Top Navigation
Main Navigation
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चर्चित कथाकारहरुबाट आधुनिक कथा वाचन
चर्चित कथाकारहरुबाट आधुनिक कथा वाचन
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे सोमबार, पुस ८, २०८१

कथा र उपन्यास जस्ता साहित्यका महत्वपूर्ण मानवीय जीवनको नेतृत्व गरेर पाठक सामु पस्किइने साहित्यिक विधाहरु चलचित्रमा नाटकीय ढंगले प्रस्तुत हुँदा सबैलाई ग्राह्य र रोमाञ्चित तुल्याउने भएता पनि मात्र लिपिबद्ध भएका कथाहरु दर्शकसामु लेखकले वाचन गर्दा फरक फरक घटनाक्रमहरुको दृश्यांशहरुको अभावका कारण पट्यारलाग्दो र अहिलेको व्यस्त संसारमा समयानुकुल हुन सक्दैन।

यद्यपी ऐतिहासिक पौराणिक र धार्मिक कथाहरु श्रुतिपरम्परा अन्तर्गत भन्ने र सुन्ने चलन विश्वभरि नै भएता पनि आधुनिक कथाहरु आ-आफ्नो समयानुकुल परिस्थितिमा अध्ययन गर्ने प्रचलन संसारभरि नै स्थापित भइसकेको वर्तमान अवस्थामा विशेष गरी प्रेम र यौनपरक साहित्यका सफल सर्जक पुष्कर लोहनीको काठमाडौको घट्टेकुलोस्थित निवासमा २०२० को दशकदेखि ६० को दशकसम्मका नेपालका चर्चित कथाकारहरुका आधुनिक कथाहरु वाचन गर्ने कार्यक्रम गत शुक्रवार सम्पन्न भएको छ ।

puskar1-1734923722.jpg

नेपाली साहित्यका अध्येता सविना खनालको संयोजकत्वमा हरेक महिनाको अन्तिम शुक्रवार आयोजना हुने यो कार्यक्रममा वरिष्ठ साहित्यकार चन्द्रप्रसाद भट्टराईले कथा विधा साहित्यको पुरानो र गहकिलो विधा भएकोले यो विधालाई अगाडि बढाउन यस्तो कार्यक्रमको ज्यादै नै महत्व हुने कुरा बताउँदै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा पवित्रा अधिकारीद्वारा प्रतिष्ठित, स्थापित र लोकप्रिय कथाकार स्वर्गीय भवानी भिक्षुको विक्रम सम्वत १९९७ मा प्रकाशित त्यो फेरी फर्कला शीर्षकको कथा वाचन गरिएको थियो भने कथाकार देवीप्रसाद सुवेदीले सिपाहीँ र जुलुस कथा संग्रहबाट राक्षसको छायाँमुनि डुब्दै गएको उज्यालो शीर्षकको जीवन दर्शनमा आधारित कथा वाचन गरेका थिए ।

saguna-shah-1734923774.jpg

त्यस्तै लोकप्रिय कथाकार अमरकुमार प्रधानले सगरमाथा आरोहणको रजत जयन्तीको उपलक्ष्यमा प्रकाशित कथा वाचन गरेर सबैलाई आनन्दित तुल्याएका थिए भने नाटकीय र अत्यन्त रोमान्टिक ढंगले सबैलाई हँसाउँदै आफ्नो जीवनको आंशिक सत्य घटनामा आधारित भई सिर्जना गरिएको कुरु क्षेत्रको युधिष्ठिर र हस्तिनापुरको राज्यलक्ष्मी शीर्षकको कथा चर्चित कथाकार बाबा न्यौपानेले वाचन गरेर सबैको ध्यान आकृष्ट गरेका थिए।

कार्यक्रममा चर्चित कथाकार अमोद भट्टराईले मैले कुखुरा बासेको सुने शीर्षकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित हुने समकालीन साहित्यमा प्रकाशित अन्तरराष्ट्रिय परिस्थितिमा आधारित भएर ज्यादै नै गहकिलो र गम्भिर विषयको उठान गरी सिर्जित कथा वाचन गरेका थिए।

amod-bhattarai-1734924020.jpg

कथाकार रञ्जुश्री पराजुलीले परिस्थितिसँग अलमलिँदा शीर्षकको सत्यघटनामा आधारित कथा वाचन गरेकी थिइन् भने दीपक लोहनीले पिसाब शीर्षकको कथा वाचन गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

बुकाहोलिक्सको तर्फबाट यस्तै महत्वपूर्ण साहित्यिक कार्यक्रमहरु गर्दै आएकी कार्यक्रमकी अतिथि सगुना शाहले आफूलाई साहित्यिक कार्यक्रमहरु गर्न यस्तो कार्यक्रमहरुले झन प्रेरणा र हौशला दिने बताएकी थिइन् ।

darshak-1734923885.jpg

अन्तिममा नेपाली साहित्यको जीउँदो इतिहास भनेर चिनिएका विशेष गरी फ्रायडवादी चिन्तनबाट पूर्णरुपले प्रभावित यौन कथा र कविताहरुको सिर्जनामा विशेष दक्खल राख्ने वरिष्ठ साहित्यकार पुष्कर लोहनीले दर्शकदीर्घामा केही साहित्यकार र साहित्यानुरागीहरुको उपस्थिति रहेको कार्यक्रमको समापन गर्दै जसरी लेखकहरुले लेख्न सक्छन् त्यसरी नै वाचन गर्ने क्षमताको अभिबृद्धि होस् भन्ने उद्देश्यले कथा वाचन कार्यक्रमको आयोजना गरिएको बताउँदै कथाकारहरुलाई आफ्नो सिर्जनाको वाचन उत्कृष्ट ढंगले गर्ने वातावरण मिलोस् र आधुनिक पुस्ता र अग्रजहरु सबैमा वाचन कलाको महत्व दर्शीयोस् भन्ने नै यो कार्यक्रम गर्नु मुख्य उद्देश्य भएको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्