Top Navigation
Main Navigation
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित कोशी प्रदेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १२, २०८२

विराटनगर । कोशी प्रदेश सभामा बसेको बैठकले‘ प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम’ बहुमतले पारित भएको छ ।

मुख्यन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्तावमा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश सभा सदस्य गोम्बु शेर्पा र खिनु लङवा लिम्बूले संयुक्त रुपमा गरेएको संशोधनको प्रस्ताव बहुमतले अस्वीकर गरेको थियो। नीति तथा कार्यक्रमको छलफलमा ४६ जना सांसदहरुले भाग लिई विभित्र जिज्ञासा र सुझाव दिएको थियो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी ‘स्वच्छ, सुखी र समुत्रत प्रदेश’ निर्माण गर्न सरकार दृढ संकल्पित छ भनेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने प्रदेश सरकारको प्राथमिकता हो भन्दै आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने कुरामा जोड दिए ।

भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने भन्दै प्रदेश लगानी सम्मेलनका उपलब्धीलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारी तथा निजी अवधारणमा परियोजना विकास र निर्माण गर्न संस्थागत एवं नीतिगत सुधारमा सरकारले जोड दिने मुख्यमन्त्री कार्कीको भनाई छ ।

कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रुपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास एवं प्रवद्र्धन गर्दै राष्ट्रि पूँजीको निर्माणमा योगदान दिने नीति तथा कार्यक्रमको प्राथमिकता हो भन्दै मुख्यमन्त्री कार्कीले छलफलमा उठेका विषय र ज्ञिजासलाई सम्बोधन गर्ने कुरामा जोड दिए ।

उनले जनशक्तिको अभाव कार्यसम्पादनमा केही समस्या आएपनि सेवा प्रवाहका क्षेत्रमा प्रदेश सरकार यथोचित प्रयास गरेको छ भन्दै गएको वर्ष भन्दा यसवर्ष आन्तरिक राजस्वमा सरकारले सफलता हासिल गरेको छ भने ।

मुख्यमन्त्री कार्कीले व्यक्ति होइन, नीति प्रधान हुन्छ भन्दै सरकारका राम्रा नीति र गौरवका योजनामा सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए। उनले प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पार्दै सरकार शासकीय प्रणालीमा सुधार गरी सुशासन कायम गरेको विचार राखेका थिए ।

उनले पहाडी क्षेत्रमा हुने बसाइँसराईलाई रोक्न पहाडी क्षेत्रमा अस्पताल र शिक्षालय स्थापना गर्ने सरकारको योजना छ भन्दै रोजगारीका थप योजनाहरु सञ्चालन गर्ने सरकार प्रतिबद्ध छ भने ‘कोशी प्रदेश विनियोज विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ सदनमा प्रस्ताव हुने प्रदेश सभासचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०१
##koshiprovince #hikmatkarki #hikmatbahadurkarki #budget
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ३ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्