Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, माघ २७, २०८१
Api Himal

नेपाली भाषामा कोप शब्दको अर्थ कसैप्रतिको निरोध वा असन्तुष्टि उब्जने मनोभाव, क्रोध अनि कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठा भन्ने बुझिन्छ । रामायणको अध्ययन गर्दा अयोध्यामा दशरथसँग कै कै रिसाएर बसेको घरलाई पनि  कोप भवन भनिएको पाइन्छ। कसैको रिसको झोकमा गाली वा झापट खाई रिसको भागी भएको व्यक्तिलाई कोपभाजन भनिन्छ । नेपाली भाषामा भाजन शब्दको अर्थलाई पात्र भनेर उल्लेख गरिएको छ ।

संसारका प्राय सबै देशहरूमा आरोप लगाई पुष्टि गर्न नसक्ने कुनै पनि व्यक्तिलाई कानुनी कारबाही गरिने प्रावधान रहेको पाइन्छ। संसारभरि नै एक आपसी महत्वाकांक्षाले जन्माउने अस्वच्छ प्रतिस्पर्धा र इगोको कारणले धेरै जसो मानिसहरू आजभोलि साना हुन् चाहे ठूला एकअर्कालाई विभिन्न लान्छनाहरु लगाएर आनन्दित हुने संस्कार क्रमश स्थापित हुँदै गइरहेको छ । राजनीतिमा त झन् यस्तो संस्कार तीब्र रुपले मौलाएर गएको आजको विश्व परिदृश्यले प्रष्टसँग देखाउँदै लगेको छ ।

विश्वकै सबैभन्दा विकसित मुलुक अमेरिकामा अहिलेका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेका आरोपहरू सबै पुष्टि हुने खालका छैनन्। तर विपक्षीहरुले लोकप्रिय हुने बहानामा र आफ्नो अस्तित्वलाई पूर्ण रुपले स्थापित गर्ने चाहनामा डोनाल्ड ट्रम्प माथि पुष्टि गर्नै नसकिने सबै होइन तर केही आरोपहरू लगाएको कुरालाई बुझ्न सजिलै सकिन्छ ।

Nepal Oil Corporation

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसका राष्ट्रपति पुटिन लगायत विश्वका धेरै समृद्ध देशका उच्च पदस्थ व्यक्तिहरूलाई विभिन्न खाले भएका अनि नभएका आरोपहरू विपक्षीहरूबाट लाग्ने गरेको  देखिन्छ । तर यस्ता सिष्टममा चलेका देशहरूमा आरोपलाई पुष्टि गर्न नसक्ने व्यक्तिहरूबाट क्षतिपूर्ति प्राप्त हुने र तिनीहरूलाई अन्य कारबाहीहरु पनि गरिने कानुनी व्यवस्था रहेको छ । यसैले पनि यस्ता  झुटा आरोप लगाउने गतिविधिहरूबाट केही समयका लागि आरोपित व्यक्तिले प्रताडित हुनुपरे पनि पूर्ण रूपले पीडित हुन नपर्ने व्यवस्था त्यहाँ रहेको छ। अर्थात् भनौँ कुनै पनि निर्दोष मान्छेले बिना कारण कोपमा पर्नै पर्ने  दुरावस्थालाई त्यहाँ कसैले झेल्नु पर्दैन ।

दक्षिण एशियामा रहेका केही  विकासोन्मुख देशहरू र केही अविकसित देशहरूमा भने बिना गल्ती लागेका आरोपका विरुद्ध आरोपित व्यक्तिबाट प्रतिकारका आवाजहरू बुलन्द हुने गरेको भएतापनि त्यसले सकारात्मक परिणाम ननिकाल्ने भएका कारणआरोपित व्यक्तिलाई मनोवैज्ञानिक सन्तुष्टि प्राप्त हुने गरेको देखिन्न । अविकसित देश हरुमा जीवन यापनको क्रममा अभावले जन्माउने असन्तुष्टिका कारण प्राय मानिसहरू कुनै पनि व्यक्तिको बारेमा नकारात्मक धारणा बनाउन अग्रसर भइहाल्छन् । जसलाई अज्ञानताका कारण आउने स्वभाविक मनोवैज्ञानिक सोच भनेर भन्न पनि सकिन्छ।

हाम्रै नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि अहिले विभिन्न दलका राजनीतिज्ञहरू आआफ्नो अनुकूलतामा एकआपसमा हिलो छ्यापाछ्याप गर्ने संस्कारलाई स्थापित गर्ने होडबाजीमा रहेको देखिन्छ । आ–आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्ने चाहनालाई गन्तव्यमा पुर्याउन गरिने झुटको खेतीले कुर्सीको संरक्षण गरेपनि सत्यापन बिनाको प्रतिस्पर्धाले अहिले हाम्रो मुलुक झन् ठूलो संकटमा पर्न सक्ने सम्भावनातिर लम्किरहेको छ।

एउटा कुनै उच्च पदस्थ व्यक्तिले अर्को उच्च पदस्थ व्यक्तिलाई झुटो आरोप लगाउँदा पहिलो व्यक्तिले पुन प्रतिकारात्मक जवाफ दिँदाखेरि दुवै व्यक्ति कोपमा पर्ने परिस्थिति पनि अहिले हामी सामु समस्याको रुपमा देखा पर्दै गइरहेको छ । यसको अर्थ सबै दूधले नुहाएका छन् भन्न खोजिएको होइन गल्तीहरु नेताहरुबाट भएका छन् तर बढाई चढाई र हुँदै नभएका आरोपहरू पनि लाग्ने गरेको देखिन्छ।

तसर्थ कुनै पनि कुराको गहिराईमा पुगेर त्यसको पूर्ण रुपले सत्यापन गरी  हुने क्रियाकलाप सबैका लागि ग्राहिय हुने भएकोले कसैमाथि अन्याय पनि नहुने र दोषी उम्कन पनि नपाउने परिस्थिति हामीले ल्याउन सक्नुपर्छ । यसो गर्न सकेमा मुलुकको पनि कल्याण हुने र सत्यको संरक्षण पनि हुने भएकोले यसतर्फ हाम्रो ध्यान पूर्ण रुपले जान सक्नुपर्छ । अन्यथा मुलुक पुरै गोलमालको अवस्थामा गयो भने हामी सम्हालिन नसक्ने अवस्थामा पुग्नेछौँ। त्यसैले अहिलेसम्म केही बिग्रिसकेको छैन समयमै सचेत हौँ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्