Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न प्रचलित लेखा तथा लेखामानहरुको प्रयोगमा AI प्रबिधिको प्रयोग गरि अघि बढाउनु पर्नेमा जाेड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ २०, २०८२

काठमाडौ । नेपाल अडिटर्स एशोसिएस (अडान) को सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

जेष्ठ १६ गतेदेखि शुरु भएको नेपाल अडिटर्स एशोसिएस (अडान) को सातौं राष्ट्रिय महाधिवेशन अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

अधिवेशनमा संस्थाका महासचिव प्रेमबहादुर श्रेष्ठले पेश गरेको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बलराम चौधरीले पेश गरेको आर्थिक प्रतिबेदनसहित १६ बुँदे बिशेष प्रस्ताब पारित गर्दै बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साथै बिधानतः हुने ९५ सदस्यीय कार्यसमितिमा थप ११ सदस्यहरु केन्द्रिय सचिबालयले मनोनयन गरेको छ ।

1-1748914740.jpg

उद्घाटन सत्रमा माननीय महालेखापरीक्षक तोयम राया, आइक्यानका अध्यक्ष प्रबिनकुमार झा, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, एक्यानका अध्यक्ष अरुण राउत, अडानका निबर्तमान अध्यक्ष मोहन राज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, लेखामान बोर्डका अध्यक्ष सुनीर ढुंगेल लगायतले बोलेको थियो ।

कार्यक्रममा लेखाको एकरूपता, पारदर्शिता र वित्तीय अनुशासनमा अडान, आइक्यान र महालेखापरीक्षकको कार्यालय सबैको भूमिका महत्वपूर्ण छ, लेखापरीक्षणमा प्रश्न उठ्न नदिने जिम्मेवारी हामी सबैको हो ।

प्रचलित लेखा तथा लेखामानहरुको प्रयोगमा AI प्रबिधिको प्रयोग गरि अघि बढ्नुपर्छ भन्दै आइक्यान ऐन २०५३ पुरानो भएकोले संसोधनको बिकल्प नभएको बताउँदै माननीय महालेखापरीक्षक तोयम रायाले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेको थियो।

अडानका अध्यक्ष केदारनाथ पौडेलले चार्टर्ड एकाउन्टेन्टस् ऐनमा विद्यमान विभेदपूर्ण प्रावधानहरूको अन्त्य गरिनु पर्ने माग अडानका अधिकांश जिल्ला कार्यसमितिहरूले उठाएका तथा ऐन संशोधनमार्फत रजिष्टर्ड अडिटरहरुप्रति भएको विभेद हटाइनुपर्ने आवश्यकता औंल्याउँदै सबै अतिथिहरूलाई स्वागत गरेको थियो।

7th-adhibesan-audan-1748914585.jpg

आइक्यान अध्यक्ष प्रवीनकुमार झाले अडानले सदस्यहरूको हकहित र क्षमता अभिवृद्धिका लागि गरेको कार्यको प्रशंशा गर्दै लेखा व्यवसायको हित संरक्षणमा समेत सक्रिय रहँदै आइक्यानसँग सहकार्यको निरन्तरता रहने प्रतिबद्यता ब्यक्त गरेको थियो।

एक्यान अध्यक्ष अरुण राउतले लेखाको बिज्ञ जनशक्ति बिदेशिने क्रम नरोकिएकाले समयमै सचेत हुनुपर्ने बताउँदै लेखाक्षेत्रका समस्या समाधानका लागि सबैको उतिकै महत्वपूर्ण भूमिका रहेको बताए ।

FNCCI का अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्याबसायी र लेखापरीक्षकहरु एकअर्काका परिपूरक रहेको बताउँदै देशमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएको थियो ।

अडानका निबर्तमान अध्यक्ष मोहनराज रेग्मीले आइक्यान ऐन संशोधन गर्दै बिद्यमान बिभेदहरुको अन्त्य गर्न र हलमा उपस्थित लेखापरीक्षकहरुको ठूलो उपस्थितिीे चाडो समस्या समाधानका लागि दबाब दिएको बुझ्न आग्रह गरेको थियो ।

संस्थापक अध्यक्ष कमल खरेलले अडानको इतिहास र निर्माण गर्दाको दिनको चर्चा गरेको थियो भने बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गरेको थियो ।

बन्दसत्रको हलबाट अध्यक्ष मण्डलको अध्यक्षमा कमल खरेल, सदस्यहरुमा सुर्यप्रसाद अधिकारी, डा. मोहन कुमार सुबेदी रहेको निर्बाचन मण्डलले प्रदेशहरुबाट केन्द्रका बिभिन्न पदमा समेत प्रतिनिधित्व गराउदै निर्बाचन प्रक्रियाबाट सातौं राष्ट्रिय महाधिवेशनमा निम्न बमोजिमको केन्द्रीय कार्यसमिति चयन गरेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:२४
##audan #auditorsassociatinofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्