताएको हो।

सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उनले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उनले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गरे ।

सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष दाहालले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पुर्‍याउनुपर्ने धारणा राखे ।

विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै उनले भने, “हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ। हामी जीतका पक्षमा छौँ ।” उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने स्पष्ट पारे।

अध्यक्ष दाहालले भने, “जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहीँ न कहीँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ। हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।”

प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गरे ।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताए।

दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गरे ।

अध्यक्ष दाहालले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउने दाबी गर्दै उनले आगामी केन्द्रीय समितिको बैठकले नयाँ इतिहास कायम गर्ने विश्वास व्यक्त गरे । मुलुकमा देखापरेको राजनीतिक जटिलता हल गर्नेगरी सो बैठकले निर्णय गर्ने भन्दै अखिल (क्रान्तिकारी) को सम्मेलनले ठूलो अर्थ राख्नेसमेत स्पष्ट पारे।

अध्यक्ष दाहालले यसपटक विद्यार्थी सङ्गठनले पार्टीको नीति, विधि र प्रक्रियाभित्र रहेर स्वच्छ स्वयत्तताको अभ्यास गर्न आग्रह गरे। जिल्ला, प्रदेश सम्मेलनमा कतै निर्वाचन एवं कतै सहमतिका आधारमा नेतृत्व चयन भएको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उनले सकेसम्म सहमति नभए निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गरे ।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए।

“हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्ति कारबाहीमा परेको पहिलोपटक हो”, उनले भने, “सामाजिक न्यायका क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौँ श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए।” उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्नेक्रम सुरु भएको बताए।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको महासभा हुँदै कोप-२८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रूपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताए। आफूले अल्पविकसित राष्ट्रको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताए ।

उनले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताए। त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौंदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पु¥याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गरे।

अध्यक्ष दाहालले अहिले ठूलाठूला शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए ।

भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापी रूपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे ।

विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नसक्ने उल्लेख गर्दै उनले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताए।

अध्यक्ष दाहालले एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताए।

अब धेरै विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित अगाडि बढ्नेगरी नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उनले स्पष्ट गरे । माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताए ।

अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने बताए ।

उनले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरका रुपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले विधिमा जाने भएपछि जो जितेर आउँछ उही सङ्गठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनैखालको गुटबन्दी गर्न विद्यार्थीलाई निर्देशन दिए । अखिल (क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरिने बताउँदै उनले निर्वाचनको प्रक्रियाबाटै नेतृत्व चयन हुनेमा निश्चित रहन आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय एवं विश्वविद्यालयमा सुधारका लागि दाहाल नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयमा भइरहेको दलगत भागबण्डाको अन्त्यगरी मेरिटोक्रेसीका आधारमा पदाधिकारी चयन गर्न आफूहरु अखिल (क्रान्तिकारी) सँगै रहेको बताए् । विद्यार्थी आन्दोलनमा देखापरेको विश्वासको सङ्कट र चुनौतीलाई सम्बोधन गर्न पनि नयाँ आधारमा अगाडि बढ्नपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २३:०२
##maoist #cpnmaoist #pushpakamaldahal #prachand
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण बुधबार, माघ १५, २०८२
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर–२ मा तारामा मतदान
  • नंः ३ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ४ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
  • नंः ५ आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर–२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर–२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्