Top Navigation
Main Navigation
आइतबार, माघ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, माघ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चर्चित कथाकारहरुबाट आधुनिक कथा वाचन
चर्चित कथाकारहरुबाट आधुनिक कथा वाचन
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे सोमबार, पुस ८, २०८१

कथा र उपन्यास जस्ता साहित्यका महत्वपूर्ण मानवीय जीवनको नेतृत्व गरेर पाठक सामु पस्किइने साहित्यिक विधाहरु चलचित्रमा नाटकीय ढंगले प्रस्तुत हुँदा सबैलाई ग्राह्य र रोमाञ्चित तुल्याउने भएता पनि मात्र लिपिबद्ध भएका कथाहरु दर्शकसामु लेखकले वाचन गर्दा फरक फरक घटनाक्रमहरुको दृश्यांशहरुको अभावका कारण पट्यारलाग्दो र अहिलेको व्यस्त संसारमा समयानुकुल हुन सक्दैन।

यद्यपी ऐतिहासिक पौराणिक र धार्मिक कथाहरु श्रुतिपरम्परा अन्तर्गत भन्ने र सुन्ने चलन विश्वभरि नै भएता पनि आधुनिक कथाहरु आ-आफ्नो समयानुकुल परिस्थितिमा अध्ययन गर्ने प्रचलन संसारभरि नै स्थापित भइसकेको वर्तमान अवस्थामा विशेष गरी प्रेम र यौनपरक साहित्यका सफल सर्जक पुष्कर लोहनीको काठमाडौको घट्टेकुलोस्थित निवासमा २०२० को दशकदेखि ६० को दशकसम्मका नेपालका चर्चित कथाकारहरुका आधुनिक कथाहरु वाचन गर्ने कार्यक्रम गत शुक्रवार सम्पन्न भएको छ ।

puskar1-1734923722.jpg

नेपाली साहित्यका अध्येता सविना खनालको संयोजकत्वमा हरेक महिनाको अन्तिम शुक्रवार आयोजना हुने यो कार्यक्रममा वरिष्ठ साहित्यकार चन्द्रप्रसाद भट्टराईले कथा विधा साहित्यको पुरानो र गहकिलो विधा भएकोले यो विधालाई अगाडि बढाउन यस्तो कार्यक्रमको ज्यादै नै महत्व हुने कुरा बताउँदै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा पवित्रा अधिकारीद्वारा प्रतिष्ठित, स्थापित र लोकप्रिय कथाकार स्वर्गीय भवानी भिक्षुको विक्रम सम्वत १९९७ मा प्रकाशित त्यो फेरी फर्कला शीर्षकको कथा वाचन गरिएको थियो भने कथाकार देवीप्रसाद सुवेदीले सिपाहीँ र जुलुस कथा संग्रहबाट राक्षसको छायाँमुनि डुब्दै गएको उज्यालो शीर्षकको जीवन दर्शनमा आधारित कथा वाचन गरेका थिए ।

saguna-shah-1734923774.jpg

त्यस्तै लोकप्रिय कथाकार अमरकुमार प्रधानले सगरमाथा आरोहणको रजत जयन्तीको उपलक्ष्यमा प्रकाशित कथा वाचन गरेर सबैलाई आनन्दित तुल्याएका थिए भने नाटकीय र अत्यन्त रोमान्टिक ढंगले सबैलाई हँसाउँदै आफ्नो जीवनको आंशिक सत्य घटनामा आधारित भई सिर्जना गरिएको कुरु क्षेत्रको युधिष्ठिर र हस्तिनापुरको राज्यलक्ष्मी शीर्षकको कथा चर्चित कथाकार बाबा न्यौपानेले वाचन गरेर सबैको ध्यान आकृष्ट गरेका थिए।

कार्यक्रममा चर्चित कथाकार अमोद भट्टराईले मैले कुखुरा बासेको सुने शीर्षकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित हुने समकालीन साहित्यमा प्रकाशित अन्तरराष्ट्रिय परिस्थितिमा आधारित भएर ज्यादै नै गहकिलो र गम्भिर विषयको उठान गरी सिर्जित कथा वाचन गरेका थिए।

amod-bhattarai-1734924020.jpg

कथाकार रञ्जुश्री पराजुलीले परिस्थितिसँग अलमलिँदा शीर्षकको सत्यघटनामा आधारित कथा वाचन गरेकी थिइन् भने दीपक लोहनीले पिसाब शीर्षकको कथा वाचन गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

बुकाहोलिक्सको तर्फबाट यस्तै महत्वपूर्ण साहित्यिक कार्यक्रमहरु गर्दै आएकी कार्यक्रमकी अतिथि सगुना शाहले आफूलाई साहित्यिक कार्यक्रमहरु गर्न यस्तो कार्यक्रमहरुले झन प्रेरणा र हौशला दिने बताएकी थिइन् ।

darshak-1734923885.jpg

अन्तिममा नेपाली साहित्यको जीउँदो इतिहास भनेर चिनिएका विशेष गरी फ्रायडवादी चिन्तनबाट पूर्णरुपले प्रभावित यौन कथा र कविताहरुको सिर्जनामा विशेष दक्खल राख्ने वरिष्ठ साहित्यकार पुष्कर लोहनीले दर्शकदीर्घामा केही साहित्यकार र साहित्यानुरागीहरुको उपस्थिति रहेको कार्यक्रमको समापन गर्दै जसरी लेखकहरुले लेख्न सक्छन् त्यसरी नै वाचन गर्ने क्षमताको अभिबृद्धि होस् भन्ने उद्देश्यले कथा वाचन कार्यक्रमको आयोजना गरिएको बताउँदै कथाकारहरुलाई आफ्नो सिर्जनाको वाचन उत्कृष्ट ढंगले गर्ने वातावरण मिलोस् र आधुनिक पुस्ता र अग्रजहरु सबैमा वाचन कलाको महत्व दर्शीयोस् भन्ने नै यो कार्यक्रम गर्नु मुख्य उद्देश्य भएको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित शनिबार, माघ १८, २०८२
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ शनिबार, माघ १८, २०८२
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ? शनिबार, माघ ११, २०८२
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप शुक्रबार, माघ १०, २०८२
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै शुक्रबार, माघ १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्