Top Navigation
Main Navigation
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बाढीपीडित भन्छन् : दसैँको मुखमा सुकुम्बासी हुनुपर्याे
बाढीपीडित भन्छन् : दसैँको मुखमा सुकुम्बासी हुनुपर्याे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असोज १६, २०८१

काठमाडौँ । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ ।

सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्। कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।

आफन्तीको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन्। “मान्छे र कुकुरमा केही फरक छैन । बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ। कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ”, सिजालीले भने।

शुक्रबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ। सिन्धुली स्थायी घर भएर काठमाडौँमा मजदुरी गर्ने उनको परवारलाई अहिले न घर जाने अवस्था छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै।

बाढीले सबै बगाएर लगेपछि उनीहरुको शरीरमा एक सरो लुगा बाहेक आफ्नो भन्ने केही छैन। आफन्तीको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताए ।

खोलाले सुरुको दिन आँगन भिजाएको थियो । केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उनीहरु राति मस्त निद्रामा परे। निदाएका बेला अनाचक आएको बाढीले बस्ती बगाएको सिजालीले बताए। “खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ”, उनले भने, “खोलाले अचानक झुक्याएर आयो । सबै बगाएर लग्यो ।”

ललितपुरस्थित फूलबारी मार्ग-२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परवार अलपत्र परेको छ। “कहाँ बस्ने ? के खाने ?”, उनले प्रश्न गरे, “दिनभरि उज्यालोमा डर लाग्दैन । रातपरेपछि खोलामा फेरी बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । रातभरि निद्रै लाग्दैन ।”

नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन । नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ। “वडाले खाना खुवाउँछ तर, कहाँ रात बिताउँछौ भनेर सोध्दैन”, उनले भने, “फेरि पानी पर्याे भने ओत लाग्ने थलो छैन।” माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ ।

आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताए। “सरोकार भएका निकायले आश्वास मात्र नदिएर तत्काल हामी जस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ। यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनपर्ने आवश्यकता छ”, उनले भने।

ललितपुरस्थित आदिनाथमार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताए । बाढीले घर डुबानमा परेपछि आमासँगै उनलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो। आफूहरु सरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उनले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताए।

“बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन । हिलोले सबै डुबेको छ। राति ग्यास चोरी भएछ”, दासले भने। बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उनले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै थिए। घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उनको पेट पाल्ने आधार खोसिएको छ ।

“डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरी कुरेर बसेँ, केही हाता लागेन”, उनले भने, “सातमध्ये तारवटा गाई मृत भेटिएका छन् ।” सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरु गरेको थियो। रु १४ लाख ऋण लिएर गाईपालन थाल्लेको भन्दै उनले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताए।

“बिमा गरेको १३ दिन मात्र भएको थियो । स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ। सबै सपना र रु १४ लाखको लगानी बेला बाढीले बगाएको छ”, सरस्वतीले भने। अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने उनले बताए । “दुई चार रुपैँया कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो”, उनले भने, “अब केही रहेन। ऋण तिर्न विदेशीनु बाहेक अरु विकल्प पनि छैन ।”

नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै थिए। पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आशले खोजी गरेको धामीले बताए ।

जीवनभरको कमाइ माटोमा विलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उनले गुनासो पोखे । “बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने ?”, उनले प्रश्न गरे, “दसैँको मुखमा सुकुम्बासी हुनुपर्याे।”

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:२९
##flood #nepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने ढुम्बाताल
प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने ढुम्बाताल शुक्रबार, कात्तिक २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ३ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्