Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित कोशी प्रदेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १२, २०८२

विराटनगर । कोशी प्रदेश सभामा बसेको बैठकले‘ प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम’ बहुमतले पारित भएको छ ।

मुख्यन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्तावमा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश सभा सदस्य गोम्बु शेर्पा र खिनु लङवा लिम्बूले संयुक्त रुपमा गरेएको संशोधनको प्रस्ताव बहुमतले अस्वीकर गरेको थियो। नीति तथा कार्यक्रमको छलफलमा ४६ जना सांसदहरुले भाग लिई विभित्र जिज्ञासा र सुझाव दिएको थियो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी ‘स्वच्छ, सुखी र समुत्रत प्रदेश’ निर्माण गर्न सरकार दृढ संकल्पित छ भनेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने प्रदेश सरकारको प्राथमिकता हो भन्दै आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने कुरामा जोड दिए ।

भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने भन्दै प्रदेश लगानी सम्मेलनका उपलब्धीलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारी तथा निजी अवधारणमा परियोजना विकास र निर्माण गर्न संस्थागत एवं नीतिगत सुधारमा सरकारले जोड दिने मुख्यमन्त्री कार्कीको भनाई छ ।

कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रुपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास एवं प्रवद्र्धन गर्दै राष्ट्रि पूँजीको निर्माणमा योगदान दिने नीति तथा कार्यक्रमको प्राथमिकता हो भन्दै मुख्यमन्त्री कार्कीले छलफलमा उठेका विषय र ज्ञिजासलाई सम्बोधन गर्ने कुरामा जोड दिए ।

उनले जनशक्तिको अभाव कार्यसम्पादनमा केही समस्या आएपनि सेवा प्रवाहका क्षेत्रमा प्रदेश सरकार यथोचित प्रयास गरेको छ भन्दै गएको वर्ष भन्दा यसवर्ष आन्तरिक राजस्वमा सरकारले सफलता हासिल गरेको छ भने ।

मुख्यमन्त्री कार्कीले व्यक्ति होइन, नीति प्रधान हुन्छ भन्दै सरकारका राम्रा नीति र गौरवका योजनामा सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए। उनले प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पार्दै सरकार शासकीय प्रणालीमा सुधार गरी सुशासन कायम गरेको विचार राखेका थिए ।

उनले पहाडी क्षेत्रमा हुने बसाइँसराईलाई रोक्न पहाडी क्षेत्रमा अस्पताल र शिक्षालय स्थापना गर्ने सरकारको योजना छ भन्दै रोजगारीका थप योजनाहरु सञ्चालन गर्ने सरकार प्रतिबद्ध छ भने ‘कोशी प्रदेश विनियोज विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ सदनमा प्रस्ताव हुने प्रदेश सभासचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०१
##koshiprovince #hikmatkarki #hikmatbahadurkarki #budget
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्