Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, माघ २७, २०८१

नेपाली भाषामा कोप शब्दको अर्थ कसैप्रतिको निरोध वा असन्तुष्टि उब्जने मनोभाव, क्रोध अनि कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठा भन्ने बुझिन्छ । रामायणको अध्ययन गर्दा अयोध्यामा दशरथसँग कै कै रिसाएर बसेको घरलाई पनि  कोप भवन भनिएको पाइन्छ। कसैको रिसको झोकमा गाली वा झापट खाई रिसको भागी भएको व्यक्तिलाई कोपभाजन भनिन्छ । नेपाली भाषामा भाजन शब्दको अर्थलाई पात्र भनेर उल्लेख गरिएको छ ।

संसारका प्राय सबै देशहरूमा आरोप लगाई पुष्टि गर्न नसक्ने कुनै पनि व्यक्तिलाई कानुनी कारबाही गरिने प्रावधान रहेको पाइन्छ। संसारभरि नै एक आपसी महत्वाकांक्षाले जन्माउने अस्वच्छ प्रतिस्पर्धा र इगोको कारणले धेरै जसो मानिसहरू आजभोलि साना हुन् चाहे ठूला एकअर्कालाई विभिन्न लान्छनाहरु लगाएर आनन्दित हुने संस्कार क्रमश स्थापित हुँदै गइरहेको छ । राजनीतिमा त झन् यस्तो संस्कार तीब्र रुपले मौलाएर गएको आजको विश्व परिदृश्यले प्रष्टसँग देखाउँदै लगेको छ ।

विश्वकै सबैभन्दा विकसित मुलुक अमेरिकामा अहिलेका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेका आरोपहरू सबै पुष्टि हुने खालका छैनन्। तर विपक्षीहरुले लोकप्रिय हुने बहानामा र आफ्नो अस्तित्वलाई पूर्ण रुपले स्थापित गर्ने चाहनामा डोनाल्ड ट्रम्प माथि पुष्टि गर्नै नसकिने सबै होइन तर केही आरोपहरू लगाएको कुरालाई बुझ्न सजिलै सकिन्छ ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसका राष्ट्रपति पुटिन लगायत विश्वका धेरै समृद्ध देशका उच्च पदस्थ व्यक्तिहरूलाई विभिन्न खाले भएका अनि नभएका आरोपहरू विपक्षीहरूबाट लाग्ने गरेको  देखिन्छ । तर यस्ता सिष्टममा चलेका देशहरूमा आरोपलाई पुष्टि गर्न नसक्ने व्यक्तिहरूबाट क्षतिपूर्ति प्राप्त हुने र तिनीहरूलाई अन्य कारबाहीहरु पनि गरिने कानुनी व्यवस्था रहेको छ । यसैले पनि यस्ता  झुटा आरोप लगाउने गतिविधिहरूबाट केही समयका लागि आरोपित व्यक्तिले प्रताडित हुनुपरे पनि पूर्ण रूपले पीडित हुन नपर्ने व्यवस्था त्यहाँ रहेको छ। अर्थात् भनौँ कुनै पनि निर्दोष मान्छेले बिना कारण कोपमा पर्नै पर्ने  दुरावस्थालाई त्यहाँ कसैले झेल्नु पर्दैन ।

दक्षिण एशियामा रहेका केही  विकासोन्मुख देशहरू र केही अविकसित देशहरूमा भने बिना गल्ती लागेका आरोपका विरुद्ध आरोपित व्यक्तिबाट प्रतिकारका आवाजहरू बुलन्द हुने गरेको भएतापनि त्यसले सकारात्मक परिणाम ननिकाल्ने भएका कारणआरोपित व्यक्तिलाई मनोवैज्ञानिक सन्तुष्टि प्राप्त हुने गरेको देखिन्न । अविकसित देश हरुमा जीवन यापनको क्रममा अभावले जन्माउने असन्तुष्टिका कारण प्राय मानिसहरू कुनै पनि व्यक्तिको बारेमा नकारात्मक धारणा बनाउन अग्रसर भइहाल्छन् । जसलाई अज्ञानताका कारण आउने स्वभाविक मनोवैज्ञानिक सोच भनेर भन्न पनि सकिन्छ।

हाम्रै नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि अहिले विभिन्न दलका राजनीतिज्ञहरू आआफ्नो अनुकूलतामा एकआपसमा हिलो छ्यापाछ्याप गर्ने संस्कारलाई स्थापित गर्ने होडबाजीमा रहेको देखिन्छ । आ–आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्ने चाहनालाई गन्तव्यमा पुर्याउन गरिने झुटको खेतीले कुर्सीको संरक्षण गरेपनि सत्यापन बिनाको प्रतिस्पर्धाले अहिले हाम्रो मुलुक झन् ठूलो संकटमा पर्न सक्ने सम्भावनातिर लम्किरहेको छ।

एउटा कुनै उच्च पदस्थ व्यक्तिले अर्को उच्च पदस्थ व्यक्तिलाई झुटो आरोप लगाउँदा पहिलो व्यक्तिले पुन प्रतिकारात्मक जवाफ दिँदाखेरि दुवै व्यक्ति कोपमा पर्ने परिस्थिति पनि अहिले हामी सामु समस्याको रुपमा देखा पर्दै गइरहेको छ । यसको अर्थ सबै दूधले नुहाएका छन् भन्न खोजिएको होइन गल्तीहरु नेताहरुबाट भएका छन् तर बढाई चढाई र हुँदै नभएका आरोपहरू पनि लाग्ने गरेको देखिन्छ।

तसर्थ कुनै पनि कुराको गहिराईमा पुगेर त्यसको पूर्ण रुपले सत्यापन गरी  हुने क्रियाकलाप सबैका लागि ग्राहिय हुने भएकोले कसैमाथि अन्याय पनि नहुने र दोषी उम्कन पनि नपाउने परिस्थिति हामीले ल्याउन सक्नुपर्छ । यसो गर्न सकेमा मुलुकको पनि कल्याण हुने र सत्यको संरक्षण पनि हुने भएकोले यसतर्फ हाम्रो ध्यान पूर्ण रुपले जान सक्नुपर्छ । अन्यथा मुलुक पुरै गोलमालको अवस्थामा गयो भने हामी सम्हालिन नसक्ने अवस्थामा पुग्नेछौँ। त्यसैले अहिलेसम्म केही बिग्रिसकेको छैन समयमै सचेत हौँ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः २ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ३ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्