Top Navigation
Main Navigation
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १९, २०८२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै कारण राजावादीहरूले टाउको उठाएको दाबी गरेका छन् । 

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध संघर्ष गर्दै माओवादी अगाडि बढ्ने बताए । उनले भने, ‘अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरूले यथास्थितिवादी धारको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरू परिवर्तन र प्रगति होइन, जनतालाई अधिकार अझ थप्ने पक्षमा होइन, पाएको अधिकार पनि खोस्ने लाइनमा हुनुहुन्छ र उहाँहरूको यही गतिविधिका कारण प्रतिगामी र निरंकुशतावादी तत्वहरूले फाइदा उठाएर धमिलो पानीमा माछा मार्ने जमर्को गरेको छ । हामी त्यसविरुद्ध बलियो जवाफ दिँदै आएका छौँ । र, आउने दिनमा पनि दिनु नै पर्नेछ ।’ 

संविधानको रक्षाको पक्षमा उभिनेसँग कहीँ न कहीँ कार्यगत एकता वा कुनै न कुनै किसिमको तालमेल हुन सक्ने सम्भावना पनि उनले औँल्याए । सरकारले भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमान्दारहरूलाई कारबाही गर्ने गरेबाट प्रतिगमनले टाउको उठाउने मौका पाएको भन्दै प्रचण्डले यथास्थितिवादलाई वैचारिक, राजनीतिक कहीँ कतै छुट दिन नसकिने स्पष्ट पारे । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँ माओवादीले लडेको हुनाले भ्रष्टाचार गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने एउटै हुन भन्ने भाष्य बनाउन खोजिएको त्यसको खण्डन गर्न निर्देशन दिए । 

राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाउँदा पनि त्यसको प्रतिवाद अरूले गर्न नसक्ने प्रचण्डले दाबी गरे । सरकारको कुनै हैसियत नै नभएको उनले जिकिर गरे । ‘राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए । त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत छैन । यसको इच्छा शक्ति पनि छैन । गफ हाक्नेबाहेक केही नै छैन । त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो, ’ प्रचण्डले भने । जरुरी परे जस्तो सुकै विद्रोह पनि गर्न तयार रहेको उनले बताए । नयाँ पत्रिकाबाट साभार

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्