Top Navigation
Main Navigation
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
सरकारकै कारण राजावादीले टाउको उठाए : प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २०, २०८२
Api Himal

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै कारण राजावादीहरूले टाउको उठाएको दाबी गरेका छन् । 

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध संघर्ष गर्दै माओवादी अगाडि बढ्ने बताए । उनले भने, ‘अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरूले यथास्थितिवादी धारको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरू परिवर्तन र प्रगति होइन, जनतालाई अधिकार अझ थप्ने पक्षमा होइन, पाएको अधिकार पनि खोस्ने लाइनमा हुनुहुन्छ र उहाँहरूको यही गतिविधिका कारण प्रतिगामी र निरंकुशतावादी तत्वहरूले फाइदा उठाएर धमिलो पानीमा माछा मार्ने जमर्को गरेको छ । हामी त्यसविरुद्ध बलियो जवाफ दिँदै आएका छौँ । र, आउने दिनमा पनि दिनु नै पर्नेछ ।’ 

संविधानको रक्षाको पक्षमा उभिनेसँग कहीँ न कहीँ कार्यगत एकता वा कुनै न कुनै किसिमको तालमेल हुन सक्ने सम्भावना पनि उनले औँल्याए । सरकारले भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमान्दारहरूलाई कारबाही गर्ने गरेबाट प्रतिगमनले टाउको उठाउने मौका पाएको भन्दै प्रचण्डले यथास्थितिवादलाई वैचारिक, राजनीतिक कहीँ कतै छुट दिन नसकिने स्पष्ट पारे । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँ माओवादीले लडेको हुनाले भ्रष्टाचार गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने एउटै हुन भन्ने भाष्य बनाउन खोजिएको त्यसको खण्डन गर्न निर्देशन दिए । 

Nepal Oil Corporation

राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाउँदा पनि त्यसको प्रतिवाद अरूले गर्न नसक्ने प्रचण्डले दाबी गरे । सरकारको कुनै हैसियत नै नभएको उनले जिकिर गरे । ‘राजावादीले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए । त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत छैन । यसको इच्छा शक्ति पनि छैन । गफ हाक्नेबाहेक केही नै छैन । त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो, ’ प्रचण्डले भने । जरुरी परे जस्तो सुकै विद्रोह पनि गर्न तयार रहेको उनले बताए । नयाँ पत्रिकाबाट साभार

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
माइतीघरमा कोहि आयो रे भनेको सुनेपछि "मेरो समर्थन छ" भन्न कुदेर पुग्छन्
माइतीघरमा कोहि आयो रे भनेको सुनेपछि "मेरो समर्थन छ" भन्न कुदेर पुग्छन् सोमबार, जेठ २०, २०८२
राजतन्त्रवादीले गरे सडक कब्जा
राजतन्त्रवादीले गरे सडक कब्जा शुक्रबार, जेठ १७, २०८२
धरान नगर सम्मेलनमा कांग्रेस महामन्त्री थापाकाे सम्बाेधन
धरान नगर सम्मेलनमा कांग्रेस महामन्त्री थापाकाे सम्बाेधन बुधबार, जेठ १५, २०८२
मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिकीकरण
मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिकीकरण मंगलबार, जेठ १४, २०८२
जनतासँग माओवादी अभियान, पोखरामा उर्लियो जनसागर
जनतासँग माओवादी अभियान, पोखरामा उर्लियो जनसागर मंगलबार, जेठ १४, २०८२
राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल
राजवादीहरुले भ्रमको खेती गरे : महासचिव पोखरेल सोमबार, जेठ १३, २०८२
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित सोमबार, जेठ १३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
  • नंः ४ सेनाले बनायो अछामको  बर्दादेवीमा हेलिप्याड
  • नंः ५ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पाबीच सम्झौता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्