Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन ‘मनका तरङ्ग’मा मनछुने अनुपम तरङ्ग ।। सुख–दुःख–प्रेम–समृद्धि–आत्मसम्मानको यथार्थता ।।
श्याम स्मृत
श्याम स्मृत सोमबार, वैशाख २९, २०८२


    काठमाडौँ । कविता र गीत दुवैमा लय मिसायो भने त्यो सरल र सरस हुन्छ । गीतमा त्यो तागत झन बढी हुन्छ। यदि गीतमा सरलता र सुमधुता थपियो भने त्यो स्वर, संगीत र लयले नै हो। जीवनको यही सुमधुर लय बोकेर कवि स्रष्टा अलका मल्ल आफ्नो रचनामा नयाँ स्वाद र सन्तुष्टिकासाथ लेखनको पच्चीस बर्षपछि पहिलो कृति ‘मनका तरङ्ग’ सार्वजनिक गरेर युगीन आवाज तरङ्गित गर्न सफल भएकी छन्। 

     ‘मनका तरङ्ग’ मल्लको गीत, गजल र कविताको संग्रह हो। जसमा ५३ कविता, ५ गजल तथा २९ गीत गरेर कुल ८७ रचना संग्रहित छ। ‘मनका तरङ्ग’मा संग्रहित सवै रचनामा मल्लका मनका भावनाहरु छताछुल्ल भएर पोखिएका छन्। कति सिर्जनामा रोदन छ त कति सिर्जनामा खुशीका अनेक अनेक तरङ्ग पनि छन्। ती सवै सुख–दुःखका तरङ्ग नै सवैका लागि मनछुने ‘मनका तरङ्ग’ बन्न सफलता प्राप्त गरेको छ। यही ‘मनका तरङ्ग’ले अलका मल्ललाई नेपाली साहित्यको आकाशमा अब्बल दर्जा मिलेको छ। अथक तपस्वी सर्जक अनि सिर्जनाकार भनेर चिनिएकी छन् ।

     सुख–दुःख–प्रेम–समृद्धि–आत्मसम्मान जस्ता कुराको चाहना जो कसैमा रहन्छन् तर कोही त्यस्ता मान्छेहरु पनि समाजमा हुन्छन्, जो नियमिततामा क्रमभङ्ता चाहन्छनः भैरहेको अवस्थालाई फेर्न खोज्दछन् र अरुभन्दा फरक देखिने सोचका कारण सङ्कटपूर्ण क्षण बाँच्नुमै बढी रमाउँछन् । यही समाजको यथार्थतालाई गीत, गजल तथा कवितामा प्रस्तुत गर्ने कार्य गर्दैआएका स्रष्टा कवि तथा गीतकार मल्लको भनाइमा समाजमा देखिएको यथार्थता नै साहित्यिक सिर्जना हो । जसमा समय र यथार्थताको कम्पन हुने गर्दछ । युगीन आवाज गुञ्जन्छ । 

     गीत भनेपछि सानै उमेरदेखि हुरुक्क हुने कवि तथा गीतकार मल्ल सर्जक बन्नुमा रेडियो नेपालको बाल कार्यक्रम कारक हो । रेडियो नेपालको बाल कार्यक्रम नियमित सुन्ने बानीवाट सानोमा बाल गीत र कविताहरु प्रशस्तै लेख्ने गरेतापनि प्रतिस्पर्धामा भाग लिन असहजता हुने भएको कारण कापीका पन्नाहरुमा नै सिमित हुने गरेका ती क्षणहरु कवि तथा गीतकार मल्लका लागि अविस्मरणीय पनि बन्ने गरेको छ। 

     उनै कवि तथा गीतकार मल्लले दिवंगत पिता केदार बहादुर मल्ललाई संवोधन गरेर लेखेको मार्मिक कविता खाटमुनि भेटाएपछि उनी कवि भएको कुरा उनको जीवन साथी श्रीमान सुरेश चन्द्र श्रेष्ठले थाहा पाएका थिए । उनीभित्रको लेखनको खुवी श्रीमानले थाहा पाएपछि श्रीमानकै उत्प्रेरणा तथा थप हौसलाले लेख्दै समाजमा साक्षात्कार हुदैगएको बताउने मल्लको रचनामा दुई दशक अघि तिम्रो निम्ती नामक गीति एल्बम बजारमा आएको थियो। 
     उक्त एल्बममा प्रेमध्वज प्रधान, लोचन भट्टराई, आनन्द कार्की, सपना परियार, अमर तण्डुकार, दीपेन्द्रमान सिंह, प्रकाश चन्द्र श्रेष्ठ, सुवर्ण राजभण्डारी र बिरज गुरुङका सुमधुर गायन रहेको थियो। मनोज राजभण्डारीको संगीत रहेको उक्त एल्बममा संग्रहित मल्लका गीतहरु रेडियो नेपाल लगायत विभिन्न एफएमहरुवाट प्रसारण हुदा मन प्रफुल्लित बनेका ती क्षणहरुलाई शव्दमा बर्णन गर्न नसक्ने उनले बताएकी छन् । 

     त्यो खुशीसंगै विसं।२०८० सालमा रेडियो नेपालवाट गीतकारको प्रमाणपत्र पाउँदाको खुशी अनि, नेपाल बाहिर रसियामा स्रष्टा सम्मान पाएको क्षणलाई पनि भुल्न नसकेकी उनी आफ्नो सफलताको रहस्य श्रीमान तथा आफूलाई धेरै माया गर्ने अग्रज स्रष्टा तथा पाठक–स्रोता भएको जिकिर गर्छिन्। सिर्जना गर्न कुनै समय नचाहिने र जतिसुकै तथा जुनसुकै बेला पनि मनमा कम्पन हुनासाथ कोरिहाल्ने बानी भएको खुलासा गर्ने उनी आफूभित्रको सिर्जनालाई विभिन्न माध्यमवाट निरन्तर बहाउदैजाने प्रतिबद्धता व्यक्त गर्छिन् ।

Page-No.1-Alaka-Malla-6-1747033342.jpg

Page-No.1-Alaka-Malla-7-1747033342.jpg


(नामी साप्ताहिकवाट साभार)
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्